विकास निर्माण कार्य कुन अवस्थामा पुग्यो र कस्तो हुँदैछ ?

तिर्थराज ज्ञवाली मसुरिया (देउखुरी), १५ जेठ । विकास निर्माण कार्य कुन अवस्थामा पुग्यो र कस्तो हुँदैछ वा भयो भनी राप्ती गाउँपालिकाकी उपाध्यक्ष अनुगमन समिति संयोजक जगदम्वाकुमारी चौधरीको नेतृत्वमा बुधवार योजनाहरुको अनुगमन गरिएको छ । कस्तो मसला प्रयोग गर्नुभयो, कति सिचाईं गर्नुभयो, कति मोटो र बाक्लो सरिया राख्नुभयो भन्दै अनुगमन समिति संयोजक जगदम्वाकुमारी चौधरी पिपरीको शंकर माध्यामिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष सूर्यप्रकाश...

गणतन्त्र दिवसमा कविता प्रतियोगिता

नारायणपुर, १५ जेठ । १२औं गणतन्त्र दिवसको अवसरमा  सिद्धरत्ननाथ नमूना माध्यामिक विद्यालय नारायणपुरमा आज कविता प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयकी साहित्यिक कार्यक्रम संयोजक शिक्षक सरिता देवकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कक्षा ६ देखि १० सम्मका विद्यार्थीका लागि खुल्ला कविता प्रतियोगिता आयोजना गरिएको थियो । जसमा कक्षा ६-१० का १३ जनाको सहभागिता रहेको थियो भने कक्षा १-५ का...

वृद्धभत्ता ३ हजार पुग्यो

काठमाडौँ, १५ जेठ । सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ । संसद्‌मा बजेट घोषणा गर्दै अर्थमन्त्री युवराज खतिवडाले वृद्ध भत्ता ३ हजार पुर्‍याएको जानकारी दिए । त्यस्तै एकल महिलाको भत्ता पनि १ हजार बढाइएको छ। यसअघि वृद्धभत्ता मासिक २ हजार र एक महिलालाई १ हजार रुपैयाँ भत्ता दिइँदै आएको थियो। वृद्धभत्ता बढाएपछि १३ लाख जनसख्या लाभान्वित हुने अर्थमन्त्रीले बताए।

अजयका पिता चर्चित द्वन्द्व निर्देशक विरु देवगणको निधन

एजेन्सी मुम्बई, १३ जेठ । बलिउड स्टार अजय देवगणका पिता तथा चर्चित द्वन्द्व निर्देशक विरु देवगणको निधन भएको छ । बलिउडका व्यापार विश्लेषक तरन आदर्शले ट्विट गर्दै देवगणको सोमबार बिहान निधन भएको खुलासा गरेका हुन् । विरु देवगणले छोरा अजय र बलिउड सुपरस्टार अमिताभ बच्चन अभिनित फिल्म ‘हिन्दुस्तानकी कसम’को निर्देशनसमेत गरेका छन् । ७७ वर्षे विरुले १ सय ५० भन्दा बढी...

विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइने

दाङ, १३ जेठ । जिल्लामा विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवस मनाइने भएको छ । जिल्ला समन्वय समितिको पहलमा आइतवार घोराही उपमहानगरपालिका, स्थानीय प्रशासन, सरकारी कार्यालय, राजनीतिक दलको सहभागितामा भएको बैठकले जेठ १४, १५ र १६ गते विविधि कार्यक्रम गरेर गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो । बैठकले जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको संयोजकत्वमा गणतन्त्र दिवस मूल समारोह समिति समेत...

न्यायिक समितिको कार्यसम्पादन सहजताको लागि तालिम

तिर्थराज ज्ञवाली मसुरिया (देउखुरी), १३ जेष्ठ । राप्ती गाउँपालिकाको न्यायिक समितिको कार्य सम्पादन सहजताको लागि दुईदिने तालीम आइतबार मसुरियामा सुरु भएको छ । राप्ती गाउँपालिकाका न्यायिक समिति संयोजक, सदस्यहरु तथा वडागत रुपमा मेलमिलाप गराउँदै आएका मेलमिलापकर्ताहरुलाई तालिम दिन सुरु गरिएको हो । राप्ती गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक जगदम्वाकुमारी चौधरीको अध्यक्षता, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आथित्यता, प्रमुख प्रशासकीय...

रेडियो मध्यपश्चिमद्वारा उद्घोषण र पत्रकारिता तालिम सञ्चालन

घोराही, १२ जेठ । दाङ सूचना तथा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो मध्यपश्चिमको आयोजना एवं घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा ५ दिने रेडियो उद्घोषण तथा विकास पत्रकारिता तालिम आजदेखि सुरु भएको छ । रेडियोका अध्यक्ष शुसिल गौतमको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता र उपप्रमुख सीता सिग्देल न्यौपानेको विशिष्ट आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख...

किशोरीलाई महिनावारी अभिमुखीकरण

दाङ, १० जेठ । घोराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा अध्ययनरत किशोरीहरुलाई आज महिनावारीसम्बन्धी अभिमुखिकरण गरिएको छ । ज्ञानमाला किशोरी समूहले आयोजना गरेको कार्यक्रममा पहिलो महिनावारीको तनाव व्यवस्थापन, महिनावारीको समयमा गरिने सरसफाई र महिनावारी सम्बन्धी परम्परागत अभ्यासबारे प्रशिक्षण दिइएको थियो । किशोरी क्लवकी अध्यक्ष सस्मिता डाँगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आरेककी मनोविमर्शकर्ता सुशीला आचार्यले महिनावारीसम्बन्धी प्रशिक्षण दिनुभएको थियो । आचार्यले महिनावारी...

सुइटर बुनाइ तालिम सुरू 

तिर्थराज ज्ञवाली पिपरी (देउखुरी), २ जेठ । नयाँ जमाना अनुसारका सुइटर निर्माण गर्दै आयआर्जन बृद्धि गर्न ३० जना युवति तथा महिलाहरूलाई होजियारी तालिम बिहीबारदेखि पिपरीमा सुरू गरिएको छ । राप्ती गाउँपालिका वडा नं ८ को आयोजनामा वडा नं ८ का पिपरी, पिपरा, बिजौरी, कोहलुवा, जुडपानी गाउँका युवति तथा महिलाहरूलाई होजियारी तालिम सुरू गरिएको हो । बिहीवार राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले  होजियारी...

प्रमुख सचेतकद्वारा विद्यालय अनुगमन

सल्यान, २ जेठ । नेकपाका कर्णाली प्रदेश प्रमुख सचेतक एवं सल्यानका प्रदेस सांसद गुलाबजंग शाहसहितको टोलीले सल्यानका दुई विद्यालयको अनुगमन गरेको छ । टोलीले राष्ट्रिय मावि दार्माकोट र जनकल्याण प्रावि स्यालागाउँको अनुगमन गरेको हो ।विद्यालयको अनुगमन गर्दै प्रमुख सचेतक शाहले शिक्षा मानव संसाधन विकासको प्रमुख आधार भएको बताउँदै शैक्षिक गुणस्तर सुधार गर्न प्रधानाध्यापकहरुलाई निर्देशन दिनुभयो । विद्यालयको भौतिक सुधारका...

ताजा समाचार