गोरखापत्र च्यात्न र जलाउन खोज्ने सन्तोष राजावादी पक्राउ

काठमाडौँ, भदाै १० । गोरखापत्रमा छापिएको लेखको विरोधमा उत्रिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको माइतीघर मण्डलाबाट प्रहरीले सन्तोष राजावादी भनिने सन्तोष कुमार सिलवाललाई प्रहरीले पक्राउ गरेको थियो । धादिङको सितले गाउँपालिका–४ स्थायी घर भएका सन्तोष काठमाडौँको कलंकीमा बस्दै आएका छन् । उनी गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक आन्दोलनको क्रममा पनि पक्राउ परेका व्यक्ति...

उखु किसानको आनन्दोलनप्रति माओवादीसहितका विपक्षी दलहरुको ऐक्यबद्धता

काठमाण्डौ, भदाै १० । माइतिघरमा प्रदर्शन गरिरहेका उखु किसानको मागप्रति विभिन्न दलका नेताहरुले ऐक्यबद्धता जनाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उखु किसानसँगै केहीबेर धर्नामा बसेर उखु किसानका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्नुभएको छ । उहाँले किसानलाई विरोध र धर्नाको कार्यक्रममा बस्नुपर्ने स्थितिको अन्त्य गर्न कृषिमन्त्री, अर्थमन्त्री र प्रधानमन्त्रीसँग आग्रह...

लुम्बिनी र शान्सी प्रान्तबीच सहकार्यको नयाँ ढोका खुल्नेछ : मुख्यमन्त्री आचार्य

दाङ, १० भाद्र। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चीनको शान्सी प्रान्तसँगको सम्बन्धले आगामी दिनमा दुई देशका जनतालाई अझ नजिक ल्याउने सेतुको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ । चीनस्थित शान्सी प्रान्त जनसभाका उपसभामुख चाङ चिछ्वानको नेतृत्वमा आएको जनकंग्रेस प्रतिनिधिमण्डलसँग मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी)मा मंगलबार भएको शिष्टाचार भेटमा मुख्यमन्त्री आचार्यले पर्यटन, संस्कृति, हरित विकास, स्मार्ट सहर निर्माण,...

निजी विद्यालयका मागप्रति सकारात्मक छौँ : मन्त्री न्यौपाने

दाङ, १० भाद्र। लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले निजी विद्यालयका मागप्रति सकारात्मक रहेको बताउनुभएकाे छ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङले विद्यालय शिक्षा विधेयकमा रहेका केही बुँदा निजी विद्यालयको हित विपरीत रहेका विषयमा तयार पारेको ज्ञापनपत्र बुझ्दै मन्त्री न्यौपानेलाई निजी विद्यालयका मागप्रति सकारात्मक रहेको बताउनुभएकाे हाे। ‘शिक्षामा निजी क्षेत्रको योगदानलाई राज्यले सकारात्मक...

तीज महिला सशक्तीकरण र समाज रूपान्तरणसँग जोडिएको पर्वः मुख्यमन्त्री आचार्य

दाङ, भदौ १० । लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री श्री चेतनारायण आचार्यज्यूले हरितालिका तीज पर्वलाई महिला सशक्तीकरण र समाज रूपान्तरणसँग गहन रूपमा सम्बन्धित महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा ग्रहण गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । माननीय मुख्यमन्त्रीज्यूले तीज पर्वले महिलाको क्षमता र योग्यतालाई सम्मान गर्ने, समाजमा हकअधिकार, स्वतन्त्रता र समानताको चेतना प्रवाह गर्ने कार्यमा अभिन्न योगदान गर्दै आएको उल्लेख गर्दै शुभकामना सन्देशमार्फत...

आज कोशी र सुदूरपश्चिमलगायत पहाडी भागमा मध्यम वर्षाको सम्भावना

काठमाण्डाै, भदाै १० । आज देशका पहाडी भागमा साधारण तथा बाँकी भागमा आशिंक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भाग तथा तराईका १/२ ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । महाशाखाका अनुसार आज देशभर कतै पनि ठूलो पानी पर्ने सम्भावना छैन । राति कोशी, बागमती, गण्डकी...

आज हरितालिका तीज मनाइँदै

काठमाण्डाै, भदाै १० । आज हरितालिका तीज पर्व मनाइँदैछ । नेपाली महिलाहरूले धुमधामका साथ तीज मनाउँदैछन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ । हिजो दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म मनाइन्छ । तीजको अवसरमा देशभरका शिवमन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको...

राप्ती गाउँपालिकामा सामूहिक सखरखण्ड खेती सुरु, कृषक आत्मनिर्भरतातर्फ

दाङ, भदौ ९ । दाङको राप्ती गाउँपालिकामा खाली जमिन उपयोग गर्दै कृषकलाई आत्मनिर्भर बनाउन सामूहिक सखरखण्ड खेती थालिएको छ । गाउँपालिकाको वडा नं. २ कठाहा क्षेत्रमा करिब दुई बिघा नदीले उकासिएको जमिनमा प्रगतिशील कृषक समूह र कठाहा गाउँ भूमि अधिकार मञ्चले वडा अध्यक्ष पहलवान चौधरीको पहलमा खेती सुरु गरेका हुन् । खाली रहेको जमिनलाई उत्पादनमूलक बनाउँदै कृषकलाई सामूहिक खेतीतर्फ आकर्षित गर्ने...

देउखुरीमा ट्याक्टर–अटो दुर्घटना, एकको मृत्यु दुई गम्भीर घाइते

दाङ, भदौ ९ । दाङको देउखुरीमा आइतबार राति भएको ट्याक्टर–अटो दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । गढवा गाउँपालिका–३, धैरेनीमा राति करिब ८ बजेतिर विपरीत दिशाबाट आइरहेको ट्याक्टरले रा १ ह ५९२३ नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा सवार सोही गाउँपालिकाका ५५ वर्षीय बलबहादुर थापा गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि तत्काल राप्ती...

दाङमा पहिलोपटक पहल थिएटरको निर्माण कार्य प्रारम्भ

घोराही, भदौ ९ । दाङ जिल्लामा पहिलो पटक पहल थिएटर स्थापनाको प्रक्रिया सुरु भएको छ । चलचित्र तथा नाट्य क्षेत्रमा सक्रिय कलाकार केएल बुढाथोकीको पहलमा घोराहीमा नाट्यमञ्च निर्माण सुरु गरिएको हो । साहित्य र नाटकलाई नियमित मञ्चनमार्फत अघि बढाउने उद्देश्यले घोराही उपमहानगरपालिका–१५, कर्मचारी मिलन केन्द्र नजिकै थिएटर निर्माण थालिएको बुढाथोकीले बताउनु भयाे । करिब दुई दशकदेखि चलचित्र र नाटक क्षेत्रमा सक्रिय...

ताजा समाचार