घोराहीमा व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ता व्यवस्थापनसम्बन्धी तालिम सुरु

दाङ, सउन २० । दाङको घोराही उपमहानगरपालिकाले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता व्यवस्थापन प्रणालीका विषयमा कर्मचारी र जनप्रतिनिधिलाई लक्षित गर्दै तालिम सुरु गरेको छ। सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाको आयोजनामा भइरहेको उक्त तालिममा वडा अध्यक्ष, स्थानीय पञ्जिकाधिकारी तथा अनलाइनमार्फत सामाजिक सुरक्षा भत्ता र व्यक्तिगत घटना दर्ता कार्यसम्भाल्ने कर्मचारी सहभागी भएका छन्। शाखा प्रमुख दिवाकर योगीका अनुसार, तालिमको उद्देश्य सामाजिक...

लगातार वर्षा, दाङका नदी–नालामा पानी बढ्यो, सतर्क रहन आग्रह

दाङ, साउन २० । दाङलगायत आसपासका जिल्लामा गएरातिदेखि लगातार वर्षा भइरहेको छ। दाङ, रोल्पा र रुकुममा भारी वर्षा भइरहेकाले जिल्ला प्रशासन कार्यालय दाङले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ। लगातारको वर्षाका कारण राप्ती नदी, बबई नदी, सेवारखोला, कालाखोला, ग्वारखोला, सक्राम खोला र पातुखोलाको पानीको बहाव बढ्दै गएको छ। हालसम्म पानीले खतरा तह पार नगरेको भए पनि लगातारको वर्षाका कारण होचा...

ज्ञान ज्योति मावि दाङमा व्यवस्थापन प्रथम, विज्ञान संकायमा नेपालभर टप

तुलसीपुर, साउन  २०। तुलसीपुरस्थित ज्ञानज्योति माध्यमिक विद्यालयले यस वर्षको कक्षा–१२ को नतिजामा दुई तहमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। विद्यालयले व्यवस्थापन संकायतर्फ दाङ जिल्लामा प्रथम र विज्ञान संकायतर्फ नेपालभर प्रथम स्थान सुरक्षित गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाअनुसार, विज्ञान संकायका छात्र कृष्ण गिरीले ३.९६ जिपिए प्राप्त गर्दै नेपालभर प्रथम स्थान हासिल गरेका विद्यालयका भाइस–प्रिन्सिपल मनोजकुमार केसीले दिनुभयो। व्यवस्थापन संकायतर्फ...

तुलसीपुरमा कुलोले बगाएर घाइते बालिकाको मृत्यु

दाङ, साउन २० । दाङको तुलसीपुरमा कुलोमा बगेर घाइते भएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१४ गोठुवाकी २ वर्षीया सुस्मा बस्नेत रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। प्रहरीका अनुसार सोमबार बेलुकी करिब ५ः३० बजेतिर सुदेश बस्नेतकी छोरी सुस्मा घरको आँगनमा खेल्दै गर्दा नजिकैको कुलोमा खसेकी थिइन्। कुलोले बगाइरहेको देखेपछि उनका बुबाले तत्काल उद्धार गरी...

फुटसल प्रतियोगिताकाे विजेता सिद्धार्थ, उपविजेता गोर्खा

घोराही, १८ साउन । पिरामिड एकेडेमी, घोराहीको आयोजनामा सञ्चालित जिल्ला स्तरीय अन्तरविद्यालय फुटसल प्रतियोगिता आइतबार समापन गरिएकाे छ। गत शुक्रबारदेखि सञ्चालित प्रतियोगिताकाे विजेता  सिद्धार्थ एकेडेमी, घोराही भएकाे छ भने उपविजेता गोर्खा स्कुल, तुलसीपुर भएको छ। प्रतियोगिताकाे समापन समाराेहमा विजेता सिद्धार्थ एकेडेमीकाे टिमलाई नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने उपविजेता गाेर्खा स्कुल तुलसीपुरकाे टिमलाई नगद २०...

