प्याब्सन दाङको ज्ञापनपत्रपछि मन्त्री न्यौपानेको आश्वासन

दाङ, भदौ १२ । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले निजी विद्यालयहरूको मागप्रति सकारात्मक दृष्टिकोण रहेको बताएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङले विद्यालय शिक्षा विधेयकका केही प्रावधान निजी विद्यालयहरूको हितविपरीत रहेको भन्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री न्यौपानेले यस्तो धारणा राखेका हुन्। ‘शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदानलाई राज्यले उचित मूल्यांकन गर्नुपर्छ। यसलाई नीतिगत...

अमेरिकाको मिनियापोलिसमा विद्यार्थी र भक्तजनमाथि अन्धाधुन्द गोली प्रहार

अमेरिकाको मिनियापोलिसमा एक क्याथोलिक चर्च र विद्यालयमा भएको अन्धाधुन्द गोली प्रहारमा दुई बालबालिकाको ज्यान गएको छ । १७ जना घाइते भएका छन् । प्रहरीका अनुसार मारिनेमध्ये एक आठ वर्षको र अर्को १० वर्षको बालक छन् । घाइतेमध्ये १४ जना बालबालिका रहेका र उनीहरू सबैको अवस्था सामान्य रहेको बीबीसीले जनाएको छ । यो घटना स्थानीय समयानुसार हिजो बिहान करिब आठ बजेको...

यी पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौँ, भदौ १२ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। यसको प्रभावले कोशी, मधेश र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा कोशी, मधेश र लुम्बिनी प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम...

आज ऋषिपञ्चमी, सप्तर्षिको पूजा गरी मनाइँदै

काठमाडौँ, भदौ १२ । आज भाद्र शुक्ल पञ्चमी, अर्थात् ऋषिपञ्चमी पर्व मनाइदै छ । सनातन धर्मावलम्बी महिला सप्तर्षिको पूजा-अर्चना गरी मनाउँदैछन्। सबेरै उठी पायक पर्ने नदी, पवित्र तलाउ आदि स्थानमा गई विधिपूर्वक माटो, गोबर, कुश, तिल, अपामार्ग (दतिवन) प्रयोग गरी स्नान गर्ने परम्परा छ। महिलाहरूले दतिवनका ३६५ डाँठले दाँत माझ्ने र ३६५ वटा पातले नुहाउँछन्। ३६५ पटक स्नान गर्नुपर्ने मान्यताका आधारमा...

अन्तर्राष्ट्रिय योग सम्मेलनको ब्यापक तयारी

दाङ, ११ भाद्र । नेपाल संस्कृत विश्वविधालयको आयोजनामा यही असोज २५ देखि २७ गतेसम्म बेलझुण्डीमा हुन थालेको "अन्तर्राष्ट्रिय योग सम्मेलन" सफल पार्न व्यापक तयारी भैरहेको छ । सम्मेलनका उपसमितिहरूको बैठक बुधबार बेलझुण्डीमा बसेको छ । बैठकमा उपसमिति संयोजकहरूले हालसम्म भएका तयारीबारे जानकारी गराएका थिए । सम्मेलनको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । सम्मेलनभर ५० देशका ५ हजार...

साउनमा १४ अर्ब रुपैयाँभन्दा धेरै सार्वजनिक ऋण थपियो

काठमाण्डाै , भदाै ११ । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा १४ अर्ब रुपैयाँभन्दा धेरै सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्वारा प्रकाशित गएको साउन मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको शुरूमा सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड रहेकामा साउन मसान्तसम्ममा १४ अर्ब २ करोड वृद्धि भई २६ खर्ब ८३ अर्ब ६० करोड...

एक साताभित्र सामाजिक सञ्जाललाइ सूचीकरण गर्न सरकारको आह्वान

काठमाडौँ, भदाै ११ ।  सरकारले फेसबुकसहितका सामाजिक सञ्जाललाई सात दिनभित्र सूचीकरण हुन समय दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशीका २०८० र सर्वाेच्च अदालतको आदेश अनुसार सामाजिक सञ्जालालाई जवाफदेही बनाउने निर्णय गरेको हो । सात दिनको समय दिएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण हुन सामाजिक सञ्जालहरूलाई आह्वान गरेको छ । तोकिएको...

रोल्पाको घर्तीगाउँमा नागरिकता र प्रमाणित सेवा तात्कालिक रूपमा बन्द

रोल्पा, भदौ ११ । इलाका प्रशासन कार्यालय घर्तीगाउँ, रोल्पामा नागरिकता र प्रमाणित सम्बन्धी सेवा तात्कालिक रूपमा बन्द भएको छ। कार्यालयका प्रमुख २०८२ भदौ १० गतेदेखि सरुवा भई गएकाले नयाँ व्यवस्था नभएसम्म सेवा प्रवाह रोकिएको कार्यालयले जनाएको छ। सेवाग्राहीलाई यसबारे अवगत गराउन सूचना सार्वजनिक गरिएको इलाका प्रशासन कार्यालयले स्पष्ट पारेको छ। नयाँ व्यवस्था भएपछि मात्र नागरिकता र प्रमाणितसम्बन्धी सेवा पुनः सञ्चालन हुने...

रोल्पा शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको निर्वाचन तालिका सार्वजनिक

भरत वली रोल्पा, भदाै ११ । रोल्पा शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको दोस्रो अधिवेशन हुने भएको छ। समितिको अधिवेशन भदौ १४ गते लिबाङमा तय गरिएको हो। निर्वाचन समितिका संयोजक अधिवक्ता दामोदरप्रसाद सुवेदीले सार्वजनिक गरेको तालिकाअनुसार भदौ ११ गतेदेखि सम्पूर्ण प्रक्रिया सुरु हुनेछ। ११ गते दिउँसो पाँच बजे मतदाताको नामावली प्रकाशित हुनेछ। १२ गते दिउँसो चार बजेसम्म नामावलीमा दाबी–विरोध गर्न पाइनेछ,...

घोराहीमा गोरखा कप भलिबल प्रतियोगिता प्रारम्भ

घोराही, भदौ ११ । घोराहीमा गोरखा कप भलिबल प्रतियोगिता आजदेखि औपचारिक रूपमा सुरु भएको छ। गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल घोराहीले आयोजना गरेको प्रतियोगिताको उद्घाटन राही उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष भानसिंह बुढा मगरले गर्नु भएकाे हाे । उद्घाटनमा बाेल्दै अध्यक्ष बुढा मगरले शैक्षिक गतिविधिसँगै खेलकुदलाई प्राथमिकता दिनु विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले गोरखा...

ताजा समाचार