सुइटर बुनाइ तालिम सुरू 

तिर्थराज ज्ञवाली पिपरी (देउखुरी), २ जेठ । नयाँ जमाना अनुसारका सुइटर निर्माण गर्दै आयआर्जन बृद्धि गर्न ३० जना युवति तथा महिलाहरूलाई होजियारी तालिम बिहीबारदेखि पिपरीमा सुरू गरिएको छ । राप्ती गाउँपालिका वडा नं ८ को आयोजनामा वडा नं ८ का पिपरी, पिपरा, बिजौरी, कोहलुवा, जुडपानी गाउँका युवति तथा महिलाहरूलाई होजियारी तालिम सुरू गरिएको हो । बिहीवार राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले  होजियारी...

प्रमुख सचेतकद्वारा विद्यालय अनुगमन

सल्यान, २ जेठ । नेकपाका कर्णाली प्रदेश प्रमुख सचेतक एवं सल्यानका प्रदेस सांसद गुलाबजंग शाहसहितको टोलीले सल्यानका दुई विद्यालयको अनुगमन गरेको छ । टोलीले राष्ट्रिय मावि दार्माकोट र जनकल्याण प्रावि स्यालागाउँको अनुगमन गरेको हो ।विद्यालयको अनुगमन गर्दै प्रमुख सचेतक शाहले शिक्षा मानव संसाधन विकासको प्रमुख आधार भएको बताउँदै शैक्षिक गुणस्तर सुधार गर्न प्रधानाध्यापकहरुलाई निर्देशन दिनुभयो । विद्यालयको भौतिक सुधारका...

सल्यानको भदालेखोला पुग्यो कृषि सडक

राजकुमार ओली सल्यान, २ जेठ । सल्यानको भदाले खोलामा पहिलो पटक गाडी पुगेको छ । प्रदेस सरकार अन्तर्गत कृषि ज्ञान केन्द्र रुकुमबाट विनियोजित २५ लाख रुपैयाँको लागतमा सल्यानको मैदानदेखि खारा, पैयाँडाँडा, भदालेखोला, नाउली जोड्ने कृषि सडकको आज एक कार्यक्रमका बीच नेकपा कर्णाली प्रदेस प्रमुख सचेतक एव‌ं प्रदेस सांसद गुलाबजंग शाहले उद्घाटन गर्नुभएको हो । सडक पुगेपछि मैदान, खारा, पैयाँडाँडा, भदाले खोला,...

अग्‍नी पीडितलाई उद्योग बाणिज्य संघ सिसहनियाँको सहयोग

तिर्थराज ज्ञवाली सिसहनियाँ (देउखुरी), ३० बैशाख । अग्नी पीडित नवराज थापामगरलाई उद्योग बाणिज्य संघ सिसहनियाँले प्रारम्भिक राहत सामग्री सहयोग गरेको छ । राप्ती गाउँपालिका वडा नम्बर ५ लोसेमा राष्ट्रिय वनबाट सल्केको आगो शनिवार दिउँसो ३ बजे तिर नवराज थापामगरको एउटा ठाँटी घर र दुई वटा गोठ जलेर खरानी भएको थियो । सिसहनियाँ उद्योग बाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारी, महासचिव ईश्वरी अधिकारी,...

बृहत खानेपानी उपभोक्ता समिति मन्त्रालयमा डेलिकेशन जाने

तिर्थराज ज्ञवाली बराखुट्टी, २७ बैशाख । लालमटिया बृहत खानेपानी उपभोक्ता तथा सरसफाई समिति राप्ती गाउँपालिका वडा नं २ बराखुट्टीले विभिन्न माग गर्दै खानेपानी मन्त्रालय काठमाण्डौमा  डेलिकेशन जाने तयारी गरेको समितिका अध्यक्ष कृष्ण गिरीले जानकारी दिनुभएको छ । बैशाख २३ गते बसेको समितिको बैठकले निर्णय गरे अनुसार खानेपानीको अधुरो कार्यक्रम पूरा गर्नका लागि र क्षेत्र विस्तार गरी स्वच्छ पिउने पानी उपभोक्तासम्म पुर्‍याउनको...