नेसंवि प्रगतिशील प्राध्यापक र कर्मचारीको भेला सम्पन्न

दाङ, १८ साउन । नेपाल संस्कृत विश्वविद्यालय प्रगतिशील प्राध्यापक संगठन र कर्मचारी संगठनको संयुक्त भेला तथा अन्तर्क्रिया कार्यक्रम शनिबार घोराहीमा सम्पन्न भएको छ । प्राध्यापक संगठनका केन्द्रीय सदस्य तथा नेपाल संस्कृत विश्वविद्यालय ईञ्चार्ज सुधिर कुमार पोख्रेलको अध्यक्षता र केन्द्रीय सचिव भुवनेश्वर लामिछानेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा संगठनका लागि महत्वपूर्ण योगदान गरेको भन्दै संस्कृत विश्वविद्यालय सेवा आयोगका...

विद्यार्थीलाई उत्प्रेरित गर्दै मुक्त कम्लहरी उर्मिला

महेश बस्नेत घाेराही, १८ साउन । शुक्रबार विद्यालयकाे हलभरी विद्यार्थीहरु, कसैकाे प्रतिक्षामा शान्त भएर बसिरहेका देखिन्थे । आयाेजकहरु कार्यक्रमकाे व्यवस्थापनकाे कार्य पूरा गरि अतिथिकाे स्वागतका लागि आतुर देखिन्थे। कार्यक्रमकाे व्यवस्थापन विद्यार्थीले नै गरेका थिए । कतिलाई काे आउदैछ भन्ने काैतुहल थियाे । नयाँ अनुहारसँग साक्षात्कार गर्न कतिपय विद्यार्थीहरु उत्सुक पनि देखिन्थे । सदाझैं आ-आफ्ना कक्षामा नियमित तालिका बमाेजिम अध्ययन गरिरहेका...

प्याब्सनकाे हिज्जेमा ज्ञानमाला र हस्तलेखनमा गुरुकुल प्रथम

महेश बस्नेत घाेराही, १७ साउन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीकाे आयाेजनामा हस्तलेखन र हिज्जे प्रतियोगिताहरु सम्पन्न भएकाछन् । घाेराही उपमहानगरपालिकाभित्र रहेका प्याब्सनमा आवद्ध विद्यालयका  कक्षा १ देखि ३ सम्मका विद्यार्थीका लागि आयाेजना गरिएकाे नगरस्तरीय हस्तलेखन प्रतियोगितामा गुरुकुल एकेडेमीका आकृति बिसी प्रथम भएकीछिन् । यसैगरी उक्त प्रतियोगितामा ज्ञानसिन्धु सेकेन्डरी स्कुलका सुयस्ता रेग्मी द्वितीय, मेचिकाली सेकेन्डरी बाेर्डिङ स्कुलका...

लमही–घोराही सडक चार दिनका लागि बन्द हुने

दाङ, साउन १९ । दाङको लमही–घोराही सडकखण्ड चार दिनका लागि बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय दाङमा शनिबार बसेको सर्वपक्षीय बैठकले घोराही सडकखण्ड अन्तर्गतको मसोट खोला पुलको आकस्मिक मर्मतका कारण साउन २१ गते बिहान ७ बजेदेखि २४ गते बिहान ७ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा रोक्ने निर्णय गरेको हो। मर्मत अवधिमा यात्रु र सवारी चालकहरूलाई वैकल्पिक मार्गका रूपमा अर्जुनखोला–अमेलिया–तुलसीपुर–घोराही सडक...

रोल्पामा खानी उद्योगविरुद्ध स्थानीयवासीको लिखित निवेदन

भरत वली दाङ, साउन १७ । रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका–३, रानागाउँका स्थानीयवासीहरूले ज्यान र जग्गाजमिनको सुरक्षाका लागि त्रिवेणी गाउँपालिका अध्यक्षसमक्ष समक्ष लिखित निवेदन पेस गरेका छन्। स्थानीयवासीहरूले निवेदनमार्फत रोल्पा चुनढुंगा खानी प्रा.लि. र शिवस्वरुप खनिज उद्योगले संविधानद्वारा प्रदत्त मौलिक हकको उल्लङ्घन गर्दै जबरजस्ती खानी सञ्चालन गरी रानागाउँवासीलाई प्रत्यक्ष असर पारिरहेको गम्भीर आरोप लगाएका छन्। निवेदनअनुसार, खानी सञ्चालकहरूले विगतमा स्थानीयहरूसँग गरेका सम्झौता...

ताजा समाचार