मौलाकोट जेसीजग्रामका बिपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण

घोराही, २८ भदौ । त्रिभुवननगर जेसीजले घोराही उपमहानगरपालिका १३ मौलाकोटका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेको छ । जेसिआई नेपाल फाउन्डेसनको सहकार्यमा विभिन्न क्षेत्रबाट सङ्कलन भएको रकमले मौलाकोटका बिपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्रीहरु उपलब्ध गराएको जेसीजले जनाएको छ । जेसीजले एक कार्यक्रमका बीच मौलाकोटका २८ जना विद्यार्थीहरुलाई झोला, कापी, कलम, इरेजर, कटर, टिफिन बक्स, बोतल, ज्याकेट लगायतका सामग्रीहरु वितरण गरेको हो...

बिपी विद्यालयमा शुक्रवारीय कार्यक्रम

तिर्थराज ज्ञवाली वसन्तापुर, २८ भदौ । राप्ती गाउँपालिका वडा नं ३ स्थीत वि.पी आधारभुत विद्यालय बसन्तापुरमा शुक्रवारीय कार्यक्रमको आयोजना गरिएको छ । नियमित शुक्रबारीय कार्यक्रम अन्तर्गत अंग्रेजी हेन्डराइटिङ प्रतियोगिता, तातो आलु खेल प्रतियोगिता र बेलुन फुटाउने प्रतियोगिताको आयोजना गरिएको प्रधानाध्यापक देवीराम चौधरीले बताउनुभएको छ । कक्षा ४ र ५ का ९ जना छात्र छात्रा बीचमा गरिएको अंग्रेजी हेन्डराइटिङ प्रतियोगितामा कक्षा ५ की...

किन भेटे मेयर पाण्डेले देउवालाई !

तुलसीपुर, २८ भदौ । पार्टी कामको सिलसिलामा तुलसीपुर आउनुभएको पूर्व प्रधानमन्त्री शेरवहादुर देउवासँग नगरप्रमुख घनश्याम पाण्डेले विभिन्न स्थानीय मुद्दाका विषयमा भेटघाट गर्नुभएको छ । भेटघाटमा पाण्डेले तुलसीपुर विमानस्थल विस्तारका लागि पहल गर्न पूर्व प्रधानमन्त्री देउवालाई आग्रह गर्नुभएको थियो । पहाडी क्षेत्रको केन्द्रका रुपमा रहेको यस विमानस्थलको विस्तार अहिलेको आवश्यकता भएको समेत उहाँले बताउनुभयो । “नगरपालिकाकै समन्वयमा दैनिक दुईवटा साना जहाज...

मानव शंसाधनको विकासका लागि शिक्षा

तिर्थराज ज्ञवाली पाखापानी (देउखुरी दाङ), २० भदौ । मानव शंसाधन विकासका लागि मानव जीवनमा शिक्षा अति आवश्यक रहेको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताउनुभएको छ । विद्यार्थीको सिकाइ उपलब्धिका लागि नवप्रतिभा आधारभूत विद्यालय पाखापानीमा पढाइ उत्सवको उद्घाटन गर्दै अध्यक्ष सुवेदीले यस्तो बताउनु भएको हो । अध्यक्ष सुवेदीले विद्यार्थीको शैक्षिक प्रगतिको लागि शिक्षक, अभिभावक सरोकारवालाहरुले आ-आफ्ना जिम्मेवारी अनुसार काम गर्नुपर्ने समेत बताउनुभएको...

मानव बेचविखनविरुद्ध जनचेतना कार्यक्रम

तिर्थराज ज्ञवाली मसुरिया (देउखुरी दाङ), २० भदौ । राप्ती गाउँपालिका क्षेत्रलाई मानव बेचविखन रहित क्षेत्रको रुपमा विकास गर्ने अभियान अन्तर्गत शुक्रवार मानव बेचविखनविरुद्ध जनचेतना कार्यक्रमको आयोजना गरिएको छ । ईलाका प्रहरी कार्यालय भालुवाङको आयोजनामा भएको जनचेतना कार्यक्रममा जनप्रतिनिधि, वडागतरुपमा निगरानी समुह, महिला समुह, युवा समुहका प्रतिनिधिहरुलाई मानव बेचविखनविरुद्ध जानकारी दिइएको थियो । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत...

