दैनिक ज्यालादारीमा कार्यरत विद्युत् प्राधिकरणका कर्मचारीको आन्दोलन
काठमाण्डाै, साउन १४ । दैनिक ज्यालादारीमा कार्यरत नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले आज आन्दोलन गरेका छन् । मासिक ज्यालादारीमा नियुक्ति दिने पटक–पटकको सहमति र सम्झौता कार्यान्वयन नभएपछि दैनिक ज्यालादारी कर्मचारी सङ्घर्ष समितिको अगुवाइमा उनीहरू कालोपट्टी बाँधेर प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि धर्नामा बसेका हुन् ।
नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले २०८० साल साउन ३१ गतेको बैठकमा दैनिक ज्यालादारी कर्मचारीलाई मासिक ज्यालादारीमा नियुक्त...
घाेराही, गिठेपानीका १२ टोलमा सुरक्षाका लागि सायरन जडान
घोराही, साउन १३। घोराही उपमहानगरपालिका–१८ ले गिठेपानी क्षेत्रका १२ टोललाई सुरक्षाकाे दृष्टिले थप सुदृढ बनाउने उद्देश्यले दुईवटा सायरन जडान गरेको छ। गिठेपानी आधारभूत विद्यालयमा जडान गरिएको ती सायरनमार्फत आपतकालीन अवस्थामा टोलबासीलाई तुरुन्त जानकारी गराउने व्यवस्था गरिएको छ।
१२ टोल विकास संस्थाका ४८ जना व्यक्तिका मोबाइल नम्बरहरू सायरन प्रणालीमा जोडिएको छ। कुनै पनि आपराधिक वा विपदजन्य घटनाकाे जानकारी भएमा उनीहरूबाटै मोबाइलमार्फत सायरन...
अमर रोका मगर र मन्जु घर्ती मगरको आवाजमा नयाँ झ्याउरे गीत ‘शिरमा शिरफूल छ’ सार्वजनिक
दाङ, साउन १३ लोकप्रिय गायक अमर रोका मगर र गायिका मन्जु घर्ती मगरको संयुक्त स्वरमा नयाँ झ्याउरे लोकगीत ‘शिरमा शिरफूल छ’ सार्वजनिक भएको छ। उक्त गीतमा कलाकार बबिन, बसन्त, माया र खिमा मगरको आकर्षक अभिनय रहेको छ।
उक्त गीत युट्युबमार्फत सार्वजनिक भएकाे छ। मौलिक लोकशैलीमा आधारित गीतमा नेपाली पहिचान झल्किने शब्द, लय र नृत्य प्रस्तुत गरिएको छ। ‘शिरमा शिरफूल छ’...
नेपालको ऋण २६ खर्ब ६९ अर्ब पुग्याे
नेपालको सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ । २०७८ सालमा भएको जनगणनानुसार यो ऋण भाग लगाउँदा प्रति व्यक्ति ९१ हजार रुपैयाँभन्दा धेरै हुन आउँछ ।
आर्थिक वर्ष २०८०/८१ को अन्तिमसम्म २४ खर्ब ३८ अर्ब सार्वजनिक ऋण रहेकोमा गएको आर्थिक वर्षमा दुई खर्ब ३१ अर्ब रुपैयाँ ऋणको दायित्व बढेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
सरकारले गएको वर्ष ५ खर्ब...
सिन्धुलीमा १६ जनाको परिवार चार दिनदेखि सम्पर्कविहीन
दाङ, साउन १२ । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ छेत्पा नजिक भण्डास बिप्पर कटेरीमा रहेका उर्मिला हायूसहित १६ जनाको परिवार चार दिनदेखि सम्पर्कविहीन भएका छन् । एकान्तमा रहेको घरमा छिमेकी पुग्दा कोही पनि नभेटिएपछि आज प्रहरीसहितको टोली पुग्दा कोही पनि नभेटिएको वडाध्यक्ष रविन श्रेष्ठले जानकारी दिनुभएको छ ।
सम्पर्कविहीन रहनेमा ५२ वर्षीया उर्मिलासँगै उहाँका ६ जना छोरा, ६ जना छोरी,...
