बारको अध्यक्षमा प्रगतिशील प्यानलका श्रेष्ठ विजयी
काठमाडौँ, २१ चैत । कानून व्यवसायीहरुको छाता सङ्गठन नेपाल बार एशोसिएशनको अध्यक्षमा प्रगतिशील प्यानलका उम्मेदवार चण्डेश्वर श्रेष्ठ विजयी हुनुभएको छ । लोकतान्त्रिक समूहका उम्मेदवार सुनीलकुमार पोखरेललाई पराजित गरी श्रेष्ठ नयाँ कार्यसमितिका लागि निर्वाचित हुनुभएको हो । श्रेष्ठले ४ हजार २२ मत प्राप्त गर्नुभएको थियो भने पोखरेलले ३८ सय ७३ मत प्राप्त गर्नुभयो ।
अध्यक्षसहित अधिकांश पदमा प्रगतिशील प्यानलका उम्मेदवार विजयी...
नेपाल बैंकको सेवा तुलसीपुरबाट पनि सुरु
तुलसीपुर, २० चैत । नेपाल बैंक लिमिटेडले तुलसीपुरबाट पनि सेवा दिन शुरु गरेको छ । तुलसीपुर उपमहानगरपालिका ६ घोराही रोडबाट बुधबारदेखि नेपाल बैंकले सेवा शुरु गरेको हो ।
शाखा प्रबन्धक विश्वराज अधिकारीका अनुसार हाल नयाँ खाता खोल्ने, नगद जम्मा, भुक्तानी, रेमिट्यान्स, ट्रान्सफर सेवा शुरु भएको छ । साथै दुईहप्ता भित्रमा विभिन्न कर्जा, एटिएम,राजश्व, लकर, सुन धितो कर्जा लगायत सम्पूर्ण वित्तिय सेवा प्रवाह हुने उहाँले...
मावि रतनपुरको महायज्ञमा ९१ लाख दान
हापुर, २० चैत । हापुर मा.वि रतनपुरमा जारी महायज्ञमा ९१ लाख बढी दान प्राप्त भएको छ । विद्यालयको भौतिक पूर्वाधार विकास, प्राविधीक शिक्षा सञ्चालनार्थ र पितृमोक्षकालागि घोराही–१२ मा रहेको हापुर मावि रतनपुरमा आयोजना भएको ‘श्रीमद् भागवत, पितृमोक्ष एवं धनधान्याञ्चल सप्ताह विराट ज्ञान महायज्ञ २०७५’ मा ९१ लाख दान संकलन भएको आयोजक मूल समितिले जानकारी दिएको छ ।
जसमा ५८ लाख बराबरको जग्गा एवं...
ब्राउन सुगरसहित युवक पक्राउ
घोराही, २० चैत । दाङमा एकजना युवकलाई लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ । रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका ८ घर भई हाल घोराही उपमहानगरपालिका १५ जनजागृति टोलमा कोठाडेरा गरी बस्ने २१ बर्षिय सनम मल्ललाई ८ ग्राम ३६ मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।
कोठामा लागुऔषध व्राउन सुगरको कारोवार हुने भन्ने सूचनाका आधारमा खान तलासी गर्दा उक्त बस्तु भेटिएको प्रहरी...
राप्तीमा ६२औँ सहकारी दिवस मनाइयो
तिर्थराज ज्ञवाली
मसुरिया (देउखुरी दाङ), २० चैत । दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मुल नाराका साथ राप्ती गाउँपालिकामा ६२औँ सहकारी दिवस मनाइएको छ । कार्यक्रमका वक्ताहरुले समाजका मध्यम तथा बिपन्न वर्गको विकासका लागि सहकारीले खेलेको भूमिकाप्रति खुलेरै प्रसंशा गरेका थिए । तल्लो तहसम्म पुगेर सहकारीले ल्याएका सकारात्मक परिवर्तनको उदाहरण दिँदै उनीहरुले सहकारीका माध्यमबाट मानिसको जीवनस्तरमा ठुलो परिवर्तन आएको बताएका...
यी ७ व्यक्तिले खानै हुँदैन अनार !
हरेक फलफुल खानु स्वास्थ्यको लागि फाइदाजनक नै हुन्छ। तर केही फलफुल यस्ता रोगीहरुले नखानु राम्रो हुन्छ। अनारले शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्दछ। तर यी ७ व्यक्तिले अनारले खानु राम्रो हुँदैन। स्वस्थ्यमा सुधार आउनुको साटो झन् बिग्रिन सक्छ।
१. तौल घटाउन चाहने व्यक्ति
यदि तपाईं आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस् । अनार खाँदा तौल घट्नुको साटो बढ्न थाल्छ।
२. प्रेसर...
घोराही–१४ मा योजना छनौट शुरु
दाङ, १९ चैत । घोराही उप–महानगरपालिका वडा नं. १४ ले योजना छनौट थालेको छ । वडामा रहेका विभिन्न टोल विकास संस्थामा पुगेर आर्थिक बर्ष २०७६/७७ का लागि योजना छनौट गर्न थालिएको अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो ।
टोलको आjश्यकताका आधारमा योजना छनौट गरिएको अध्यक्ष डाँगीको भनाइ छ । चैत्र १८ गतेबाट सुरु गरिएको योजना छनौट २५ गतेसम्म सञ्चालन हुने अध्यक्ष डाँगीले जानकारी दिनुभयो । टोल...
महिला नेतृत्व तथा उद्घोण तालिम सम्पन्न
गढवा, १९ चैत । गढवा गाउँपालिकाको आर्थिक सहयोग र देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्रको आयोजनामा चैत्र १५ देखी शुरु भएको महिला नेतृत्व तथा उद्घोण तालिम समापन भएको छ । स्रोतकेन्द्रका अध्यक्ष गिरिराज भट्टको अध्यक्षतामा कार्यक्रम समापन गरिएको थियो ।
कार्यक्रममा गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरी, पुस्तकालयका आजीवन सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गढवाका सचिव यमनारायण पोख्रेल बिश्वास, प्रशिक्षक कमल गौतम, पार्वती...
मानसिक स्वास्थ्य स्वस्थ राख्न आपसी प्रेम आवश्यक
घोराही, १९ चैत । महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपालको २८औं स्थापना दिवस घोराहीको बाह्रकुने दहमा अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ । मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोग विषयक अन्तरक्रियामा बोल्दै वक्ताहरुले ओरेकले लैंगिक हिंसा न्युनीकरण, हिंसापीडितहरुका लागि न्याय र प्रजनन् स्वास्थ्यमा सराहनीय काम गरेको भन्दै प्रशंसा गरेका थिए । लामो समयदेखि जिल्लामा हिंसा पीडितहरुको पक्षमा काम गर्दा थुप्रै चुनौति खेप्नु...
कृषिमा आधुनिकीकरण आवश्यक
घोराही, १८ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर ७ ले परम्परागत कृषि पेशालाई अन्त्य गरी कृषिमा आधुनिकीकरण ल्याउने उद्देश्यका साथ कृषकहरुलाई कृषि सचेतना तालिम दिएको छ । वडाका ३० जना कृषकहरुलाई तालिम दिइएको सामाजिक परिचालक विमल योगीले जानकारी दिनुभयो ।
दुईदिने तालिमको समापन कार्यक्रममा बोल्ने वक्ताहरुले परम्परागत कृषि पेशालाई आधुनिकीकरण गर्न सकेमा मनग्य आम्दानी गर्न सकिने बताए । अहिले पनि कृषि परम्परागत...












