वडाध्यक्ष शाहको रिटमा उच्च अदालतको कारण देखाऊ आदेश
दाङ, भदौ १०। घोराही उपमहानगरपालिका–८ का वडाध्यक्ष जितेन्द्र शाहलाई पदबाट हटाइएको विषयमा उच्च अदालत तुलसीपुरले कारण देखाऊ आदेश जारी गरेको छ ।
वडाध्यक्ष शाहले कानुनी प्रक्रिया पूरा नगरी आफूलाई पदबाट हटाई कार्यवाहक तोकिएको भन्दै उक्त निर्णय बदर गरी पूर्ववत् जिम्मेवारीमा फर्काउन मागसहित भदौ ६ गते उच्च अदालतमा रिट दायर गरेका थिए ।
सोमबार मुख्य न्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले रिटमाथि प्रारम्भिक...
रोल्पामा मोतिबिन्दु छनौट तथा शल्यक्रिया शिविर सञ्चालन हुने
भरत वली
रोल्पा, भदौ ११ । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज सुलिचौर सर्जिकल आँखा केन्द्रको आयोजना र लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा रोल्पाका विभिन्न स्थानमा मोतिबिन्दु छनौट तथा शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ।
संघले जारी गरेको सूचनाअनुसार भदौ ११ गतेदेखि १८ गतेसम्म जिल्लाका विभिन्न गाउँपालिकामा शिविर सञ्चालन हुने कार्यक्रम रहेको छ। शिविरमा आँखाको समस्या भएका बिरामीलाई...
पहिरोले कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड अवरुद्ध
कालीकाेट, भदाै ११ । पहिरोले कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत कालीकोटको खाँडाचक्र–२ कालेखोला नजिकै गएराति पहिरो झरेको हो ।
सडक छेवैबाट पहिरो गएपछि पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले बताउनुभयो ।
सडक डिभिजन कार्यालय जुम्ला, जिल्ला प्रशासन कार्यालय कालीकोट र पालिकासँगको समन्वयमा सडक खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले...
उखु किसानलाई अनुदानको रकम निकासा : किसानले काठमाण्डौ केन्द्रित आन्दोलन नरोक्ने
काठमाण्डौ, भदाै ११ । सरकारले उखु किसानलाई अनुदान वापतको रकम निकासा गरेको छ । अर्थ मन्त्रालयले ७५ करोड ४९ लाख ३८ हजार दुई सय ४० रुपैयाँ निकासा गरेको हो । निकासा गरिएको रकम सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैङ्क खातामा भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
भोलिसम्म किसानको खातामा रकम पुग्नेछ । मन्त्रिपरिषद्को...
साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै
काठमाण्डौ, भदाै ११ । साफ १७ वर्षमुनीको महिला च्याम्पियनसिपमा नेपालले आफ्नो चौथो खेलमा आज बङ्गलादेशसँग खेल्दैछ । खेल भूटानको थिम्पुमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ ।
यस अघि भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–० गोलले पराजित भएको थियो । नेपालको उपाधि जित्ने सम्भावना कमजोर बनेको छ । नेपालको तीन खेलमा तीन अङ्कसहित तेश्रो स्थानमा छ । समान खेलमा...
आज लुम्बिनी सहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाण्डौँ, भदौ ११ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसैको प्रभावले कोशी, मधेश र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली छ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर साधरणतया बदली रहनेछ।...
पहिलो पटक आज विश्व ताल दिवस मनाईंदै
काठमाण्डौ, भदाै ११ । पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न देशमा विश्व ताल दिवस मनाईंदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै वर्षदेखि यो दिवस मनाउन थालिएको हो ।
गएको वर्षको महासभामा विश्व ताल दिवस मनाउनेसम्बन्धी प्रस्ताव पारित भएको थियो । विभिन्न सङ्घसंस्था, नागरिक समाज, निजी क्षेत्र, वातावरण एवम् शैक्षिक अभियन्तालाई तालको महत्त्वबारेमा आवश्यक शिक्षा...
महिला हिंसा न्यूनीकरणका लागि अनेमसंघद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौं, ११ भदौ । महिलाहरूको महान पर्व तीजको अवसरमा अधिकांश महिला मठ–मन्दिर, चोक–चौतारामा उल्लासपूर्वक रमाइरहेका बेला अखिल नेपाल महिला संघ (अनेमसंघ) काे केन्द्रीय टोली भने देशभर बढिरहेका महिला हिंसाका घटनाबारे गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गृह मन्त्रालय पुगेको छ।
अनेमसंघ इञ्चार्ज सीता पौडेलको नेतृत्वमा गएको प्रतिनिधि टोलीमा उपाध्यक्ष तथा सांसद मेनुका पोखरेल, महासचिव पेम्बा लामा, सचिव आसा बिक, केन्द्रीय सदस्य एवम् सांसद...
तयारी नपुगेको भन्दै एमाले केन्द्रीय कमिटी बैठक स्थगित
काठमाडौँ, ११ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले यही भदौ १३ गते बोलाएको १०औँ केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ ।
ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा यही भदौ १३ गते बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित गरिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । तयारी पूरा नभएकाले बैठक स्थगित गरिएको उहाँले बताउनुभयो ।
एमालेले दोस्रो विधान...
इम्बोस्ड नम्बर प्लेट पूर्वाधार बिना अनिवार्य नगर्न यातायात मजदुर संगठनहरूको आग्रह
काठमाडौं, भदाै १० । यातायात क्षेत्रसँग सम्बन्धित मजदुर संगठनहरूले आवश्यक पूर्वाधार निर्माण नगरी सम्पूर्ण सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगर्न सरकारलाई आग्रह गरेका छन् ।
सरकारले आगामी असोज १ गतेदेखि सबै सवारीसाधनमा अनिवार्यरूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको छ । सो सम्बन्धी सूचना यातायात व्यवस्था विभागले भदौ ३ गते सार्वजनिक गरेको थियो । उक्त सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको...














