शिक्षकहरुले बुझाए ध्यानाकर्षण पत्र
घाेराही, १३ भदौ । नेपाल शिक्षक महासंघ केन्द्रिय समितिको आव्हानमा दाङ जिल्लाका १० वटै स्थानीय तह मार्फत शिक्षा मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएकाे छ ।
प्रतिनिधि सभाको शिक्षा समितिले पारित गरि प्रतिनिधि सभामा पठाएको शिक्षा विधेयकमा नेपाल शिक्षक महासंघसँग सरकारले गरेका सम्झौता बमोजिमको कुराहरु नसमेटिएको भन्दै शिक्षकहरुले पुनः आन्दोलनका कार्यक्रमहरु सुरु गरेको नेपाल राष्ट्रिय शिक्षक संगठन घोराहीका अध्यक्ष पोषणराज विष्टले बताउनुभयाे...
त्रिभुवननगर जेसीजद्वारा सातदिने “तालिम म्याराथन–२०२५” आयोजना
दाङ, भदाै १३ । त्रिभुवननगर जेसीजले सातदिने ‘तालिम म्याराथन–२०२५’ आयोजना गर्ने भएको छ । युवामा नेतृत्व क्षमता अभिवृद्धि, व्यक्तित्व विकास र जेसीजको पहिचानलाई लक्ष्य गरी आगामी भदौ १६ गतेदेखि २३ गतेसम्म घोराहीस्थित विभिन्न शैक्षिक संस्थामा कार्यक्रम सञ्चालन हुने भएको हो ।
जेसीज अध्यक्ष टंकबहादुर रावत ‘अनन्त’ का अनुसार तालिम म्याराथनले युवाको नेतृत्व विकास, व्यक्तित्व अभिवृद्धि र सीप विस्तारमा सहयोग पुग्ने...
घोराहीमा पहिलो राष्ट्रिय धामी–झाँक्री महोत्सव सम्पन्न
घोराही, भदाै १३ । नेपाल ज्योतिष परिषद् दाङको आयोजना तथा घोराही–१६ बाहुनडाँडामा बिहीबार पहिलो राष्ट्रिय धामी, झाँक्री, माता तथा गुरुहरूको महोत्सव तथा प्रदर्शनी सम्पन्न भएको छ।
ज्योतिष परिषद्को तान्त्रिक विभाग प्रमुख पदमबहादुर बस्नेतको अध्यक्षता र घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहभागी धामी–झाँक्रीहरूले विभिन्न झाँकी प्रस्तुत गरेका थिए।
महोत्सवमा ढ्याङ्ग्रा र भाँडासहित पुरुष तथा महिला झाँक्रीहरूले नृत्य प्रस्तुत...
प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे
काठमाडौँ, भदाै १३ । प्रतिनिधि सभाको आजको बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने भएको छ।
संघीय संसद् सचिवालयका अनुसार बैठकमा सचिव हर्कराज राईले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ सम्बन्धी राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
त्यसैगरी सभामुख देवराज घिमिरेले संयुक्त समितिअन्तर्गतको संसदीय सुनुवाइ समितिमा सदस्य परिवर्तनसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यक्रम छ। भूमि...
दाङको इतिहासमा आधारित ‘दाङ देउखुरीको स्वर्णिम इतिहास’ सार्वजनिक
दाङ, भदौ १२ । पत्रकार तथा इतिहासकार डा. सुदीप गौतमद्वार लिखित पुस्तक ‘दाङ देउखुरीको स्वर्णिम इतिहास’ घोराहीमा एक समारोहबीच बिहिबार घाेराहीमा सार्वजनिक गरिएको छ। संस्कृतिविद् राधिकादेवी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीका उपकुलपति प्रा. डा. धनेश्वर नेपालले पुस्तक विमोचन गर्नुभयो।
कार्यक्रममा बोल्दै उपकुलपति नेपालले दाङको भूगोल, समाज र राजनीतिक यात्रा विषयमा लामो समय अनुसन्धानपछि तयार भएको कृति नयाँ...
अब कुनै पनि पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत नरहने मन्त्री न्यौपानेको घोषणा
काठमाण्डौ, भदाै १३ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले अब कुनै पनि पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत नरहने घोषणा गर्नुभएको छ । निमित्तको भरमा सञ्चालन भइरहेका देशभरका दुईसय पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइएको जानकारी दिंदै उहाँले यो घोषणा गर्नुभएको हो ।
सुशासनको मुख्य औजार कर्मचारी प्रशासन भएकाले यसलाई निरन्तर सुधार र परिमार्जन गर्ने काममा आफू लागिरहेको उहाँले फेसबुकमा...
एपीएफ एएफसी च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरियो
काठमाण्डौ, भदाै १३ । एएफसी महिला च्याम्पियन्स लिग छनोटमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब आफ्नो दोश्रो खेलमा कलेज अफ एसियन स्कलरसँग पराजित भएको छ । एपीएफको यो लगातार दोश्रो हारसँगै प्रतियोगिताको प्रारम्भिक चरणबाटै बाहिरिएको छ ।
उज्वेकिस्तानको क्वार्सीमा गएराति भएको समूह ‘बी’ को दोश्रो खेलमा एपीएफ स्कलरसँग ४–० गोलले पराजित भएको हो । यसअघि पहिलो खेलमा एपीएफ उज्वेकिस्तानको पीएफसी नासाफसँग...
दाङ, दार्चुला, डोटी, अछाम, बाँके, पर्वत र जाजरकोटमा ठूलो वर्षा
काठमाण्डौ, भदाै १३ । देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । दार्चुला, डोटी, अछाम, बाँके, दाङ, पर्वत र जाजरकोटमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अछामको कैलाश नदी जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले त्यस नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
दार्चुला, डोटीको जिंगराना, अछामको...
रोल्पामा निःशुल्क आँखा परीक्षण कार्यक्रम जारी, पोबाङमा १३ जना मोतियाबिन्दु बिरामी फेला
भरत वली
रोल्पा, भदाै १२ । सुलिचौर सर्जिकल आँखा केन्द्रको आयोजना, NABP I-CARE नर्वेको आर्थिक सहयोग तथा लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा सुरु भएको निःशुल्क आँखा परीक्षण तथा मोतियाबिन्दु छनोट शिविर रोल्पाका विभिन्न स्थानमा जारी छ।
यसैक्रममा आज (भदौ १२ गते) सुनछहरी गाउँपालिका–५ पोबाङमा निःशुल्क आँखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ५० जनाको आँखा जाँच गरिँदा १३ जनामा मोतियाबिन्दुको समस्या...
भदौ १८ गतेदेखि विद्यालय बन्द गर्ने निजी सञ्चालकको घोषणा
काठमाण्डाै, भदाै १२ । निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयकमा आफूहरूको माग पूरा नगरेमा विद्यालय बन्द गर्ने घोषणा गरेका छन् ।
निजी विद्यालयका छाता सङ्गठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले भदौ १८ गतेदेखि विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् । उनीहरूले निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने र पूर्ण छात्रवृत्तिको व्यवस्था विधेयकबाट हटाउनुपर्ने माग राखेका छन् ।
यस्तै नेपाल शिक्षक महासङ्घले प्रतिनिधिसभामा रहेको...














