फागुन १५ देखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने
घोराही, ५ फागुन । दाङमा यही फागुन १५ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइने भएको छ । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा आईतबार घोराहीमा बैठक बसी कार्यक्रमका बारेमा जानकारी दिईएको छ ।
स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले यस बर्ष यही फागुन १५ गते देखी हात्तिपाईले रोग बिरुद्धको औषधी खुवाउने कार्यक्रम तय भएको जानकारी दिनुभयो । हात्तिपाईले...
उपचारलाई प्रभावकारी बनाउन संसदीय समितिको निर्देशन
घोराही, ५ फागुन । संघीय संसद अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिका सभापती जयपुरी घर्तीले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपचार सेवालाई तत्काल प्रभावकारी बढाउन निर्देशन दिनुभएको छ ।
आईतबार प्रतिष्ठान देखिएको कर्मचारी बिबादको छानविन गर्न आउनुभएका समिति सभापती घर्तीले जनताको उपचार सेवालाई प्राथमिकता दिएर अघि बढ्न निर्देशन दिनुभयो । प्रतिष्ठानमा अस्पताल हस्तान्तरण भएपछि कर्मचारीहरुलाई राख्दैन भन्न नपाउने भन्दै सबै कर्मचारीहरुलाई उचित...
बालबालिकाको शिक्षा र संरक्षणमा ध्यान दिन आग्रह
घोराही, ४ फागुन । अभिभावकहरुलाई बालबालिकाको शिक्षा र संरक्षणमा ध्यान दिन अभिमुखिकरण गरिएको छ । भ्यालिटप स्कुल घोराहीको आयोजनामा शनिवार भएको एकदिने अभिमुखिकरणमा अभिभावकहरुलाई आफ्ना सन्तानको शिक्षा र संरक्षणमा ध्यान दिन सुझाव दिइएको हो ।होटेल टि थ्रीमा आयोजना गरिएको कार्यक्रममा झण्डै पाँच सय अभिभावकहरुको सहभागिता थियो । सो अवसरमा प्रशिक्षक देशराज दाहालले सहजीकरण गर्नुभएको थियो । उहाँले विद्यालयमा ६...
नेकपाका दशवटै तहका अध्यक्ष र सचिवले लिए सपथ
घोराही, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टीले जिम्मेवारी दिएका दाङका सबै स्थानिय तहका अध्यक्ष एवं सचिबहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । पार्टी कार्यालय भरतपुरमा शनिबारआयोजित कार्यक्रममा दश पालिकाका अध्यक्ष एवं सचिबहरुलाई पार्टीका प्रदेश इन्चार्ज एवं मुख्यमन्त्री शंकर पोख्रेलले आज पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो ।
कार्यदल सदस्य टीकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश इन्चार्ज पोख्रेलले संगठनलाई...
अन्य प्रदेशभन्दा प्रदेश ५ एक कदम अघिः मुख्यमन्त्री
घोराही, ४ फागुन । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश सरकारको एक बर्ष समग्र प्रदेश विकासका आधारहरु तयार गर्न केन्द्रित भएको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर दाङले शनिबार घोराहीमा गरेको पत्रकार भेटघाटमा बोल्दै मुख्यमन्त्री पोख्रेलले प्रदेश सरकारको एक बर्ष विकासका आधारहरु तयार गर्न मै बढी केन्द्रित भएको र विकासको मार्गमा अघि बढेको बताउनुभएको हो ।
प्रदेशभरीका...
बुद्ध हस्पिटलमा राप्ती अञ्चलमै पहिलोपटक क्लोनोस्कोपी सेवा
घोराही, ४ फागुन । दाङको घोराहीमा रहेको बुद्ध हस्पिटल प्रालिले अञ्चलमै पहिलो पटक क्लोनोस्कोपी सेवा आरम्भ गरेको छ । सेवा आरम्भ भएसँगै बिरामीहरुले अब घोराहीमै सुलभ दरमा सेवा पाउने भएका छन् ।
पेटको माथिल्लो भागका रोगहरु इन्डोस्कोपीबाट पत्ता लगाउने गरिएको भए पनि विशेष गरेर ठुलो आन्द्रामा भएको समस्या यसबाट पत्ता लाग्ने डा. रमेश बस्नेतले जानकारी दिनुभयो । क्लोनोस्कोपीको सहायताले लामो...
उत्कृष्ट महिला स्वास्थ्य स्वयंमसेविकालाई पुरस्कृत गरिने
घोराही, ३ फागुन । घोराही उपमहानगरपालिका वडा नं. १४ ले वडामा काम गर्दै आएका उत्कृष्ट महिला स्वास्थ्यस्वयंम सेवीकालाई पुरस्कृत गर्ने भएको छ । महिला स्वास्थ्य स्वयंमसेविकाको प्रथम अर्ध–बार्षिक समिक्षा कार्यक्रममा वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीले यस्तो जानकारी दिनुभएको हो ।
कार्यक्रममा बोल्दै वडा नं. १५ का अध्यक्ष रमेश पाण्डेले काम गर्ने वातावरण सहज बनाउँनका लागि काम गर्नुपर्ने बताउनुभयो । बर्षदिन सम्म स्वंयम...
बंगलाचुलीमा निःशुल्क स्वाथ्य शिविर
दाङ, ३ फागुन । हरेक मानिसले आफ्नो स्वास्थ्यको बारेमा ख्याल गर्नुपर्ने धारणा शुक्रबार बंगलाचुलीमा आयोजना गरिएको एक कार्यक्रमका सहभागिले बताएका छन् । उनिहरुले मान्छेको स्वाथ्यलाई जस्तो बनायो उस्तै प्रतिफल मिल्ने भन्दै स्वाथ्यको सबैले ख्याल गर्नुपर्ने बताएका थिए । बंगलाचुली गाउँपालिकामा आयोजीत एकदिने निःशुल्क स्वाथ्य शिविरको उद्घाटन शत्रमा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै प्रदेश नम्वर ५ का सभासद् अमर बहादुर डाँगीले स्वाथ्यलाई...
विद्यालय अब शिक्षासँगै सामाजिक विकासमा पनि लाग्नुपर्ने
घोराही, ३ फागुन । विद्यालयहरुले शिक्षासंगै सामाजिक विकासको काममा पनि योगदान दिन आज आयोजित एक कार्यक्रमका सहभागीहरुले सुझाव दिएका छन् । घोराहीमा रहेको जनज्योति विद्यामन्दिरको २१ औं बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्नेहरुले शिक्षाको विकासका लागि निजी विद्यालयहरुले राम्रो योगदान गरिरहेको भए पनि अव सामाजिक विकासका लागि पनि योगदान गर्नुपर्ने बेला आएको बताएका थिए ।
विद्यालयका अध्यक्ष प्रकाश घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने...
लखनकप रनिङ फुटबल सुरु, उद्घाटन खेलमा हापुर विजयी
घोराही, २ फागुन । नेपालका प्रथम सहिद लखन थापामगर कप रनिङ फुटबल प्रतियोगिता बिहीवारदेखि सुरु भएको छ । घोराही भरतपुर मैदानमा एक कार्यक्रमकाबीच पाँच नम्वर प्रदेशसभा सभामुख पूर्णबहादुर घर्तीमगरले प्रतियोगिताको उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै घर्तीले सहिदहरुकै रगत पसिनाले देशले समृद्धि हासिल गर्न लागेको बताउनुभएको छ । नेपालका प्रथम सहिद लखन थापामगरको १४२ औं स्मृति दिवसका अवसरमा आयोजित...














