बुद्ध हस्पिटल र युरो किड्स स्कुलबीच सम्झौता

घोराही, १६ साउन । बुद्ध ईन्टरनेशनल हस्पिटल प्रा.लि., घोराही–१५ दाङ र युरो किड्स स्कुलबीच आपसी सहकार्यमा छुट सम्बन्धी सम्झौता भएको छ । शुक्रबार भएको सम्झौता अनुसार अबदेखि युरो किड्स स्कुलका सम्पूर्ण विद्यार्थी, कर्मचारी लगायत सम्पूर्ण परिवारलाई बुद्ध ईन्टरनेशनल हस्पिटलबाट प्रदान गरिने सम्पूर्ण स्वास्थ्य सेवामा १० प्रतिशत छुट दिइनेछ भने औषधि (फार्मेसी) खरिदमा ७ प्रतिशत छुट उपलब्ध गराइने हस्पिटलका प्रमुख कार्यकारी...

चाैतारी दाङले प्रदेशस्तरीय तीज विशेष गर्ने

घाेराही, १७ साउन । प्रेस चौतारी नेपाल दाङ शाखाले लुम्बिनी प्रदेशस्तरीय तीज विशेष कार्यक्रम भदौ ६ गते शुक्रबार घोराहीमा गर्ने निर्णय  गरेको छ। प्रेस चौतारी दाङकी अध्यक्ष सुधासुमन ढकालकाे अध्यक्षता एवम् प्रदेश सहइन्चार्ज गणेश आचार्यकाे प्रमुख आतिथ्यतामा शुक्रबार घाेराहीमा बसेकाे बैठकले तीज पर्व र महिला सशक्तीकरण विषयमा विशेष कार्यक्रम गर्ने निर्णय समेत गरेकाे छ । बैठकले उक्त कार्यक्रमका लागि शाखा अध्यक्ष...

मुख्यमन्त्री आचार्यद्वारा बुटवल भ्यू प्वाइन्ट उद्यान उद्घाटन

बुटवल, १७ साउन ।  लुम्बिनी प्रदेश सरकारद्वारा निर्माण गरिएको बुटवल भ्यू प्वाइन्ट उद्यानको मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार उद्घाटन गर्नु भएको छ । बुटवल उपमहानगरपालिका–१३ अन्तर्गत जितेश्वरी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा अवस्थित उक्त भ्यू प्वाइन्टलाई जितेश्वरी पाणिनि उद्यानको रूपमा विकास गरिएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सरकारले पर्यटन प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राख्दै योजनाबद्ध ढंगले पूर्वाधार विकास गरिरहेको उल्लेख...

अनेरास्ववियु अर्घाखाँचीकाे संयोजकमा बिक्रम नेपाली चयन, मुखिया बने इन्चार्ज

अर्घाखाँची, १६ साउन । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु अर्घाखाँची जिल्लाको नेतृत्व पुनर्गठन भएको छ । अखिल केन्द्रीय कार्यालयले सर्कुलर जारी गर्दै अर्घाखाँची जिल्ला संयोजकको जिम्मेवारी बिक्रम नेपालीलाई दिएको छ । यसअघिका अध्यक्ष विराज मुखिया हालै सम्पन्न महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएपछि सो पद रिक्त थियो । केन्द्रीय सचिवालय बैठकले रिक्त पदमा कमिटीका उपाध्यक्ष बिक्रम नेपाली लाई संयोजक तोकेको हो...

प्रधानमन्त्रीदेखि सर्वसाधारणलाई उपन्यास पढाउँदै प्रियासन

काठमाडौं, १५ साउन । नेपालकै दोस्रो धेरै उपन्यास लेख्ने उपन्यासकार सविन प्रियासन यतिबेला काठमाडौँमा सर्वसाधारणदेखि प्रधानमन्त्रीसम्मलाई उपन्यास पढाउँदै हिँड्नुभएको छ। प्रियासनले पछिल्लो पटक प्रकाशन गरेको कडी उपन्यास नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गर्दै उपन्यासभित्रको विषयवस्तुबारे जानकारी गराउनु भएको छ । कडी उपन्यास प्रियासनको ११औ उपन्यास हो। उपन्यासमा देशलाई आत्मनिर्भर एवं समृद्ध बनाउने उपायको बारेमा समेत उल्लेख गरिएकाले प्रधानमन्त्रीलाई सो...

