लुम्बिनी प्रदेश राजधानी क्षेत्रको जग्गा शर्तसहित फुकुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
दाङ, ९ भदौ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले १२ वटा महत्वपूर्ण निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रशासनिक, कानूनी, भौतिक पूर्वाधार र सामाजिक क्षेत्रका बिषयहरु बारे निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दीनेश पन्थीले जानकारी दिनुभएको छ ।
राजधानी क्षेत्र भित्र राप्ती गाउँपालिका,...
इम्बोस्ड नम्बर प्लेट देवनागरीमा कार्यान्वयन गर्न नागरिक समाज दाङको आग्रह
घोराही, भदौ ९ । नागरिक समाज दाङले नेपाल सरकारले आगामी असोज १ गतेदेखि सवारीसाधनमा अनिवार्य रूपमा लागू गर्न लागिएको इम्बोस्ड नम्बर प्लेटलाई देवनागरी लिपीमा कायम गरेर मात्र कार्यान्वयन गर्न माग गरेको छ ।
समाजको आइतबार घोराहीमा बसेको बैठकले संविधानले सरकारी कामकाजको भाषा नेपाली हुने व्यवस्था गरेको स्मरण गराउँदै, इम्बोस्ड नम्बर प्लेटमा अंक र अक्षर देवनागरी लिपीमै राख्नुपर्ने र उपभोक्तालाई सहज रूपमा उपलब्ध...
लुम्बिनी प्रदेशको पाँच वर्षे आवधिक योजनाको नतिजा मिश्रित
घोराही, भदाै ९ । संघीयता कार्यान्वयनपछि लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०७६/७७ देखि पाँच वर्षका लागि तयार पारेको पहिलो आवधिक योजनाको नतिजा मिश्रित देखिएको छ ।
आर्थिक वर्ष २०७५/७६ मा निरपेक्ष गरिबीको रेखामुनिको जनसंख्या १८.२ प्रतिशत थियो भने पाँच वर्षपछि २०८०/८१ मा उल्टै बढेर २४.३५ प्रतिशत पुगेको छ । पाँच वर्षमुनिका बालबालिकामा ख्याउटेपन (उचाइअनुसारको तौल) पनि सुधार हुनुको सट्टा दोब्बर बढेको...
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै पहिलो
कैलाली, भदाै ९ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै पहिलो बन्न सफल भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको शुक्रवार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को नतिजाअनुसार घोडाघोडी पहिलो भएको हो । घोडाघोडीले ८५ दशमलव ५० अङ्क पाएको छ ।
योसँगै घोडाघोडी कैलाली जिल्लामा दोस्रो पटक प्रथम भएको छ । आर्थिक वर्ष २०७९/८० मा...
भारतका विभिन्न जिल्लामा अविरल वर्षा, राजस्थानका सबै विद्यालय बन्द
भारतको राजधानी दिल्लीसहित विभिन्न क्षेत्रमा अविरल वर्षा भइरहेका कारण धेरै ठाउँमा बाढी आएको छ । राजस्थानका धेरै जिल्लामा बितेको २४ घण्टाभन्दा बढी समयदेखि भइरहेको ठूलो वर्षाका कारण बाढीको जोखिम बढेको बीबीसी हिन्दीले जनाएको छ ।
आज त्यहाँका सबै विद्यालयहरू बन्द गरिएको छ । यस्तै, पञ्जाबको पठानकोटमा पनि वर्षाका कारण सडकमा पानी जम्ने समस्या देखिएको छ । त्यहाँको एक घर क्षतिग्रस्त...
शिक्षाका लागि बाहिरियो १ खर्ब ३८ अर्ब रुपैयाँ
काठमाण्डौ, भदाै ८ । देशभित्र उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहेको भए पनि ठूलो मात्रामा धनराशी विदेशिने गरेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको गएको आर्थिक वर्ष २०८१/८२ को विवरणअनुसार शिक्षाका लागि मात्रै एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेशिएको छ ।
अघिल्लो वर्ष शैक्षिक गतिविधिका लागि एक खर्ब २५ अर्ब १३ करोड रुपैयाँ...
यस वर्षको तीज शुरु, आज दर खाने दिन
काठमाण्डौ, भदाै ९ । यसवर्षको तीज आजदेखि शुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ । भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ ।
विशेषगरी दूधबाट बनेका खिर, ढकनी, गुँदपाक र मिठाइजस्ता परिकार खाइन्छ । दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने...
राेल्पा, बाल कल्याण मा.वि.मा साइबर अपराध तथा लागूऔषध न्यूनीकरणसम्बन्धी प्रशिक्षण सम्पन्न
भरत वली
रोल्पा, भदौ ८ । समुदाय प्रहरी–साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय रोल्पा र रोल्पा नगरपालिकाको संयुक्त आयोजनामा सम्पूर्ण वडाका विद्यालयलाई समेट्ने गरी विद्यार्थी लक्षित सचेतनामूलक कार्यक्रमको शुभारम्भ गरिएको छ ।
साेहि कार्यक्रम अन्तर्गत आज (आइतबार) राेल्पा लिबाङमा अबस्थित बाल कल्याण माध्यमिक विद्यालयमा इबर अपराध र लागूऔषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी विषयमा प्र.ना.उ. बिरेन्द्रवीर विश्वकर्मा र प्रनि रोहितकुमार शाहीले प्रशिक्षण तथा सहजीकरण...
ब्रह्मचारी टोल विकास संस्थाको २५ औँ साधारणसभा र तिज मिलन सम्पन्न
दाङ, भदौ ८ । घोराही उपमहानगरपालिका–१८ स्थित ब्रह्मचारी टोल विकास संस्थाले २५ औँ वार्षिक साधारणसभा तथा तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम अध्यक्ष तिलक कुवरको अध्यक्षतामा र वडा नं १८ का वडा अध्यक्ष भरतमणि अर्यालको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो।
कार्यक्रममा गाउँ सुरक्षा समिति अध्यक्ष पूर्णबहादुर मल्ल, स्माल टोलका अध्यक्ष मधुसुदन अर्याल, रझेना टोल विकास संस्थाका अध्यक्ष कमल गौतम,...
दाङमा ११ हजारभन्दा बढीले ओमिक्रोन विरुद्धको खोप पाए
दाङ, भदौ ८ । कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टविरुद्ध दाङ जिल्लामा सञ्चालन गरिएको खोप अभियानमा ११ हजार ८२१ जनाले फाइजर–बायोएनटेक मोनोभ्यालेन्ट खोप प्राप्त गरेका छन्। जिल्ला स्वास्थ्य कार्यालयले दशवटै स्थानीय तहमा जम्मा १२ हजार नागरिकलाई खोप दिने लक्ष्य राखेको भए पनि त्यसअनुसार पूरा हुन सकेन।
स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन भानुज्योति वलीका अनुसार सबैभन्दा बढी तुलसीपुर उपमहानगरपालिकामा खोप लगाइएको...














