निवृत्त शिक्षकहरुका लागि छुट्टै अस्पतालको माग
घोराही, २५ चैत । नेपाल निवृत्त शिक्षक समाजका केन्द्रीय अध्यक्ष चुडामणि शर्मा कट्टेलले निवृत्त शिक्षकहरुका लागि छुट्टै अस्पतालको माग गर्नुभएको छ । नेपाल निवृत्त शिक्षक समाज दाङको १५ औं जिल्ला परिषद् तथा हाम्रो चिनारी स्मारिका विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि कट्टेलले जंगी, निजामतिजस्तै शिक्षकहरुका लागि पनि अस्पतालको माग गर्नुभयो । उहाँले सके निजामति अस्पतालबाटै समाहित गरेर सेवा दिनुपर्ने नभए...
उद्योग संघ दाङको अध्यक्षमा गौतम
दाङ, २४ चैत । नेपाल उद्योग संघ दाङको जिल्ला अध्यक्षमा सुनील गौतम चयन हुनुभएको छ । शनिवार भरतपुरस्थित नेकपा कार्यालयमा भएको उद्योगीहरुको जिल्ला भेलाले गौतमको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा युवा वैज्ञानिक तथा व्यवसायी मार्सल रोका, उपाध्यक्षहरुमा भागवत कमलापुरी बानिया, दीपकराज आचार्य, महासचिवमा जगदीश भण्डारी, कोषाध्यक्षमा विकास ओली चयन हुनुभएको छ । यसैगरी...
पहाडी क्षेत्रको विकास अवस्थाबारे अवलोकन
तिर्थराज ज्ञवाली
मसुरिया (देउखुरी), २४ चैत । राप्ती गाउँपालिकाद्वारा वडा नं ५ को पहाडी क्षेत्रको विकास अवस्थाको प्रगतिको बारेमा अवलोकन गरिएको छ । यस आर्थिक वर्षको स्वीकृत बार्षिक योजना अन्तरगत वडा नं ५ को पहाडी क्षेत्रको विकास र योजनाको अवस्थाको वारेमा अवलोकन गरिएको हो ।
अवलोकनमा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, वडा नं...
चट्याङ लागेर ३ गोरु मरे
दाङ, २४ चैत । गएराति चट्याङ लागेर घोराही उपमहानगरपालिका १९ राम्चेका ओमराज घर्तीमगरका तीनवटा गोरु मरेका छन् ।
वडा अध्यक्ष हर्क घर्तीका अनुसार चट्याङ पर्दा गोठमा बाँधेका तिनवटा गोरु मरेका हुन् । गोठमा समेत चट्याङले क्षति पुर्याएको छ ।
गयराति हावाहुरीसहित असिना पानी परेको थियो । असिना पानीले जिल्लाको तुलसीपुर क्षेत्रमा कृषकले लगाएको अन्न तथा तरकारी बालीमा समेत क्षति पुर्याएको छ...
विभिन्न भवन निर्माण स्थलको अवलोकन
तिर्थराज ज्ञवाली
मसुरिया (देउखुरी), २२ चैत । राप्ती गाउँपालिकामा सञ्चालित तराई मधेश समृद्ध कार्यक्रम तथा सांसद क्षेत्र विकास कोष अन्तर्गतका दुईवटा योजना स्थलको राप्ती गाउँपालिकाबाट अवलोकन गरिएको छ । बिहीवार तराई मधेश समृद्ध कार्यक्रम अन्तर्गतको राप्ती गाउँपालिका वडा नं ६ बगरापुरस्थित थारु सांस्कृतिक भवन र सांसद क्षेत्र विकास कोष सांसद मेटमणि चौधरीबाट प्राप्त वडा नं. ७ छोट्की सिसहनियाँस्थित सामुदायिक भवन तथा...
