राप्ती नदीमा झोलुङ्गे पुल निर्माण सुरु
दाङ, असार २९ । देउखुरीको राप्ती नदीमा झोलुङ्गे पुल निर्माण कार्य सुरु भएको छ। लमही नगरपालिका–९ अमिलिया र राजपुर गाउँपालिका–७ हाडबासलाई जोड्ने गरी पुल निर्माण थालिएको हो।
लुम्बिनी प्रदेश सरकारको एक करोड ९१ लाख ११ हजार तीन सय ४७ रुपैयाँ ६१ पैसाको लागतमा निर्माण हुँदै गरेको यो पुलको लम्बाइ २८६ मिटर हुनेछ। सडक पूर्वाधार विकास कार्यालय दाङका सूचना अधिकारी लीलाधर...
श्रावण १ देखि सुरु हुने शिव महापुराण तथा श्रीङ्गारिक महाआरतीको तयारी तीव्र
घोराही, असार २९ । घोराही उपमहानगरपालिका–१७ गुलरीयामा अवस्थित राधाकृष्ण तथा शिव–पार्वती मन्दिरमा श्रावण १ गतेदेखि एक महिनासम्म सञ्चालन हुने शिव महापुराण तथा श्रीङ्गारिक महाआरतीको तयारी तीव्र पारिएको छ।
कार्यक्रम तयारीको क्रममा आज २९ असार बिहान ४ बजेदेखि विभिन्न पतञ्जली केन्द्रहरूमा पुगेर निमन्त्रणा वितरणसहितका कार्यहरू व्यापक रूपमा अगाडि बढाइएको मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ।
धार्मिक तथा सांस्कृतिक गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले...
स्वास्थ्य विमा कार्यक्रम राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनिवार्य लागू गरिनुपर्छ : प्रियासन
-सविन प्रियासन
स्वास्थ्य सेवा हरेक नागरिकको आधारभूत अधिकार हो । यो अधिकार सुनिश्चित गर्न राज्यले विविध नीति, कार्यक्रम र अभियान सञ्चालन गर्दै आएको छ । तीमध्ये स्वास्थ्य बीमा कार्यक्रम विशेष महत्वको कार्यक्रम हो, जसले गरिब, मजदुर, विपन्न, असक्त र आम सर्वसाधारणलाई उपचारमा आर्थिक राहत दिलाउन सहयोग पु¥याउँछ । तर दुःखको कुरा, यो महत्वपूर्ण कार्यक्रम देशका धेरै ठाउँमा कार्यान्वयन भइरहँदा पनि...
एमाले दङ्गीशरणकाे श्रद्धाञ्जली सभा सम्पन्न
दाङ, २८ असार । नेकपा एमाले दङ्गीशरण गाउँपालिका कमिटीले श्रद्धाञ्जली सभा सम्पन्न गरेकाे छ । दङ्गीशरण गाउँपालिका कमिटीका उपाध्यक्ष एवम् दङ्गीशरण गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष निरज बस्नेतको जीवन संगिनी रिता बस्नेतको १३औ दिनको पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हाे ।
नेकपा एमाले दङ्गीशरण गाउँपालिका कमिटीका अध्यक्ष बसन्त ओलीको अध्यक्षता एवम् नेकपा एमालेका केन्द्रीय सदस्य कोमल...
धारपानी मन्दिरमा लाेकभजन प्रतियोगिता हुने
विमल याेगी
दाङ,२८ असार । दाङकाे प्रसिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा सञ्चालन हुने शिवपुराण तथा श्रृङ्गारिक महाआरतीमा लाेकभजन प्रतियाेगिता सञ्चालन हुने भएकाे छ ।
साउनकाे १ गतेदेखि ३१ गते सम्म सञ्चालन हुने प्रतियोगितामा लाेकभजन प्रतियोगिता सञ्चालन गरिने भएको हाे । प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, दाेस्राेलाई १० हजार र तेस्राेलाई ५ हजार रूपैया प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी हुन...
महाकालद्वारा चौपटा मन्दिर र राजमार्ग सरसफाई एवम् फुल रोपण
घोराही, २८ असार । जय महाकाल युवा समूह घोराहीले घोराही–३ चौपटामा सरसफाई एवम् फुल रोपण कार्य सम्पन्न गरेको छ । चौपटास्थित श्री महामृत्युञ्जय गोरखनाथ धाम मन्दिर परिसर र घोराही–लमही सडक अन्तर्गत चौपटा क्षेत्रमा महाकाल युवा समूहको टोलीले सरसफाई गर्नुका साथै मन्दिर परिसर र सडक छेउँमा फुल रोपण गरेको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवम् महाकाल युवा समूह घोराहीका...
नेपाल राष्ट्रिय शिक्षक संगठन घोराहीद्वारा वृक्षारोपण
खगेश्वर पाैडेल
घाेराही, २८ असार ।
नेपाल राष्ट्रिय शिक्षक संगठन घोराही नगरसमितिले घोराही उपमहानगरपालिका वडा नं. ८ मा अवस्थित माध्यमिक विद्यालय ढिकपुरमा वृक्षारोपण गरेको छ ।
संगठनले सञ्चालन गरेको हरित विद्यालय अभियान अन्तर्गत प्रत्येक वर्ष वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएकोमा उक्त कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको संगठनका घोराही नगर अध्यक्ष पोषणराज विष्टले बताउनु भयो ।
वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक...
एक मिनेटमै टुंगियो काठमाडौँ महानगरको कार्यपालिका बैठक
असार २८, काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आज जम्मा एक मिनेटमै सम्पन्न भएको छ। महानगर प्रमुख बालेन शाहले बैठक प्रारम्भ गर्दै आउँदो असार २९ गते नगरसभा बस्ने जानकारी दिएका थिए। जानकारी दिएलगत्तै उनले बैठक छोट्याउँदै बाहिरिएको स्रोतले जनाएको छ।
बैठकमा कुनै एजेन्डा प्रस्तुत वा छलफल नहुँदा उपस्थित सदस्यहरू आश्चर्यचकित बनेका थिए । नगरसभा नजिकिँदै गर्दा यसरी छोटो अवधिमा बैठक सकिनुले राजनीतिक...
दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना
काठमाण्डौ, असार २८ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि घाम चर्केको छ । राति पनि सामान्य मात्रै वर्षा भएको छ । यतिबेला भने पाल्पा र बाँकेमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै राति कोशी,...
एन्टिबायोटिक औषधीको उपयोगबारे जनचेतना अपरिहार्य
दाङ, असार २८ । एन्टिबायोटिक औषधीको अविवेचित प्रयोगले मानवीय स्वास्थ्यमा गम्भीर असर पारिरहेको स्वास्थ्य विज्ञहरूको भनाइ छ। उनीहरूका अनुसार यस विषयमा सर्वसाधारणमा जानकारीको कमी रहेका कारण जनस्तरमै चेतना फैलाउने आवश्यकता छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले शुक्रबार घोराहीमा आयोजना गरेको जनचेतनामूलक कार्यक्रममा विभिन्न विशेषज्ञहरूले बोल्दै औषधी प्रयोगसम्बन्धी लापरबाहीले दीर्घकालीन समस्याको रूप लिन सक्ने बताएका थिए।
कार्यक्रममा वक्ताहरूले अनावश्यक रूपमा मेडिकल स्टोरबाट एन्टिबायोटिक...