दाङमा सर्पको टोकाइबाट एक शिक्षकको मृत्यु
दाङ, साउन । १२ दाङमा सर्पको टोकाइबाट एक जना विद्यालय प्रधानाध्यापकको ज्यान गएको छ। मृत्यु हुनेमा राजपुर गाउँपालिका–३ खरदरियाका ५५ वर्षीय शालिकराम यादव रहेका छन्। उहाँ शङ्कर माध्यमिक विद्यालय, खरदरियाका प्रधानाध्यापक समेत हुनुहुन्थ्यो।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार यादवलाई आज बिहान घरभित्रै सर्पले टोकेको थियो। तत्कालै उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही लगिएकोमा उपचारकै क्रममा उहाँको निधन भएको हो।...
गुलरीयामा शिवमहापुराण तथा श्रृङ्गारिक महाआरति २०८२ : भक्तजनको घुइँचो, दाताहरूको उत्साहजनक सहभागिता
दाङ, साउन १२ । घोराही उपमहानगरपालिका–१७ स्थित गुलरीयामा रहेको सहिद स्मारक पार्क, सांस्कृतिक संग्रहालय तथा शिव–पार्वती र राधा–कृष्ण मन्दिर परिसरको भौतिक स्तरोन्नतिको उद्देश्यसहित सञ्चालनमा आएको शिवमहापुराण तथा श्रृङ्गारिक महाआरति २०८२ कार्यक्रममा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रहदै अाएकाे देखिएको छ।
श्रावण १ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने यो मासिक धार्मिक कार्यक्रममा आज दोस्रो सोमबारको अवसरमा बिहानैदेखि दर्शन, पूजाअर्चना र कथा श्रवण...
घोराही उपमहानगरपालिकामा आएका उजुरीमध्ये ८८ प्रतिशत मिलापत्र
घोराही, साउन १२ । घोराही उपमहानगरपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०८१/८२ मा दर्ता भएका उजुरीमध्ये ८८ प्रतिशत उजुरी मिलापत्रका माध्यमबाट समाधान गरेको जनाएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत समितिका संयोजक तथा उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीले अघिल्लो र बितेको आर्थिक वर्षमा प्राप्त उजुरीहरूको अवस्थाबारे जानकारी दिनुभएको हो।
उहाँका अनुसार अघिल्लो र हालको आर्थिक वर्षमा गरी समितिमा कुल १३५ वटा उजुरी दर्ता...
घोराहीको आर्थिक प्रगति ७७.६७ प्रतिशत
घोराही, साउन १२ । घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नगरस्तरीय वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ। नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख हुमाकुमारी डिसी, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, कार्यपालिका सदस्यहरू, वडा अध्यक्षहरू, महाशाखा तथा शाखा प्रमुखहरू, वडा सचिवहरूको उपस्थिति रहेको थियो।
समीक्षा कार्यक्रममा महाशाखा, शाखा र वडाहरूले आर्थिक वर्षभरिमा गरेका गतिविधिहरूको प्रगति विवरण प्रस्तुत...
दाङमा काठ लक्ष्यभन्दा बढी उत्पादन
घोराही, साउन १०। दाङ जिल्लामा चालू आर्थिक वर्ष २०८१/८२ मा काठ उत्पादन उल्लेख्य रूपमा वृद्धि भएको छ। डिभिजन वन कार्यालय घोराहीका अनुसार चालु वर्षमा अघिल्लो वर्षको तुलनामा ६१ हजार क्युफिट बढी काठ उत्पादन भएको हो।
कार्यालयका अनुसार सामुदायिक, राष्ट्रिय र निजी वनहरूबाट दुई लाख ३० हजार १७७.३१ क्युफिट काठ उत्पादन हुने लक्ष्य तय गरिए पनि लक्ष्यभन्दा बढी दुई लाख ६३...














