आज बागमती र कर्णालीको पहाडी एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना
काठमाण्डौ, भदाै ८ । आज बागमती र कर्णालीको पहाडी एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । आज दिउँसो देशभरको मौसम साधारणतया बदली नै रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ ।
आज बागमती र कर्णालीसहित गण्डकी र सुदूरपश्चिमका पहाडी भागमा...
थारू समुदायले आज अटवारी पर्व मनाउँदैः लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा
काठमाण्डौ, भदाै ८ । पश्चिम तराइका थारू समुदायले आज अटवारी पर्व मनाउँदैछन् । यो उनीहरुको महत्त्वपूर्ण पर्व हो । अस्ति शुक्रवार राति दर खाएर हिजो दिनभरि व्रत बस्ने र बेलुका रोटी पकाएर देवतालाई चढाइसकेपछि खाने तथा आज बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन थारु समुदायमा छ ।
दाङको घोराही उपमहानगरपालिका–१७ का थारू अगुवा सरस्वती चौधरीका अनुसार...
ज्ञानज्योतीमा तीज मिलन सम्पन्न
घाेराही, ७ भदौ । घोराही उपमहानगरपालिका -१३ स्थित ज्ञानज्योती एजुकेसनल एकेडेमीले नेपाली हिन्दू महिलाहरुको महान पर्व हरितालिका (तीज)को अवसरमा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष ओम बहादुर घर्ती मगरको अध्यक्षता एवम् घोराही उपमहानगरपालिकाका उप-प्रमुख हुमा कुमारी डिसीको प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य तिरणदाज गौतम र सामाजिक विकास महाशाखा घोराहीका अधिकृत अजय बोहराको विशिष्ट...
लिपुलेक मुद्दा जटिल विषय : भारतीय विज्ञ
काठमाण्डाै, भदाै ७ । भारत र चीनले गएको मङ्गलवार लिपुलेक नाका हुँदै वैदेशिक व्यापार गर्ने सहमति गरेपछि नेपालले भारत र चीन दुवैलाई छुट्टाछुट्टै कूटनीतिक नोट पठाएको छ ।
नेपालले अस्ति बिहीवार दुवै देशलाई कूटनीतिक नोट पठाएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । आजै एमाले महासचिव शङ्कर पोख्रेल र सचिव लेखराज भट्टले पनि नेपालले दुवै देशलाई कूटनीतिक नोट पठाइसकेको बताउनुभएको छ...
नेपालको भूमि प्रयोगमा सहमति अपरिहार्य : एमाले महासचिव पोखरेल
घाेराही, भदाै ७ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालकै सहमति विना छिमेकी राष्ट्रहरूले नेपाली भूमि प्रयोग गर्नु अनुचित हुने बताउनु भएकाे छ । घोराहीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै अविभाज्य भाग भएको दोहोर्याउँदै कुनै पनि प्रयत्नलाई अस्वीकार्य ठहरिने बताउनु भयाे ।
उहाँका अनुसार सीमा विवाद केवल तथ्य र प्रमाणका आधारमै समाधान हुनसक्छ र...
घोराही उपमहानगरपालिका जिल्लामा उत्कृष्ट घोषित
भरत वली
दाङ, भदाै ७ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नतिजा अनुसार दाङ जिल्लामा घोराही उपमहानगरपालिका उत्कृष्ट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक गरेको नतिजा अनुसार जिल्लाका दशवटा स्थानीय तहमध्ये घोराही उपमहानगरपालिका प्रथम स्थानमा पर्न सफल भएको हो ।
मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार घोराही उपमहानगरपालिकाले ७३ अंक प्राप्त गरी जिल्लामा...
राेल्पा, सुलिचौरमा सशुल्क आँखा अपरेशन शिविर हुने
रोल्पा, भदाै ७ । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम–राप्ती तथा बहादुरगंज अन्तर्गतको सुलिचौर सर्जिकल आँखा केन्द्रले सशुल्क आँखा अपरेशन शिविर सञ्चालन गर्ने भएको छ।
शिविरको आयोजना नेपाल नेत्रज्योति संघले गर्न लागेको हो भने लमही आँखा अस्पताल, दाङले प्राविधिक सहयोग गर्नेछ। आगामी भदौ २०, २०८२ गते बिहान १० बजेदेखि दिउँसोसम्म सुलिचौर सर्जिकल आँखा केन्द्र, रोल्पामा शिविर सञ्चालन हुने केन्द्रले जनाएको...
लगानी बोर्ड बैठक : आठ अर्ब ८४ करोड बराबरको लगानी स्वीकृत
काठमाण्डौ, भदाै ७ । लगानी बोर्ड बैठकले ५४ मेगावाट उत्पादन क्षमताको तल्लो अप्सुवा जलविद्युत् परियोजनाका लागि आठ अर्ब ८४ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।
लगानी बोर्डको कार्यालयका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार बोर्डको ६५औँ बैठकले सङ्खुवासभाको मकालुमा आयोजनास्थल रहेको तल्लो अप्सुवा परियोजनाका लागि लगानी स्वीकृतीको निर्णय गरेको हो । साथै बैठकले आठ सय मेगावाट क्षमताको पश्चिमसेती जलविद्युत् परियोजनाको...
तीज नजिकिएसँगै घोराहीका डेरीमा दूध पातलो, परीक्षणमा अत्यधिक पानी मिसावट फेला
घोराही, भदाै ७ । तीज पर्व नजिकिँदै गर्दा घोराहीका डेरीहरूले बिक्री गरिरहेको दूध पातलो भएको पाइएको छ। घोराही उपमहानगरपालिकाले बिहीबार र शुक्रबार १६ वटा डेरीबाट संकलन गरेको दूधको परीक्षण गर्दा अत्यधिक मात्रामा पानी मिसाइएको खुलासा भएको हो।
उपभोक्ता हित संरक्षण शाखा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले अनुगमन गरी संकलन गरेका नमूना विश्लेषणमा...
लुम्बिनी प्रदेश विकास समस्या समाधान समितिको बैठक, ११ बुँदे प्रस्ताव पारित
दाङ, भदाै ७ । लुम्बिनी प्रदेश विकास समस्या समाधान समितिको शुक्रबार बसेको बैठकले ११ बुँदे प्रस्ताव स्वीकृत गरी राष्ट्रिय विकास समस्या समाधान समितिमा पठाउने निर्णय गरेको छ। बैठक मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा प्रदेश राजधानी देउखुरीमा सम्पन्न भएको हो।
बैठकले प्रदेशसँग प्रत्यक्ष सरोकार भएका विभिन्न विषय संघीयस्तरमा उठाउने तयारी गरेको छ। ढुंगा, गिट्टी, बालुवाबाट हुने राजस्व बाँडफाँडमा प्रदेशको हिस्सा सुनिश्चित गर्न...














