ओरेकमा झण्डै २ सय महिला हिंसाका मुद्दा

घोराही, १३ चैत । महिला अधिकारको क्षेत्रमा काम गर्दै आएको महिला पुनर्स्थापना केन्द्र ओरेक दाङले एक वर्षमा झण्डै २ सय महिला हिंसाका मुद्दाहरु आएको बताएको छ । घरेलु हिंसादेखि अदालतको फैसला कार्यान्वयन नभएका सम्म गरी १ सय ८१ मुद्दाहरु कार्यालयमा दर्ता भएको ओरेकले जनाएको छ । ओरेकले बुधबार घोराहीमा आयोजना गरेको वार्षिक समीक्षा तथा योजनासम्बन्धी समन्वय बैठकमा पेश गरेको विवरण...

धारापानी महायज्ञबाट सवा ३ करोड रकम बचत

घोराही, १३ चैत । गत फागुन ११ देखि १८ गतेसम्म दाङको पाण्डबेश्वर मन्दिर धर्ना धारपानीमा सञ्चालन भएको महायज्ञबाट झण्डै सवा ३ करोड रुपैयाँ बचत भएको छ । महायज्ञ मुल आयोजक समितिले आज मन्दिर परिसरमा पत्रकार सम्मेलन गरी आम्दानी र खर्चका बारेमा जानकारी दिएको हो । समितिका कोषाध्यक्ष बोधिलाल शर्माले ३ करोड ७० लाख ६ हजार ३ सय ४८ रुपैयाँ संकलन...

राप्तीमा संघीय सरकारसमक्ष विभिन्न योजना माग

तिर्थराज ज्ञवाली मसुरिया (दाङ), १३ चैत । बुधवार राप्ती गाउँपालिका गाउँकार्यपालिकाको यस आर्थिक वर्ष २०७५/७६ को १९औ बैठक कार्यपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बसी महत्वपूर्ण विषयमा छलफल गरी निर्णय गरिएको छ । बैठकबाट संघीय सरकारबाट आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि विभिन्न योजना माग गरिएको छ । जसमा सिसहनियाँ स्वास्थ्य चौकीको स्तर बृद्धि, अस्पताल निर्माण, राप्ती चक्रपथको समग्र स्तरबृद्धि, मौरीघाट देवीकोट...

बालश्रम अन्त्यका लागि अभिभावकको चेतना बृद्धि आवश्यकः नगरप्रमुख चौधरी

किरण गौतम घोराही, १३ चैत । घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले बालश्रम अन्त्यका लागि अभिभावकहरुको चेतनास्तर बृद्धि प्रमुख प्राथमिकता हुनुपर्ने बताउनुभयो । युनिसेफको सहयोग तथा सिविसको आयोजनामा दाङको घोराहीमा सुरु भएको दुईदिने ‘तथ्याङ्क सङ्कलन, दस्तावेजीकरण तथा प्रतिवेदन लेखन तालिम’को उद्घाटन गर्दै नगरप्रमुख चौधरीले बालश्रम अन्त्य गरे मात्रै समृद्धि हासिल गर्न सकिने बताउनुभयो । मानव शंसाधन विकास नै राज्यको समृद्धिको आधार भएको...

किसानलाई घाँस मसिनो बनाउने मेसिन प्रदान

घोराही, १२ चैत । घोराही उपमहानगरपालिकाले ८ जना पशुपालक किसानलाई घाँस मसिनो पार्ने मेसिन ५० प्रतिशत अनुदानमा प्रदान गरेको छ । उपमहानगरको पशु सेवा शाखाले ५० प्रतिशत अनुदानमा ८ जना पशुपालक किसानलाई मंलबार नगर प्रमुख नरुलाल चौधरी मार्फत उक्त विद्याुतिय च्यापकटर प्रदान गर्नुभएको हो । किसानहरु वडा नम्बर २ का रेवतीप्रसाद घिमिरे, ६ का थुरेन्द्रबहादुर वली, खिमबहादुर चौधरी, वडा नम्बर...

