गोकर्णेश्वरमा बिहानैदेखि श्रद्धालुको घुइँचो

काठमाण्डौ, भदाै ७ ।  दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाण्डौको उत्तर पूर्वी भेगमा रहेको गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा भक्तजनको घुइँचो लागेको छ । भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा तर्पण, सिदादान र पिण्डदान गर्ने गरिन्छ । विशेषगरी आजको दिन दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्ने गरिएको मन्दिरका पूजारी जगदीश भट्टले जानकारी दिनुभयो । गोकर्णमा...

पाकिस्तानमा ठूलो वर्षापछि आकस्मिक बाढी : २४ जनाको ज्यान गयो

तस्बिर : एजेन्सी
पाकिस्तानमा बाढीका कारण २४ जनाको ज्यान गएको छ । त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार मनसुनी वर्षाका कारण कम्तीमा २४ जनाको ज्यान गएको र पाँच जना घाइते भएका छन् । उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सबैभन्दा धेरै १४ बालबालिकासहित २१ जनाको ज्यान गएको विपद् अधिकारीलाई उद्धित गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । दक्षिणी सिन्ध प्रान्तमा दुई जना...

अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

तस्बिर : सडक डिभिजन भरतपुर चितवन
काठमाण्डौ, भदाै ७ । सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । आज बिहान साढे ६ बजेतिर इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा चट्टानसहितको सुक्खा पहिरो खस्दा सडकखण्ड दुईतर्फी नै अवरुद्ध थियो । झन्डै डेढ घण्टा अवरुद्ध सडक इलाका प्रहरी कार्यालय मुग्लिनको विपद् व्यवस्थापन टोलीसहितको पहलमा दुईतर्फी नै खुलेको प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिनुभयो । रोकिएका गाडी र यात्रु गन्तब्यतर्फ लागेका छन् ।...

लुम्बिनी, बागमती, कर्णाली र सुदूरपश्चिमका एक/दुई ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ , भदौ ७ । आज चार वटा प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । लुम्बिनी, बागमती, कर्णाली र सुदूरपश्चिमका एक/दुई ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभरको मौसम आज दिनभर नै साधारणतया बदली रहनेछ । देशका पहाडी भागका केही ठाउँमा र तराइको थोरै ठाउँमा मध्यम वर्षाको...

रोल्पा नगरपालिकामा नगर कार्यपालिकाको बैठक सम्पन्न

भरत वली रोल्पा, भदौ ६ । रोल्पा नगरपालिका नगर कार्यपालिकाको बैठक नगर प्रमुख सुरेन्द्र थापा घर्तीको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले यस भदौ महिनामा उपभोक्ता समिति गठन, सर्वेक्षण, अभिमुखिकरण तथा सम्झौता कार्यहरू समयमै सम्पन्न गर्ने निर्णय गरेको छ। साथै बैठकले कर्मचारी इन्धन, सवारी साधन मर्मत तथा अन्य सुविधासम्बन्धी निर्देशिका २०८२ लाई स्वीकृत गरेको छ। बैठकले गाई–भैँसी पकेट विकास कार्यक्रम र लघु...

घोराहीमा थारु र तिज पर्वको अवसरमा स्थानीय सार्वजनिक विदा घोषणा

घोराही,भदाै ६ । घोराही उप-महानगरपालिकाले थारु समुदायको महत्त्वपूर्ण पर्व अट्वारी र तीजको अवसरमा स्थानीय सार्वजनिक विदा दिने घोषणा गरेको छ। नगर कार्यपालिकाको १७७ औं बैठक (भाद्र २, २०८२) को निर्णय अनुसार, भाद्र ९ गते अट्वारी तथा तीज पर्वको अवसरमा घोराही उप-महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय अन्तर्गतका सबै कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालयहरूमा विदा रहनेछ। घोषणा अनुसार, सम्बन्धित सबै कार्यालय र विद्यालयले...

गुरुकुल एकेडेमीमा तिज मिलन कार्यक्रम उत्साहपूर्ण सम्पन्न

दाङ, भदौ ६ । गुरुकुल एकेडेमी तुलसिपुरमा आयोजित तिज मिलन कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। प्रत्येक वर्ष की महिलाबीच आपसी सम्बन्ध सुदृढ पार्ने, संस्कृतिको संरक्षण गर्ने र तिज पर्वलाई भव्यताका साथ मनाउने उद्देश्यका साथ विद्यालयले यस वर्ष पनि अभिभावक लक्षित तिज मिलनको आयोजना गरेको हो। कार्यक्रममा लोकगायिका विष्णु सुनारले विशेष प्रस्तुति दिएका थिए। उनका तिज गीतले उपस्थित सबै अभिभावकलाई...

शिक्षा विधेयकका विरुद्ध प्याब्सन घाेराहीकाे बस र्याली

घाेराही, ६ भाद्र । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीको आयाेजनामा शिक्षा विधेयकका विरुद्ध बस र्याली गरिएकाे छ । सरकारले ल्याउन लागेकाे शिक्षा विधेयक २०८० मा निजी विद्यालयलाई बन्द गर्ने गरि प्रावधानहरु राखिएकाे भन्दै प्याब्सन केन्द्रकाे निर्देशन अनुसार पालिकाहरुले शुक्रबार देशभर बस र्याली गरेका हुन् । केन्द्रकाे निर्देशन बमाेजिम प्याब्सन घाेराही नगर कमिटीको आयाेजनामा प्याब्सन घाेेराहीमा...

रोल्पा नगरपालिकाद्वारा लक्षित समूहका लागि तालिम र कार्यक्रम सञ्चालन हुने

भरत वली राेल्पा, भदाै ६ । रोल्पा नगरपालिका, लिबाङले आ.व. २०८२/८३ अन्तर्गत महिला तथा बालबालिका शाखाबाट विभिन्न तालिम तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ। नगरपालिकाले प्रकाशित गरेको सूचनामा विपन्न, एकल, लैङ्गिक हिंसा र द्वन्द्वपीडित महिला, अपाङ्गता भएका व्यक्तिहरु, दलित समुदाय र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई लक्षित गरी सीप विकास तालिम र आयआर्जनमुखी कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ। कार्यक्रम अन्तर्गत मकैको...

दाङमा तीज पर्व तथा महिला सशक्तिकरणबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

दाङ, भदौ ६ । प्रेस चौतारी नेपाल दाङ शाखाको आयोजनामा तथा प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको समन्वयमा आज (शुक्रबार) घोराहीमा तीज पर्व तथा महिला सशक्तिकरण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रेस चौतारी नेपाल दाङका अध्यक्ष सुधा सुमन ढकालको अध्यक्षता र नेकपा एमाले पोलिटब्युरो सदस्य शान्ता चौधरीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका पदाधिकारी, सदस्य तथा...

ताजा समाचार