नाडा अटो शो : तीन दिनमा ७८ हजार ५ सय १३ जनाले गरे अवलोकन
काठमाडौं, भदाै ६ । १७औँ संस्करणको ‘नाडा अटो शो २०२५’ मा उत्साहजनक सहभागिता भइरहेको छ। तीन दिनमा अटो शो ७८ हजार ५ सय १३ जनाले अवलोकन गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै सुरू भएको अटो शोको पहिलो दिन गएको मंगलबार १९ हजार ७ सय ६ जनाले अवलोकन गरेकामा दोस्रो दिन बुधबार २८ हजार ९ सय ७८ जनाले अवलोकन गरेका...
अमेरिकामा साढे ५ करोडभन्दा बढी विदेशी नागरिकको भिसा अनुगमन गरिने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले वैध भिसा लिएर अमेरिकामा रहेका झन्डै साढे पाँच करोडभन्दा बढी विदेशी नागरिकको समीक्षा गर्ने भएको छ । यदि कुनै पनि किसिमको नियम उल्लङ्घन गरेको पाइएमा तत्काल भिसा खारेज गरेर देश निकाला गर्ने तयारी भएको समाचारसंस्था एपीले जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार सबै किसिमका भिसा लिएर बसेकालाई निरन्तर अनुगमन गर्ने व्यवस्था लागू गरिएको छ ।...
यू–१७ साफ महिला च्याम्पियनशिपमा नेपालले आज भूटानसँग खेल्दै
काठमाण्डौ, भदाै ६ । १७ वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले आज भूटानसँग खेल्दैछ । खेल भूटानको चाम्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार बेलुका सवा ६ बजे शुरु हुनेछ । अस्ति प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग ७ गोलले पराजित भएको थियो ।
प्रतियोगितामा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी छन् । डबल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने...
गण्डकीदेखि पश्चिमका केही ठाउँमा ठूलो वर्षा
काठमाण्डौ, भदाै ६ । गएराति गण्डकीदेखि पश्चिमका केही ठाउँमा ठूलो पानी परेको छ । कास्की, गोरखा, रुपन्देही, पाल्पा, दाङ, रुकुम पूर्व, नवलपरासी, कपिलवस्तु, बाँके, रोल्पा लगायत जिल्लाका केही ठाउँमा ठूलो पानी परेको हो । अरू ठाउँको तुलनामा कास्की, रुपन्देही र रुकुम पूर्वमा निकै ठूलो पानी परेको छ ।
काठमाण्डौ उपत्यकासहित अरू ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ । लगातार...
लुम्बिनी प्रदेश ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा
दाङ, भदौ ६ । लुम्बिनी प्रदेशलाई बिहीबार एक कार्यक्रमकाबीच ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश’ घोषणा गरिएको छ। यसअघि मधेस प्रदेश पहिलो घोषणा भएको थियो भने लुम्बिनी दोस्रो प्रदेश बनेको हो।
कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले डिजिटल ब्यानर क्लिक गरेर घोषणा गर्दै स्वास्थ्यकर्मी, स्वयंसेविका, स्थानीय तह र सबै सरोकारवालालाई धन्यवाद ज्ञापन गरे। उनले मातृशिशु मृत्युदर घटाउन र पोषण सुधारमा निरन्तर सहयोग...
दाङमा पाँच वर्षमा ७१ हजार बढी नागरिक स्वास्थ्य बीमामा
दाङ, भदौ ६ । पाँच वर्षको अवधिमा दाङमा ७१ हजार ७१८ नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन्। राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको कुल जनसंख्याको करिब १०.६२ प्रतिशतले बीमा गरेका हुन्।
स्वास्थ्य बीमा बोर्ड दाङका संयोजक वसन्त लामिछानेका अनुसार सहभागीमध्ये ३७ हजार ७९८ महिला र ३३ हजार ९२० पुरुष रहेका छन्। घोराही उपमहानगरपालिकामा सबैभन्दा बढी ३७ हजार २०८ जनाले बीमा...
घोराहीमा खुला नकआउट फुटबल प्रतियोगिता हुने
दाङ,भदौ ५ । दाङको घोराही–१४ नयाँबजार युवा क्लब (युएनबीसी) ले आगामी असोज ४ गतेदेखि खुला नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। क्लबले बिहिवार घोराहीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो।
युएनबीसीका सहसचिव एवं प्रतियोगिता संयोजक गोपाल कुँवरका अनुसार प्रतियोगिता घोराही–१७ गैरागाउँस्थित लुम्बिनी फुटबल एकेडेमीको खेलमैदानमा हुनेछ। स्व. खेलाडी शक्तिमान बुढा मगरको सम्झनामा आयोजना गर्न लागिएको प्रतियोगितामा सहभागी हुन...
त्रिभुवननगर जेसीजद्वारा आधारभूत विद्यालय सुनपुरमा पुस्तकालय स्थापना
दाङ, ५ भदौ । त्रिभुवननगर जेसीजले सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना (Read to Lead) कार्यक्रम अन्तर्गत श्री नमुना आधारभूत विद्यालय सुनपुरमा पुस्तकालय स्थापना गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच त्रिभुवननगर जेसीजले विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापकलाई पुस्तकालयका लागि आवश्यक पुस्तक, खेलकुद सामग्री, कुर्सी, दराज लगायतका सामाग्रीहरु हस्तान्तरण गरेको हो ।
त्रिभुवननगर जेसीजका अध्यक्ष टंक बहादुर रावत अनन्तको अध्यक्षता तथा घोराही...
बालबालिकाको ‘रोग प्रतिरोधात्मक क्षमता बढाउन’ स्वर्णप्राशन थोपा अभियान
काठमाण्डाै, भदाै ५ । मधेश प्रदेशका जिल्लासहित २५ आयुर्वेद अस्पताल तथा केन्द्रबाट ५ वर्षसम्मका बालबालिकालाई आज स्वर्णविन्दु प्राशन खुवाइएको छ । मधेश प्रदेशका पर्सा, धनुषा, सर्लाहीसहित २१ जिल्लाका २५ आयुर्वेद अस्पताल तथा केन्द्रबाट बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णविन्दु प्राशन खुवाइएको हो ।
बालबालिकाको शारीरिक मानसिक वृद्धि विकासका लागि र शरीरमा रोगसँग लड्ने क्षमताको विकास गर्न पुष्य नक्षत्रका दिन आज...
विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित
काठमाण्डाै, भदाै ५ । बहुप्रतिक्षित विद्यालय शिक्षा विधेयक–२०८० संसदीय समितिबाट पारित भएको छ ।प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकले विधेयक पारित गरेको हो । तर विधेयकमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फरक मत राखेका छन् ।
माओवादीले उपसमितिको सहमति अनुसार पूर्ण छात्रवृत्ति हुनुपर्नेसहित ५ बुँदे फरक मत राखेको...