सेवा प्रवाहलाई प्रभावकारी बनाउन सुझाव

घोराही, १२ चैत । दाङका विभिन्न क्षेत्रका व्यक्तिहरुले स्वास्थ्य, शिक्षा, कृषि र विपद् व्यवस्थापनका विषयलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन् । ग्रामिण महिला उत्थान केन्द्र दाङले मंगलबार घोराहीमा आयोजना गरेको पारस्परिक जवाफदेहिता परियोजना साझेदारी मञ्चको बैठकमा सरोकारवाला निकायका प्रतिनिधिहरुले घोराही उप महानगरपालिकालाई यस्तो आग्रह गरेका हुन् । कृषिको अनुदान बास्तविक किसानले पाउन नसेकको, कृषि उत्पादनले उचित मूल्य र...

६२औँ सरकारी दिवस मनाउने बारेमा छलफल

तिर्थराज ज्ञवाली मसुरीया (देउखुरी), ११ चैत । राप्ती गाउँपालिकामा आगामी चैत्र २० गते आयोजना गरिने ६२औँ सरकारी दिवस मनाउने बारेमा छलफल गरिएको छ । राप्ती गाउँपालिकामा आबद्ध विभिन्न उद्देश्य बोकेका ३८ सहकारीहरुबीच सहकार्य गरी दिवस मनाउने बारेमा छलफल गरिएको हो  । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बसेको सहकारीकर्मीहरुसँगको बैठकले विगतका दिनमा सहकारीहरुले मनाउँदै आएको सहकारी दिवसलाई संयुक्त रुपमा सबै सहकारीको...

किशोरी क्रान्ति

दुर्गालाल केसी कञ्चनपुरकी १३ बर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय बित्दा पनि उनका हत्यारा पत्ता लाग्न सकेका छैनन् । सरकार र प्रहरीको प्रतिष्ठाको बिषय बनेको यो घटनाले किशोरीलाई आतंकित बनाइरहेको छ । घर, बिद्यालय, कार्यस्थल, गाउँसमाज, सडक जता पनि असुरक्षा महशुस हुने बनाइरहेको छ । देशका बिभिन्न ठाउँमा बालिका र किशोरी बलात्कार तथा यौनहिंसामा परेका खबरहरु सार्वजनिक...

मृतकका परिवारलाई सहयोग 

तिर्थराज ज्ञवाली मसुरीया (देउखुरी), ११ चैत । दक्ष फेसनलेवल ड्रेस डिजाइन गर्ने क्षमता रहेका युवा पिपरी निवासी ओमप्रकाश परियारको असामयिक निधन पश्चात सहयोग स्वरुप नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले मृतकका परिवारलाई सहयोग गरेका छन् । ओम प्रकाश परियारको असामयिक निधन भएको तेह्रौँ दिनको पुन्यतिथिको दिन पारेर पूर्व सांसद सुशीला चौधरी, गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, वडा अध्यक्षहरु तथा नेपाली...

समुदाय-प्रहरी पालिका समितिको बैठकः मदिरा नियन्त्रणका लागि नयाँ रणनिति निर्माण गरिने

तिर्थराज ज्ञवाली मसुरिया (देउखुरी), ११ चैत । राप्ती गाउँपालिका समुदाय प्रहरी पालिका समितिको बैठक सोमबार सम्पन्न भएको छ । राप्ती गाउँपालिका समुदाय प्रहरी पालिका समितिका अध्यक्ष राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बसेको बैठकले राप्ती क्षेत्रमा समुदाय प्रहरीले खेल्नुपर्ने भूमिकाका बारेमा छलफल तथा निर्णय गरिएको छ । राप्ती गाउँपालिका समुदाय प्रहरी पालिका समितिमा संयोजक राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उप-संयोजक उपाध्यक्ष जगदम्बाकुमारी...

ताजा समाचार