रोल्पा नगरपालिकाले कृषि कार्यक्रमका लागि दोस्रो पटक प्रस्ताव आह्वान
भरत वली
रोल्पा, भदाै १२ । रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय, कृषि विकास शाखाले चालु आर्थिक वर्ष २०८२/८३ मा स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत विभिन्न कृषि कार्यक्रम सञ्चालन गर्न इच्छुक कृषक, कृषि फार्म, कृषक समूह तथा कृषि सहकारी संस्थाहरूसँग दोस्रो पटक प्रस्ताव आह्वान गरेको छ।
यसअघि २०८२ भदौ ११ गतेसम्म निवेदन माग गरिएकोमा आवश्यक संख्यामा प्रस्ताव प्राप्त नभएकाले म्याद थपिएको हो। समितिको...
रोल्पामा सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको निर्वाचन भदौ १४ हुने
रोल्पा, भदाै १२ । रोल्पा सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको दोस्रो अधिवेशन अन्तर्गत आगामी २०८२ साल भदौ १४ गते बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान हुने भएको छ। निर्वाचन समितिको निर्णय अनुसार मतदान केन्द्र रोल्पा नगरपालिका–४ मा रहेको उद्योग वाणिज्य संघको भवन तोकिएको छ।
निर्वाचन समितिले दिएको जानकारीअनुसार सो भवनको चारकिल्ला पूर्वतर्फ डिभिजन वन कार्यालय जाने बाटो, पश्चिमतर्फ...
लुम्बिनी प्रदेशमा तीन दिनसम्म निजामती सेवा दिवस उत्सवपूर्वक मनाइने
दाङ, भदाै १२ । लुम्बिनी प्रदेशमा यस वर्षको प्रदेश निजामती सेवा दिवस–२०८२ तीन दिनसम्म विविध कार्यक्रमसहित मनाइने भएको छ। भदौ २० देखि २२ गतेसम्म रक्तदान, वृक्षारोपण, अन्तरक्रिया, सरसफाइ, खेलकुद, परिसंवाद, प्रभातफेरी र सांस्कृतिक झाँकीलगायतका गतिविधि सञ्चालन गरिने भएको हो।
प्रदेश सरकारका प्रमुख सचिव बावुराम अधिकारीको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले स्वास्थ्य मन्त्रालयको संयोजनमा भदौ २० गते बिहान रक्तदान कार्यक्रमबाट...
निजी विद्यालयकाे चेतावनी : शिक्षा विधेयक नसच्याए विद्यालयको साँचाे राज्यलाई बुझाउँछौं
घाेराही, १२ भाद्र । विद्यालय शिक्षा विधेयकको विरोधमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) ले आज देशभरका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । विधेयकमा भएकाे त्रुटि सच्याउन माग गर्दै प्याव्सनले चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाएको हो ।
प्याव्सन दाङले पनि जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभाको आयोजना गर्दै ज्ञापनपत्र बुझाएको छ । कोणसभाका वक्ताहरुले विद्यालय शिक्षा विधेयक निजी...
रोल्पामा तीन ठेकदार कम्पनीलाई सडक कालोपत्रे कार्यका लागि ठेक्का दिने तयारी
भरत वली
रोल्पा, भदौ १२ । लुम्बिनी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालय, सडक पूर्वाधार विकास कार्यालय रोल्पाले तीन ठेकदार कम्पनीलाई सडक कालोपत्रे र निर्माण कार्यका लागि ठेक्का दिने प्रक्रिया अघि बढाएको छ।
सार्वजनिक खरीद ऐन, २०६३ को दफा २७ अनुसार प्रकाशित सूचनामा रोल्पा जिल्लामा सञ्चालन हुने विभिन्न सडक योजनाका लागि न्यूनतम मूल्याङ्कनमा उत्तीर्ण भएका निर्माण कम्पनीहरूलाई ठेक्का...
