रोल्पा उद्योग वाणिज्य संघको २१औं साधारणसभा तथा ९औं अधिवेशन निर्वाचन कार्यक्रम सार्वजनिक
भरत वली
रोल्पा, भदाै ८ । रोल्पा उद्योग वाणिज्य संघले आफ्नो २१औं वार्षिक साधारणसभा तथा ९औं अधिवेशनअन्तर्गत हुने निर्वाचन कार्यक्रम तालिका सार्वजनिक गरेको छ।
संघका अनुसार आगामी २०८२ भदौ ८ गते बिहान १०:०० बजे मतदाताको नामावली प्रकाशन गरिएको छ। नामावलीमा त्रुटि वा छुट भएमा सो सम्बन्धी दाबी–विरोध भदौ ९ गते बेलुकी ५:०० बजेसम्म दर्ता गर्न सकिनेछ। अन्तिम नामावली भने भदौ १३...
रौतहटमा सुटकेसभित्र फेला परेको शवको सनाखत
रौतहट, भदौ ७ । रौतहटमा सुटकेसभित्र फेला परेको शवको सनाखत भएको छ। प्रहरीले दिएको जानकारीअनुसार मृतक माधवनारायण नगरपालिका–६ माधोपुरकी ३० वर्षीया रुबी देवी साह भएकाउ पाइएकाे छ ।
गौर–२ महादेवपट्टीमा डेरा गरी बस्दै आएकी रुबी शनिवार ब्युटी पार्लर जान्छु भनेर घरबाट निस्किएकी थिइन्। साँझ ६ बजेतिर परिवारले फोन गर्दा सम्पर्क नभएपछि खोजी भइरहेका बेला राति करिब १० बजे सडक पेटीमा...
दाङ, गढवा गाउँपालिकामा टिपर–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
दाङ, भदौ ८ । दाङको गढवा गाउँपालिका–१ धोर्देमा आइतबार बिहान टिपर र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ।
ना.८ ख ८२५९ नम्बरको टिपर र लु.३९ प ८३९० नम्बरको मोटरसाइकल ठोक्किँदा प्युठानको ऐरावती गाउँपालिका–५ का २० वर्षीय सुशिल थापाको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनको भालुवाङ अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते मोटरसाइकल चालकको भालुवाङ अस्पतालमै...
गत आर्थिक वर्षमा रेमिट्यान्स आप्रवाह हालसम्मकै उच्च
काठमाडौं, भदौ ८ । आर्थिक वर्ष २०८१/८२ मा रेमिट्यान्स आप्रवाह हालसम्मकै उच्च स्तरमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार उक्त अवधिमा कुल १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको हो। यो अघिल्लो वर्षको तुलनामा १९.२ प्रतिशतले बढी हो।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो, जसमा १६.५ प्रतिशत वृद्धि भएको...
झन्डै ७० लाख जनाले स्थायी लेखा नम्बर लिए
काठमाण्डाै, भदाै ८ । नेपालमा झन्डै ७० लाख जनाले स्थायी लेखा नम्बर (पान) लिएका छन् । अर्थ मन्त्रालयको विवरण अनुसार एकै वर्षमा ७ लाख ७३ हजार २ सय १७ जना करदाता थपिएसँगै स्थायी लेखा नम्बर लिनेकाे सङ्ख्या गएको असार मसान्तसम्म ६९ लाख ९९ हजार ३ सय ५० पुगेको हो ।
अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाका अनुसार व्यावसायिक स्थायी लेखा नम्बर (बीप्यान)...
उखु किसानहरूको काठमाण्डौ केन्द्रित आन्दोलन शुरू
काठमाण्डाै, भदाै ८ । उखु किसानहरू सरकारले दिने अनुदानको बक्यौता माग्दै काठमाण्डौको माइतीघरमा धर्ना बसेका छन् । सरकारले दिने प्रतिक्विन्टल ७० रुपैयाँको बक्यौता भुक्तानी हुनुपर्ने माग गर्दै किसानहरू आजदेखि धर्नामा बसेका हुन् ।
सरकारले अघिल्लो आर्थिक वर्षको अनुदान भुक्तानी गरेको छैन । आर्थिक वर्ष २०८१/८२ मा देशका १३ वटा चिनी मिलमा किसानहरूले २ करोड १५ लाख क्विन्टल उखु बिक्री गरेका...
घोराही उपमहानगरपालिकाद्वारा अट्वारी पर्वको शुभकामना
दाङ, भदौ ८ । थारु समुदायको मौलिक संस्कृति र परम्परासँग सम्बन्धित महान् पर्व अट्वारी को अवसरमा घोराही उपमहानगरपालिकाले शुभकामना व्यक्त गरेको छ।
उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले अट्वारी पर्वले समाजमा आपसी सद्भाव, सामाजिक एकता र सांस्कृतिक विविधतालाई बल पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार अट्वारी पर्व नारीहरूको श्रद्धा, समर्पण र धैर्यताको प्रतीकका रूपमा रहेकोले यसले महिलाको भूमिकालाई अझ सशक्त रूपमा...
थारु समुदायको पर्वले एकता र समृद्धि ल्याओस : मुख्यमन्त्री आचार्य
दाङ, भदौ ८ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायको महान् पर्व बर्का अट्वारी को अवसरमा शुभकामना दिनुभएको छ। उहाँले यस पर्वले समाजमा भाईचारा, एकता र समृद्धिको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो।
मुख्यमन्त्री आचार्यको शुभकामना सन्देशमा भनिएको छ, “प्रकृतिपूजक थारु समुदायले श्रद्धा र उल्लासका साथ मनाउने यो पर्वले मौलिक धर्म, संस्कृति र परम्परा जगेर्नामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको...
राजपुर र विजयनगरमा आँखा उपचार केन्द्र सञ्चालन
घाेराही, भदौ ८। दाङको राजपुर गाउँपालिका–५, जंग्रहवामा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । यसपछि स्थानीयवासीले आँखा उपचारका लागि टाढासम्म धाउनुपर्ने बाध्यता हटेर वडाबाटै सेवा लिन सक्ने भएका छन्।
नेपाल नेत्रज्योति संघ अन्तर्गत आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज लमही आँखा अस्पतालको व्यवस्थापन र राजपुर गाउँपालिकाको सहकार्यमा एकीकृत आँखा उपचार केन्द्र सञ्चालनमा आएको हो।
वडा नं. ५ का अध्यक्ष टंकबहादुर विष्टको...
साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै
काठमाण्डौ, भदाै ८ । साफ १७ वर्षमूनीको महिला च्याम्पियनसिपमा नेपालले आफ्नो तेश्रो खेलमा आज बङ्गलादेशसँग खेल्दैछ । खेल भूटानको थिम्पुमा नेपाली समयअनुसार बेलुका पौने ६ बजे शुरु हुनेछ ।
यसअघि आफ्नो दोश्रो खेलमा नेपालले घरेलु टोली भूटानलाई हराएको थियो भने पहिलो खेलमा भारतसँग हारेको थियो । यो प्रतियोगितामा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी छन् ।
डबल राउन्ड रोबिन लिगका आधारमा...