ड्रपआउट रोक्न निगरानी समूहले पहल गर्ने

घोराही, २६ वैशाख । मानवअधिकार निगरानी समूह लक्ष्मीपुरको बैठकले विद्यालयमा ड्रपआउट रोक्न वडा कार्यालयसंग आवस्यक कार्यक्रम सञ्चालनका लागि पहल गर्ने निर्णय गरेको छ । समुहकी अध्यक्ष खिमा अधिकारीको अध्यक्षतामा बसेको समूहको बैठले यस्तो निर्णय गरेको हो । लक्ष्मीपुरमा अतिविपन्न वर्गका वालवालिकाहरुलाई विद्यालय भर्ना गराइएको र नियमित विद्यालय पठन पाठनमा पठाउन समस्या भएको भन्दै वडा कार्यालयसंग आवस्यक सहयोगका लागि पहल गर्ने...

६८ औं कानुन दिवस मनाइयो

दाङ, २६ वैशाख । जिल्ला अदालत दाङ र जिल्ला वार इकाई दाङको संयुक्त आयोजनामा ६८ औ कानुन दिवस विहीवार घोराहीमा मनाइएको छ । सो अवसरमा बोल्दै वक्ताहरुले समय सापेक्ष कानुन निर्माणमा जोड दिए । उनीहरुले पहुँच हुनेहरुका लागि कानुन नभएको जस्तो हुनु दुर्भाग्य भन्दै कानुनको समान कार्यान्वयनको आवस्यकता औल्याए । गलत कानुनले सहि न्याय दिन नसकिने भन्दै वक्ताहरुले उचित कानुन...

ज्येष्ठ नागरिक उपचारमा चिकित्सकसहित गए वडाअध्यक्ष

दाङ, २६ वैशाख । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ ले ज्येष्ठ नागरिकहरुको उपचार घर घरमै पुगेर गर्ने अभियान थालेको छ । विहीवार वडा अध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिकाका प्रवक्तासमेत रहनुभएका श्याम डाँगी चिकित्सकसहितको टोली लगेर ज्येष्ठ नागरिकको उपचार गर्न ज्येष्ठ नागरिकको घर घरमा पुग्नु भएको हो । उहाँले वृद्धवृद्धाहरुलाई चेवनप्रास, नङकट, रुमाल, सावुन, ह्याडप्लासलगायतका सामग्री समेत ज्येष्ठ नागरिकलाई हस्तान्तरण गरेर...

सरकारद्वारा घोराहीका होटलको स्तरीकरण, सिटी प्लाजा अतिउत्तम

घोराही, २६ बैशाख । सरकारले घोराहीका होटल तथा रेष्टुरेन्टहरुको स्तरीकरण गर्न थालिएको छ । खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले विभिन्न सरोकारवालाहरु सँगको समन्वयमा घोराहीका होटल तथा रेष्टुरेन्टहरुको स्तरीकरण गर्न थालेको हो । एक साता पहिले तुलसीपुरमा स्तरीकरण गर्न सुरु गरेको डिभिजनले विहिबार बाट घोराहीका होटलहरुको अबस्था बुझ्न थालेको हो । होटल तथा रेष्टुरेन्टहरुको चौतर्फि व्यवस्थापकिय पक्षहरुलाई हेरेर स्तरीकरण...

दार्मामा ३ दिने आधारभूत पत्रकारिता तालिम सुरु

फारुलाचौर (सल्यान), २६ वैशाख । दार्मा गाउँपालिकाको सहयोग तथा रेडियो शारदाको आयोजनामा ३ दिने आधारभूत पत्रकारिता तालिम बिहीबारदेखि सुरु भएको छ । उद्घाटन कार्यक्रममा बोल्दै दार्मा गाउँपालिका अध्यक्ष नीमबहादुर के.सी.ले स्थानीय तहमा पत्रकारिता क्षेत्रतर्फ आकर्षित युवाहरुको दक्षता अभिबृद्धि गर्न तालिमको आयोजना गरिएको बताउनुभयो । स्थानीय तहमा भएका गतिविधि, घटना एवं जानकारीहरुलाई सञ्चार माध्यममा ल्याउन तालिम फलदायी हुने उहाँको धारणा...

ताजा समाचार