प्रदेश ५ को लोकसेवा आयोगको अध्यक्षमा भट्टराई सिफारिस
दाङ, १० साउन । ५ नम्बर प्रदेश लोकसेवा आयोगको अध्यक्षमा प्राध्यापक डिलाराम भट्टराई सिफारिस हुनुभएको छ ।आयोगकको पदाधिकारी सिफारिसमा मुख्यमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय समिति रहने कानुनी व्यवस्था रहेको छ। समितिमा प्रदेशसभाका सभामुख र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य रहने व्यवस्था छ ।
समितिको शुक्रबार बसेको बैठकले भट्टराईलाई अध्यक्षमा सिफारिस गरेको हो । प्रदेशमा बनेको लोकसेवा आयोग गठनसम्बन्धी ऐन कार्यान्वयन गर्दै अध्यक्ष...
रोटरी क्लबअफ दाङको ‘सेवा कार्यक्रम’ अभियान सुरु
घोराही, ४ साउन । रोटरी क्लव अफ दाङले ‘सेवा कार्यक्रम’ (सर्भिस प्रोजेक्ट) सञ्चालन गर्ने भएको छ । सन् २०१९/२०२० का लागि अध्यक्ष हुन लाग्नुभएका तीर्थ पौडेलले शैक्षिक र सामाजिक क्षेत्रमा सुधार ल्याउनका लागि सेवा कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभएको हो ।
रोटरी दाङको नियमित बैठकमा अध्यक्ष पौडेलले घोराही उपमहानगरपालिकाका १९ वटै वडामा एक एक वटा विद्यालय छानेर शैक्षिक सुधारका लागि...
रोम विधान अनुमोदनको माग गर्दै ज्ञापनपत्र
दाङ, १ साउन । रोम विधान अनुमोदनको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको दिन १७ जुलाईको सम्झनामा मनाइने अन्तर्राष्ट्रिय न्याय दिवसका अवसरमा दाङका इन्सेक जिल्ला प्रतिनिधिसहितको मानवअधिकारकर्मीहरुको टोलीले प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा रोम विधान अन्र्तगत गठन भएको अन्तर्राष्ट्रिय फौजदारी अदालतले अन्तर्राष्ट्रिय...
दार्मा गाउँपालिकाद्वारा २८ करोड १० लाखको बजेट सार्वजनिक
सल्यान, १२ असार । दार्मा गाउँपालिका सल्यानले आर्थिक वर्ष २०७६/०७७ का लागि २८ करोड १० लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ । मङ्गलबार गाउँपालिकाको पाँचौँ गाउँसभामा उपाध्यक्ष टीका शर्मा ओलीले बजेट प्रस्तुत गर्नुभएको थियो ।
गरिवी न्यूनिकरण, रोजगारी सिर्जना र आयआर्जन वृद्धिमा प्रत्यक्ष योगदान पुर्याउने योजनालाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको छ । क्रमागत योजनाहरुलाई पूरा गर्नका लागि गाउँपालिकाले यस वर्ष...
सडक र विद्युतको जिम्मा संघीय सरकारकोः सांसद बस्नेत
सल्यान, ११ असार । सल्यान जिल्लाका संघीय सांसद एवं पूर्व सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले गाउँपालिकाको केन्द्र जोड्ने तथा रणनीतिक महत्वका ठुला सडकको जिम्मा संघीय सरकारले लिने बताउनुभयो । दार्मा गाउँपालिकाको पाँचौँ गाउँसभा तथा बजेट सार्वजनिकीकरण कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका बस्नेतले सडक र विद्युत विस्तारको जिम्मा संघीय सरकारले लिने भन्दै यी शीर्षकमा गाउँपालिकाले आफ्नो बजेट खर्च गर्नु नपर्ने...
दार्मा गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक
आर्थिक तथा सामाजिक विकासलाई विशेष प्राथमिकता
सल्यान, ७ असार । दार्मा गाउँपालिका सल्यानले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको पाँचौँ गाउँसभाको पहिलो बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष नीमबहादुर केसीले आर्थिक तथा सामाजिक विकासलाई पहिलो प्राथमिकतामा राखिएको बताउनुभयो । आर्थिक समृद्धिबाट जनताको जीवनस्तर सुधार हुने भन्दै उहाँले अबको वर्ष शैक्षिक एवं सामाजिक...
योजना बैंक निर्माण गरी आयोजना छनौटः मन्त्री ज्वाला
सल्यान, ७ असार । कर्णाली प्रदेसका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले स्थानीय तहलाई योजना बैंक निर्माण गरी अघि बढ्न सुझाव दिनुभएको छ । दार्मा गाउँपालिकाको पाँचौँ गाउँपरिषद्लाई सम्बोधन गर्दै मन्त्री ज्वालाले गाउँपालिकाको समुदायस्तरबाट छनौट भई आएका योजनाहरुलाई एकीकृत गरी तिनीहरुको योजना बैंक निर्माण गर्न गाउँपालिकालाई सुझाव दिनुभयो । त्यही योजना बैंकमा नै स्थानीय तहले योजनाहरुलाई प्राथमिकीकरण गरी...
दार्मा गाउँपालिकामा कर्मचारी हकहित संरक्षण समिति गठन
सल्यान (फारुलाचौर), ६ असार । दार्मा गाउँपालिकामा कार्यरत कर्मचारीहरु गाउँपालिकाको समग्र समृद्धि एवं कर्मचारीको हकहित संरक्षणका लागि एकजुट भएका छन् । शुक्रबार कर्मचारीहरुको भेलाले गाउँपालिकाका लेखापाल दिपक कवरको अध्यक्षतामा १३ सदस्यीय हकहित संरक्षण समिति गठन गरेको छ ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष निमबहादुर केसीले कर्मचारीहरु एकजुट भएकोमा खुसी व्यक्त गर्दै गाउँपालिका एवं कर्मचारीहरुको हितमा हुने हरेक सुझावहरु कार्यान्वयन गर्ने प्रतिबद्धता...
दङ्गीशरणमा प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन, १ सय ९१ जनाले पाए रोजगारी
हेकुली, १ असार । दङ्गीशरण गाउँपालिकाले आइतबार कार्यक्रम गरी प्रधानमन्त्री रोजगार कार्यक्रमको आरम्भ गरेको छ । गाउँपालिकाले ७ वटै वडाबाट सिफारिस भई आएका आयोजनामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत प्राप्त अनुदान खर्च गर्नेगरी आयोजना छनौट गरेको छ ।
यस आर्थिक वर्षमा गाउँपालिकाले एक सय ९१ जनालाई रोजगारी दिन लागेको दङ्गीशरण गाउँपालिकाका रोजगार संयोजक सन्तोष गिरीले जानकारी दिनुभयो । कार्यक्रमका अवसरमा काममा जाने...
बालबालिकालाई बालमैत्री तालिम
दाङ, २९ जेठ । घोराही उपमहानगरपालिका वडानं. ११ को आयोजनामा आज खैरामा बालबालिकाहरुका लागि बालमैत्री स्थानीय शासन सम्बन्धी तालिम सम्पन्न भएको छ ।
वडाका बिभिन्न टोलबाट सहभागी बालबालिकालाई घोराही उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख मोती बिश्वकर्मा र बालमैत्री प्रशिक्षक दुर्गालाल केसीले तालिम दिनुभएको थियो । वडा बाल संजालकी अध्यक्ष उषा कुँवरको अध्यक्षता र वडा अध्यक्ष कुल बहादुर लामिछानेको प्रमुख...













