राप्ती गाउँपालिकाद्वारा योजनाको अनुगमन
तिर्थराज ज्ञवाली
मसुरिया (देउखुरी), २३ वैशाख । राप्ती गाउँपालिका वडा नं. १, ६ र ७ का चार योजनाहरुको अनुगमन गरिएको छ । वडा नं. १ को कृषि बिपी मार्ग चैते, ठुलो कुवा पश्चिम प्रगन्नासम्म कृषि मार्गमा कल्भर्ट निर्माण, वडा नं. ६ को ज्ञानोदय माध्यामिक विद्यालय पर्खाल निर्माण, बगरापुर होमस्टे सामुदायिक भवन निर्माण, वडा नं. ७ को सगरमाथा महिला भवनको जग...
जेष्ठ नागरिक दिवा सेवा केन्द्रको शुभारम्भ
तिर्थराज ज्ञवाली
पिपरी (देउखुरी दाङ), १९ बैशाख । राप्ती गाउँपालिकामा जेष्ठ नागरिक दिवा सेवा केन्द्रको एक कार्यक्रमबीच समुद्घाटन गरिएको छ ।
प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका वडा नं ८ को समन्वय एवं स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्था हिकोको आयोजनामा जेष्ठ नागरिक दिवा सेवा केन्द्रको समुद्घाटन गरिएको हो ।
हिको संस्थाका अध्यक्ष प्रकाश बिष्टको अध्यक्षता, वडा...
बाल विवाह न्युनीकरणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
घोराही, १३ वैशाख । घोराही उपमहानगरपालिका वडा नं. १९ मा बाल विवाह न्युनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बाल क्लब, किशोरी समूह, वडास्तरीय बाल संरक्षण समिति, टोल विकास संस्थाका पदाधिकारी गरी ४० जनाको सहभागिता रहेको थियो ।
उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि वडा नं. १९ का अध्यक्ष हर्कबहादुर घर्तीले वडा नं. १९ उपमहानगरपालिकाको विकट बस्ती भएको हुँदा...
बालमैत्री घोषणाको तयारी गर्दै घोराही वडा नं. १६
घोराही, १३ बैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर १६ लाई बालमैत्री वडा बनाउनका लागि पहिलो चरणको क्रियाकलाप सुरु भएको छ । उपमहानगरको महिला बालबालिका तथा सामाजिक विकास शाखा र वडा कार्यालयको कार्यक्रम मार्फत वडालाई बालमैत्री बनाउने पहिलो चरणको क्रियाकलाप सुरु भएको हो ।
वडालाई बालमैत्री बनाउन सामाजिक क्षेत्रका सबै निकायका प्रतिनिधिहरुलाई अभिमुखीकरण गर्ने काम सुरुभएको छ । अभिभावक, बालबालिका, जनप्रतिनिधि,...
शैक्षिक गुणस्तर सुधारमा सरोकारवाला सबै लाग्नुपर्ने
तिर्थराज ज्ञवाली
देउखुरी, १२ वैशाख । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवाला सबैलाई सक्रिय भएर लाग्न निर्देशन दिनुभएको छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम वार्षिक विद्यालय सुधार योजनामा सहभागितामूलक समीक्षा र योजना तर्जुमा गोष्ठीमा बोल्दै अध्यक्ष सुवेदीले प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थी सबै लागे मात्र शैक्षिक गुणस्तर हासिल गर्न सकिने धारणा राख्नुभयो...
शूल्क निर्धारण गर्न माग
घोराही, ५ बैशाख । अनेरास्ववियु दाङले संस्थागत तथा सामुदायिक विद्यालयको वर्गीकरण र शैक्षिक शुल्क निर्धारण गर्न स्थानीय तहसँग माग गरेको छ । अनेरास्ववियुका पदाधिकारीसहितको टोलीले हालै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी र तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउँदै शैक्षिक शुल्कका नाममा मनपरी रकम अशुल्ने कार्यलाई पालिकाले तत्काल रोक्न माग गरिएको छ ।
ज्ञापनपत्रमा नेपालको संविधानले समेत माध्यामिक तहसम्मको...
पुस्करादेवीको स्मृतिसभा
घोराही, ५ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पाँच नम्वर प्रदेश सदस्य लक्ष्मण आचार्य तथा ओमप्रकाश आचार्य, बलदेव आचार्य, निमकान्त आचार्य, रविकिरण आचार्य र राजु आचार्यका आमा पुस्करादेवी आचार्यको १३ दिनको पुण्यतिथिमा नेकपा दाङले श्रद्धाञ्जलीसभा सम्पन्न गरेको छ । नेकपाका जिल्ला कार्यदल सदस्य टीकाराम खड्काको अध्यक्षता तथा ५ नम्वर प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी...
पाठ्यपुस्तकको रकम आउन ढिलाई भएको गुनासो
दाङ, २७ चैत । घोराही उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा पाठ्यपुस्तकका लागि रकम नआउँदा पाठ्यपुस्तक खरीदमा समस्या भएको सम्वन्धित विद्यालयहरुले गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने इएलपी कार्यक्रम अन्तर्गत सेवाप्रदायक निकाय र सेवाग्राहीवीच आज घोराहीमा भएको अन्तरक्रिया कार्यक्रममा विद्यालयका शिक्षकहरुले नयाँ शैक्षिक सत्र सुरु हुन लाग्दासम्म पनि रकम...
कानुनको व्यावहारिक कार्यान्वयन आवश्यक
दाङ, २६ चैत । मानवअधिकारको प्रत्याभूतिका लागि कानुनको व्यवहारिक कार्यान्वयन हुनुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । गृहमन्त्रालयले मंगलबार घोराहीमा आयोजना गरेको मानवअधिकार प्रवर्द्धनसम्बन्धी जिल्लास्तरीय अन्तरक्रियामा बोल्दै वक्ताहरुले संविधानप्रदत्त व्यवस्थाको व्यवहारिक कार्यान्वयन आजको आवस्यकता औँल्याए ।
कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले सेवाप्रदायक निकाय नागरिक अधिकारप्रति गम्भीर हुनुपर्ने बताउनुभयो । यस्तै नेकपाका जिल्ला कार्यदल सदस्य...
गृह मन्त्रालयकाे परिपत्र कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ, २५ चैत । जन्मका आधारमा नागरिकता लिएका नागरिकको सन्तानलाई वंशजको नागरिकता दिनु भन्ने गृह मन्त्रालयको सर्कुलर कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सोमबार अन्तरिम आदेश दिएको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले दायर गरेको रिटमा न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले सर्कुलर तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।
गृह मन्त्रालयले चैत १९ गते देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई जन्मका आधारमा नागरिकता प्राप्त...