राप्ती दाङमा सवारी चालक अनुमतिपत्र लिखित परीक्षाको नतिजा प्रकाशित
दाङ, भाद्र १२ । यातायात व्यवस्था कार्यालय राप्ती, दाङले २०८२ साल भाद्र ९ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको सवारी चालक अनुमतिपत्र (नयाँ तथा वर्ग थप) लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
कार्यालयका अनुसार परीक्षाफलको नामावली (चेकलिस्ट) हेर्नका लागि सम्बन्धित व्यक्तिहरूले कार्यालयले उपलब्ध गराएको अनलाइन प्रणाली मार्फत हेर्न सक्नेछन्।
परीक्षाफलसम्बन्धी कुनै समस्या वा त्रुटि भएमा परीक्षार्थीले नतिजा प्रकाशन भएको मितिबाट ७ दिनभित्र...
प्रेस चौतारी दाङका कोषाध्यक्ष नेपालीलाई विदाई
दाङ,१२ भदौं । प्रेस चौतारी नेपाल दाङ शाखाका कोषाध्यक्ष चन्द्रप्रकाश नेपालीलाई आज विदाई गरिएको छ ।
वैदेशिक रोजगारीका लागि कोरिया जान लाग्नुभएका नेपालीलाई चौतारीले आज घोराहीमा एक कार्यक्रमको आयोजना गरी प्रशंसापत्र र खादा ओडाएर विदाई गरेको हो । प्रेस चौतारी दाङका उपाध्यक्ष विमल योगीको अध्यक्षता तथा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् घोराही उप महानगरपालिकाका मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको...
लुम्बिनी नजिकका प्रदूषण गर्ने उद्योग दुई वर्षभित्र सार्न सर्वोच्चको आदेश
दाङ, भदाै १२ । सर्वोच्च अदालतले लुम्बिनी क्षेत्रको वातावरणीय संरक्षणलाई प्राथमिकतामा राख्दै प्रदूषण फैलाउने उद्योगहरूलाई दुई वर्षभित्र अन्यत्र सार्न आदेश दिएको छ।
बुधबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले १५ किलोमिटर वा ८०० मिटर आसपासमा रहेका कार्बन उत्सर्जन गर्ने उद्योगहरू स्थानान्तरण गर्नुपर्ने र त्यस्तो क्षेत्रमा नयाँ उद्योग खोल्न नपाइने निर्णय सुनाएको हो।
फैसलाअनुसार, अहिले सञ्चालनमा रहेका उद्योगहरूले वातावरण प्रदूषित...
नेपाल फुल कन्ट्याक्ट् कराँते महासंघ दाङ गठन
घाेराही, १२ भाद्र । नेपाल फुल कन्ट्याक्ट् कराँते महासंघ दाङ जिल्ला तदर्थ समिति बुधबार गठन गरिएकाे छ।
जिल्ला प्रतिनिधि विरेन्द्र चन्दकाे अध्यक्षतामा बसेकाे बैठकले नवराज खत्रीकाे अध्यक्षतामा नेपाल फुल कन्ट्याक्ट् कराँते महासंघ दाङ जिल्ला तदर्थ समिति गठन गरेकाे हाे । समितिको उपाध्यक्षमा दिपक कुमाल, सचिवमा कपिल बुढाथोकी र काेषाध्यक्षमा महेश बस्नेत चयन हुनुभएकाे छ। समितिकाे सदस्यहरुमा वसन्त जिएम्, नारायण बुढा...
कोइलाबास सीमाबाट मानव बेचबिखन नियन्त्रणमा उल्लेखनीय सफलता
दाङ, भदौ १२ । दाङको नेपाल–भारत सीमा नाका कोइलाबास हुँदै पछिल्ला पाँच वर्षमा १११ जना महिला तथा बालबालिकाको उद्धार गरिएको छ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले २०७७ चैत ४ गते स्थापना भएको शान्ति पुनस्र्थापना गृह, कोइलाबासले स्थानीय सरकार र नेपाल प्रहरीसँगको सहकार्यमा भारततर्फ लैजाँदै गरेका तथा भारतमा बेचबिखनमा परेका नेपाली महिला–बालबालिकालाई उद्धार गर्दै आएको हो।
संस्थाका परामर्शदाता सीमा जिसीका...














