लैगिंक हिंसाविरुद्धको अभियान मनाउन समिति गठन
दाङ, ५ मंसिर । जिल्लामा लैगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई प्रभावकारी बनाउन समिति गठन गरिएको छ । जिल्ला समन्वय समितिको आयोजनामा बुधवार भएको सरोकारवालाको छलफलले समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा समिति गठन गरेको हो ।
समितिको सदस्यहरुमा जिल्लाका दशैवटै पालिका प्रमुख तथा उपप्रमुख, जिल्ला समन्वय समितिका सदस्य, जिल्ला प्रशासन, जिल्ला प्रहरी, नागरिक समाज र जिल्लामा क्रियाशील गैरसकारी संघसंस्थाहरु...
बिपद् जोखिम न्यूनिकरण गर्न पूर्व तयारीबारे छलफल
तिर्थराज ज्ञवाली
मसुरीया (देउखुरी दाङ), ५ मंसिर । राप्ती गाउँपालिका क्षेत्रको विगतका जोखिम तथा आगामी दिनमा वर्षात्को समयमा हुनसक्ने खतराको पूर्व तयारीका लागि छलफल गरिएको छ ।
राप्ती नदी, दोलाई खोला तथा अन्य खहरे र वन खोलाहरुको बाढीको जोखिमबाट पूर्व सतर्कताका लागि नेपाल रेडक्रस सोसाइटी लालमटिया उपशाखाले राप्ती गाउँपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग छलफल गरेको हो ।
राप्ती नदी तथा दोलाई खोला तथा अन्य...
शर्माको निधनप्रति पत्रकार महासंघद्वारा संमवेदना प्रकट
दाङ, २ मङ्सिर । नेपाल पत्रकार महासंघ दाङ शाखाले शाखाका संस्थापक, प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष, नयाँ युगबोध दैनिकका संस्थापक एवं वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माकी जीवनसंगिनी रोहीणीदेवी शर्माको निधनप्रति गहिरो संमवेदना प्रकट गरेको छ ।
शाखाका अध्यक्ष सविन प्रियासन र सचिव भूपेन्द्र वलीले सयुक्त रुपमा शोक वक्तव्य जारी गर्दै शोकको घडीमा शाखाको तर्फबाट आगामी तीन दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम...
विद्यार्थीलाई साइकलको महत्त्वबारे जानकारी
घोराही, २ मंसिर । दाङ जिल्ला साइकल संघले विद्यार्थीहरुमा साइलकको महत्त्वका विषयमा जानकारी गराउन थालेको छ । साइकल चलाउँदा हुने फाइदाका बारेमा संघले आज ज्योतिपुञ्ज सेकेन्डरी स्कुलका विद्यार्थीहरुलाई जानकारी दिएको छ ।
कक्षा ८, ९ र १० का ५० जना बढी विद्यार्थीहरुलाई संघका अध्यक्ष रेशम केसीले साइकलको महत्त्व र शरीरलाई हुने फाइदाका बारेमा जानकारी गराउनुभयो । साइकल चलाउँदा शरीरिक अभ्यास...
पशुपंछीको तथ्याङ्क सङ्कलन गर्दै दार्मा गाउँपालिका
फारुलाचौर (दार्मा), २७ कार्तिक । दार्मा गाउँपालिका सल्यानले गाउँपालिकाका पशुपंछीहरुको तथ्याङ्क सङ्कलन सुरु गरेको छ । गाउँपालिकाको पशु सेवा शाखाले ६ वटै वडाका घरघरमा पुगेर पशुपंछीको तथ्याङ्क लिन लागेको शाखा प्रमुख हस्तराम खड्काले जानकारी दिनुभयो । पशुपंछीको व्यावसायिक पालनलाई बढावा दिन तथा उपचार तत्काल पुर्याउने उद्देश्यका साथ तथ्याङ्क सङ्कलन हुन लागेको उहाँले बताउनुभयो ।
१५ दिनभित्रै गाउँपालिका सम्पूर्ण पशुपंछीको तथ्याङ्क...
रामघाट मेलाको अवसरमा सांस्कृतिक कार्यक्रम तथा कृषि प्रदर्शनी
दाङ, २६ कार्तिक । कला संस्कृतिको जगेर्ना गदै मेला तथा परम्पराको संरक्षणका लागि राप्ती गाउँपालिका वडा नं ७ को कार्यालयलको आयोजनामा रामघाट मेलाको अवसरमा सांस्कृतिक कार्यक्रम तथा कृषि प्रदर्शनी सुरु भएको छ ।
राप्ती गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष विद्याशरण चौधरीको अध्यक्षता, गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यता, पूर्व सांसद सुशीला चौधरी, उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत...
राप्तीमा खेलकूद प्रतियोगिता शुरु
तिर्थराज ज्ञवाली
देउखुरी दाङ, २५ कार्तिक । खेलको विकासका लागि राप्ती गाउँपालिका वडा नं ४ ले गाउँस्तरिय फुटवल तथा क्रिकेट प्रतियोगिताको आयोजना गरेको छ ।
राप्ती गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष विष्णु बहादुर घर्ती क्षेत्रीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले गाँउपालिकाले खेल तथा खेलाडीको स्तर बृद्धि गर्ने एवं समाज र राष्ट्रलाई पहिचान दिने सकोस्...
रोटरीद्वारा स्वास्थ्य चौकीलाई ह्विल चियर
घोराही, २५ कार्तिक । रोटरी क्लव अफ दाङले घोराही उपमहानगरपालिका वडा नम्बर ७ सौंडियारमा रहेको स्वास्थ्य चौकीलाई दुई थान ह्विल चियर हस्तान्तरण गरेको छ ।
उपचारमा आउने बिरामीहरुलाई सहजताका लागि रोटरी क्लब अफ दाङको रोटरी कल्याणकारी बैंकमार्फत स्वास्थ्य चौकीलाई दुई थान ह्विल चियर सहयोग गरेको क्लवका अध्यक्ष तीर्थ पौडेलले जानकारी दिनुभयो ।
२४ हजार रुपैयाँ बराबर मूल्यको उक्त ह्विल चियर स्वास्थ्य...
बिजुली पुगेपछि उज्यालोमा रमाए दर्मालीहरु
दार्मा, २२ कार्तिक । वर्षौंदेखि अँध्यारोमा रात कटाइरहेका दर्मालीहरु बुधबार साँझ जनज्योति मावि फारुलाचौरको प्राङ्गणमा नाचगानसहित रमाइरहेका देखिन्थे । लामो प्रतीक्षापछि बुधबार गाउँपालिकाको केन्द्र लगायत ५ वटा वडामा पुग्नेगरी विस्तार गरिएको विद्युत लाइनको ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले उद्घाटन गर्नुभएको थियो ।
दिउँसो २ वजे सुरु हुने भनिएको कार्यक्रमका सहभागी साँझ साढे ५ बजे कार्यक्रम सुरु हुँदा पनि...
सुनकोसीमा गाडी खस्दा ७ जनाको मृत्यु
दाङ, १७ कार्तिक । दोलखाबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस सिन्धुपाल्चोकको सुकुटेबाट सुनकोसीमा खस्दा सात जनाको मृत्यु भएको छ ।
शैलुङ्गेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सुनकोसी नदीमा खसेको हो । चालक धनबहादुर तामाङको भने सकुशल उद्धार गरिएको सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । उहाँका अनुसार दिउँसो करिब १ बजे अन्दाजी ४० जना यात्रु बोकेको...














