बाख्रा र भैसीपालन तालिम
तिर्थराज ज्ञवाली
मौरीघाट (देउखुरी दाङ), २ पुस । राप्ती गाउँपालिकालाई बाख्रा र भैसी पालनमा उत्कृष्ट बनाउने उद्देश्यका साथ राप्ती गाउँपालिका पशु सेवा शाखाले तीनदिने ब्यावसायीक बाख्रा र भैसी पालन तालिमको सुरुवात गरेको छ ।
राप्ती क्षेत्रका विभिन्न वडाका ब्यवसायउन्मुख तथा नयाँ युवा किसानलाई बाख्रा र भैसी पालन तालिम दिन लागिएको पशु सेवा शाखा प्रमुख राजविक्रम चौधरीले बताउनुभयो ।वडा नं ४ का...
जेष्ठ नागरिकको सम्मान गर्दै न्यानो कपडा वितरण
तिर्थराज ज्ञवाली
मसुरिया (देउखुरी दाङ), १ पुस । राप्ती गाउँपालिकाले जेष्ठ नागरिकको सम्मान गर्दै चिसोबाट बच्नका लागि न्यानो कपडा तथा सामग्री वितरण सुरु गरेको छ ।
राप्ती गाउँपालिकाले यस आर्थिक वर्षमा ८४ वर्ष माथिका जेष्ठ नागरिकलाई लक्षित गरी न्यानो कपडा वितरण गरेको हो ।
सोमवार वडा नं ३ वाट सुरु गरिएको न्यानो कपडा वितरण कार्यक्रममा जेष्ठ नागरिकलाई उच्च गुणस्तरको ब्लाङ्केट प्रदान गरिएको...
सहज परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
तिर्थराज ज्ञवाली
मसुरिया (देउखुरी दाङ), २५ मङ्सिर । मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको मधेस मानव अधिकार मञ्च माहुरी होमको साझेदारीमा सञ्चालित सहज परियोजना सल्लाहकार समितिको बैठक गाउँपालिकामा सम्पन्न भएको छ । राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वाकुमारी चौधरीको अध्यक्षतामा बसेको सल्लाहकार समितिको बैठकले गत चौमासिक कार्य प्रगतिको समीक्षा गर्दै आगामी दिनमा थप कार्यक्रम तथा अभियानलाई तिब्रता दिँदै जाने निर्णय गरेको छ ।
गाउँकार्यपालिका...
दार्मा ४ मा बिजुली बत्ती उद्घाटन
दार्मा, २५ मङ्सिर । दार्मा गाउँपालिकाको वडा नं. ४ मा पहिलो पटक बिजुली बत्ती पुगेको छ । वडा कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले स्वीच अन गरी बिजुली बत्तीको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष केसीले जनतासँग प्रत्यक्ष जोडिएका सवालहरुमा स्थानीय सरकारले प्राथमिकताका साथ काम अघि बढाएको बताउनुभयो ।
आफूहरु नेतृत्वमा आउँदा १९...
राप्तीमा नदीजन्य पदार्थ अमानतमा
तिर्थराज ज्ञवाली
मसुरिया (देउखुरी दाङ), २० मङ्सिर । राप्ती गाउँकार्यपालिकाको निर्णय अनुसार नदीजन्य पदार्थ अमानतमा बिक्री वितरण गर्ने तथा सबै वडामा आवस्यक विद्युत विस्तार गरिने भएको छ । विहिवार बसेको गाउँकार्यपालिकाको निर्णय अनुसार राप्ती नदीको पश्चिम खण्डको नदीजन्य पदार्थ टेन्डर नपरेकोले अमानतमा दिने निर्णय गरिएको हो ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बसेको बैठकले नगरिकहरुलाई नदिजन्य पदार्थ सरल उपलब्धताको ब्यवस्था...
लैंगिक समानता परिवारबाटै आवश्यक
घोराही, २० मंसिर । घोराही उपमहानगरपालिकाका कार्यबहाक प्रमुख सीता सिग्देल न्यौपानेले लैंगिक समानता घर परिवारबाटै हुन आवश्यक रहेको बताउनुभएको छ । उपमहानगरको महिला बालबालिका तथा सामाजिक विकास शाखाले लैंगिक हिंसाबिरुद्ध जोडि अन्तरक्रिया कार्यक्रममा कार्यबहाक प्रमुख न्यौपानेले हिंसाको जड परिवारमै रहेको भन्दै विभेद परिवारबाटै हटाउन आवस्यक रहेको बताउनुभएको हो ।
लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसर पारेर आयोजित कार्यक्रममा उहाँले...
दिवसका अवसरमा महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल
दार्मा, २० मङ्सिर । दार्मा गाउँपालिका सल्यानले गाउँपालिकामा सेवारत महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरेको छ । १६औँ राष्ट्रिय महिला स्वयंसेविका दिवसका अवसरमा गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिकाको स्वास्थ्य शाखाले २७ जना महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरेको हो ।
‘गाउँनगरमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य प्रवद्र्धनमा अहम् भूमिका’ भन्ने मूल नाराका साथ गाउँपालिकाले दिवस मनाएको थियो । कार्यक्रममा बोल्दै महिला स्वास्थ्य...
घोराही १६ मा काँग्रेसका डाँगी विजयी
दाङ, १५ मङ्सिर । घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगी विजयी हुनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार सुरेशबहादुर केसीलाई १०५ मतले पछि पार्दै वडा अध्यक्षमा विजयी हुनुभएको हो ।
कांग्रेसका उम्मेदवार डाँगीले १२२२ मत प्राप्त गरि विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार केसीले १११७ मत...
अबको नेतृत्व युवाले लिनुपर्छः अध्यक्ष मल्ल
सल्यान, ८ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) युवा विद्यार्थी विशेष जिल्ला कमिटीका अध्यक्ष रमेश मल्लले अबको देशको नेतृत्व युवाले लिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल सल्यानले दार्मा गाउँपालिकाको फारुलाचौरमा आयोजना गरेको युवा भेला प्रशिक्षण तथा सम्मान कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष मल्लले युवाहरुमा ऊर्जा एवं सिर्जनशील कर्म गर्ने दृढ इच्छा शक्ति भएको हुँदा युवा नेतृत्वको आवश्यकता...
कृषकहरुलाई बेमौसमी तरकारीका बीउ वितरण
तिर्थराज ज्ञवाली
सिसहनियाँ (देउखुरी दाङ), ६ मंसिर । राप्ती गाउँपालिका वडा नं ७ का कृषकहरुलाई बेमौसमी तरकारी उत्पादनका लागि बीउ उपलब्ध गराइएको छ ।
बड्का सिसहनियाँ, छुट्की सिसहनियाँ, जगपुर, अर्नाहनपुर, जितपुर र भानपुर गाउँका कृषकहरुलाई वडा कार्यालयको स्वीकृत कार्यक्रम अनुसार तरकारीका बीउ शुक्रवार विहान वितरण गरिएको हो ।
टोलविकास संस्थाका संयोजकमार्फत कृषकलाई उपलब्ध गराउने गरी वडा अध्यक्ष विद्याशरण चौधरीले बीउपल वितरण गर्नुभएको...