तालिमको सदुपयोग गर्न सहभागीलाई आग्रह
तिर्थराज ज्ञवाली
मसुरिया (देउखुरी), २१ चैत । राप्ती गाउँपालिका वडा नम्बर २ मा सिलाई कटाई तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले तालिम ध्यान दिएर सिक्न आग्रह गर्दै त्यसको सही सदुपयोग गर्न सहभागीहरुलाई आग्रह गर्नुभएको छ । दुई महिने सिलाई कटाई तालिमको उद्घाटनका अवसरमा बोल्दै अध्यक्ष सुवेदीले सिलाईकटाईको सदुपयोग गर्न सके आयस्तर बृद्धिमा सहयोग पुग्ने बताउनुभयो ।
गाउँपालिका नागरिकलाई स्वरोजगार बनाउने...
योजनाको अवस्थाबारे प्राविधिकसँग सोधपुछ
तिर्थराज ज्ञवाली
मसुरिया (देउखुरी), २१ चैत । राप्ती गाउँपालिकाको हालसम्मको योजना तथा कार्यक्रमको अवस्थाको बारेमा राप्ती गाउँपालिकाका ईन्जिनियर, ओवरसियर, अ.स.ई, अमिन, प्राविधिकहरुसँग सोधपुछ गरिएको छ ।
यस आर्थिक वर्षको स्वीकृत योजना अन्तर्गतका विकास निर्माणका योजनाहरुको अवस्थाबारे राप्ती गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतले जानकारी लिनुभएको हो । राप्ती गाउँपालिकाको तेस्रो गाउँसभाबाट स्वीकृत भएका योजनाहरुलाई हिले योजनाबाट बचाउँदै समयमै सम्पन्न गर्न ईन्जिनियर,...
शैक्षिक सुधारका लागि विद्यालयसँग छलफल
घोराही, २१ चैत । शैक्षिक सुधारका लागि घोराही उपमहानगरपालिका ११ ले वडाभित्र रहेका विद्यालयहरुसँग छलफल थालेको छ । वडा कार्यालयको आयोजनामा विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष र शिक्षाप्रेमीको सहभागितामा छलफल थालिएको हो ।
वडाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका सबै पदाधिकारीसँग छलफल गरिएको छ । शैक्षिक सुधारका लागि पहिलो चरणमा छलफल गरिएको वडाध्यक्ष कुलबहादुर लामिछानेले...
बारको अध्यक्षमा प्रगतिशील प्यानलका श्रेष्ठ विजयी
काठमाडौँ, २१ चैत । कानून व्यवसायीहरुको छाता सङ्गठन नेपाल बार एशोसिएशनको अध्यक्षमा प्रगतिशील प्यानलका उम्मेदवार चण्डेश्वर श्रेष्ठ विजयी हुनुभएको छ । लोकतान्त्रिक समूहका उम्मेदवार सुनीलकुमार पोखरेललाई पराजित गरी श्रेष्ठ नयाँ कार्यसमितिका लागि निर्वाचित हुनुभएको हो । श्रेष्ठले ४ हजार २२ मत प्राप्त गर्नुभएको थियो भने पोखरेलले ३८ सय ७३ मत प्राप्त गर्नुभयो ।
अध्यक्षसहित अधिकांश पदमा प्रगतिशील प्यानलका उम्मेदवार विजयी...
नेपाल बैंकको सेवा तुलसीपुरबाट पनि सुरु
तुलसीपुर, २० चैत । नेपाल बैंक लिमिटेडले तुलसीपुरबाट पनि सेवा दिन शुरु गरेको छ । तुलसीपुर उपमहानगरपालिका ६ घोराही रोडबाट बुधबारदेखि नेपाल बैंकले सेवा शुरु गरेको हो ।
शाखा प्रबन्धक विश्वराज अधिकारीका अनुसार हाल नयाँ खाता खोल्ने, नगद जम्मा, भुक्तानी, रेमिट्यान्स, ट्रान्सफर सेवा शुरु भएको छ । साथै दुईहप्ता भित्रमा विभिन्न कर्जा, एटिएम,राजश्व, लकर, सुन धितो कर्जा लगायत सम्पूर्ण वित्तिय सेवा प्रवाह हुने उहाँले...