दार्माका सबै विद्यालयमा शैक्षिक गुणस्तर सुधारको अभियान

सल्यान, २० भदौ । दार्मा गाउँपालिकाले गाउँपालिकाभित्र रहेका विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधारका लागि अभियान चलाएको छ । गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार तथा सूक्ष्म अनुगमन अभियान लिई सम्पूर्ण विद्यालयहरुमा पुगेर शिक्षक, अभिभावक तथा विद्यार्थीहरुबीच अन्तक्र्रियात्मक कार्यक्रम गरिरहेको छ । सोही कार्यक्रम अन्तर्गत शुक्रबार वडा नं. २ स्थित श्री बाल कल्याण माध्यमिक विद्यालय भुवनटाकुरीमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै विद्यालयकी...

जन्मदिनमा विकट बस्तीका विद्यार्थीलाई झोला वितरण

तिर्थराज ज्ञवाली मसेरीडाँडा (देउखुरी, दाङ), १९ भदौ । मौरीघाटका एक युवाले आफ्नो जन्मदिनको अवसरमा विकट बस्ती मसेरीडाँडामा रहेको देवी प्राथमिक विद्यालयका ५२ जना विद्यार्थीलाई स्कुल झोला वितरण गरेका छन् । राप्ती गाउँपालिका वडा नं ४ मौरीघाट बस्ने २८ वर्षीय युवा विकास शाहीले जन्मदिन पारेर शिक्षा क्षेत्रमा उत्साह थप्न तथा विद्यार्थीहरुको सहजताका लागि विकट बस्तीका विद्यार्थीलाई झोला वितरण गरेको बताउनुभयो । बिहीबार एक कार्यक्रमको...

खैरा बजारको अनगुमन र सफाइ

घोराही, १२ भदौ । घोराही उपमहानगरपालिका वडा नम्बर ११ ले खैरा बजारको अनुगमन र सरसफाई गरेको छ । वडा कार्यालयको अगुवाईमा विभिन्न सरोकारवाला पक्षहरुको सहभागितामा बजार अनुगमन तथा सरसफाई गरिएको हो । वडा अध्यक्ष कुलबहादुर लामिछाने, उपमहानगरको उपभोक्ता हित संरक्षण शाखा प्रमुख अमरराज शर्मा, सरसफाई शाखाका नायब सुब्बा गोपाल खड्का, नारायणपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष अभियान बस्नेत, इलाका प्रहरी कार्यालय...

बेरोजगारलाई निरन्तर रोजगारी दिँदै दार्मा गाउँपालिका

सल्यान, १ भदौ । दार्मा गाउँपालिका सल्यानले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सूचीकृत बेरोजगारहरुका लागि पुँजीगत बजेटबाट रोजगारीको अवसर सिर्जना गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि छुट्टै रकम आइनसकेको अवस्थामा गाउँपालिकाले आफ्नै आन्तरिक बजेटबाट रोजगारकिो अवसर सिर्जना गरेको हो । गाउँपालिकाको केन्द्र रहेको फारुला बजार सधैँ हिलाम्य हुने समस्या भएकोले गाउँपालिकाले बजार क्षेत्रको सडकमा नाला कटान गरी ढुङ्गा बिछ्याउने काममा श्रमिकहरु...

सामुदायिक विद्यालयका प्रअसँग बैठक

तिर्थराज ज्ञवाली असार १७, मसुरिया दाङ । राप्ती गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बैठक राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा शुक्रवार सम्पन्न भएको छ । राप्ती क्षेत्रका विद्यालयहरुको हालको अवस्था तथा गतिविधिका बारेमा छलफल तथा विभिन्न विषयमा निर्णयका लागि बैठक गरिएकोे राप्ती गाउँपालिका शिक्षा शाखा अधिकृत विश्वास विकले जानकारी दिनुभएको छ । बैठकमा  शिक्षकहरुको सम्पति विवरण बुझाउने, गाउँपालिकाबाट तलबभत्ता खाने गरी...

ताजा समाचार