रोल्पामा पहिलोपटक एसियाली बालसाहित्य सम्मेलन हुने

रोल्पा, साउन १३ । रोल्पामा पहिलोपटक एसियाली स्तरको बालसाहित्य सम्मेलन आयोजना हुने भएको छ। आगामी मंसिर १८ र १९ गते, रोल्पाको लिबाङमा हुने यो सम्मेलनले बालसाहित्यको क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ। सम्मेलनको आयोजना नेपाल बालसाहित्य समाज, काठमाडौंले गर्ने भएको हो। यसअघि सम्मेलनहरू राष्ट्रिय स्तरमै सीमित रहँदै आएका थिए, तर यसपटक भारत, बंगलादेशसहित एसियाका विभिन्न देशका लेखकहरूको सहभागिता रहने...

प्रधानमन्त्री कार्यालयको खर्चमा २ करोड कटौती, ओलीको पालामा प्रचण्डभन्दा कम खर्च

काठमाडौं, साउन १४ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको खर्चमा यो वर्ष उल्लेख्य कटौती भएको छ। चालु आर्थिक वर्ष २०८१/०८२ मा प्रधानमन्त्री कार्यालयबाट जम्मा ४ करोड १४ लाख रुपैयाँ खर्च भएको छ। यो अघिल्लो वर्षको तुलनामा करिब २ करोड रुपैयाँ कम हो। २०८०/०८१ मा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को नेतृत्वमा ६ करोड २१ लाख रुपैयाँ खर्च गरिएको थियो। तर २०८१ असार मसान्तसम्म...

विद्युत् अवरुद्ध हटाउन एमालेको ध्यानाकर्षण

काठमाडौं,  साउन १४ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) स्थायी समिति सदस्य शेरबहादुर तामाङको नेतृत्वमा एक प्रतिनिधिमण्डलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख समक्ष मेलम्ची र आसपासका क्षेत्रका विद्युत् समस्या समाधानका लागि ध्यानाकर्षण पत्र बुझाएको छ। प्रतिनिधिमण्डलमा आदरणीय नेता माधव पाण्डे, बागमती प्रदेश कमिटीका सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारीहरू, मेलम्ची, हेलम्बु, पाँचपोखरी थाङ्पाल र इन्द्रावती क्षेत्रका अग्रज नेता तथा कार्यकर्ताहरू सहभागी थिए। ध्यानाकर्षण पत्रमा...

भोलि खीर खाने दिन, देशभर ८० लाख लिटर दूध खपत हुने अनुमान

काठमाण्डाै, साउन १४ । नेपाल डेरी एसोसिएशनले भोलि झन्डै ८० लाख लिटर दूध खपत हुने अनुमान गरेको छ । खीर दिवसका अवसरमा झन्डै ८० लाख लिटर दूध खपत र त्यसबापत एक अर्ब ४० करोड रुपैयाँको कारोबार हुने अनुमान गरेको एसोसिएशनका अध्यक्ष प्रह्लाद दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार उपभोक्ताको माग अनुसार बजारमा दूध उपलब्ध हुने छ । सरकारले २०७७ सालको फागुनमा...

मुख्यमन्त्री ड्यास बोर्डमार्फत ५० लाखभन्दा माथिका योजनाहरू अनुगमन गरिने

दाङ, १४ साउन । लुम्बिनी प्रदेश सरकारले ५० लाखभन्दा माथिका योजनाहरू मुख्यमन्त्री ड्यास बोर्डमार्फत अनुगमन गर्ने भएको छ । सूचना तथा सञ्चार प्रविधि परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार तथा मातहतका निकायबाट कार्यान्वयन हुने योजनाहरूको ड्यास बोर्डमार्फत अनुगमन गर्ने गरी प्रणाली विकास गर्न निर्देशन दिनुभएको हो । `सरकारले गर्ने हरेक कामलाई नजिकबाट अनुगमन गर्ने प्रणालीको विकास गर्न जरुरी...

ताजा समाचार