घोराहीमा अपांगता परिचयपत्र वितरण सुरु

घोराही, २ फागुन । घोराही उपमहानगरपालिकाले अपांग परिचयपत्र वितरण थालेको छ । सरकारको नयाँ कार्यविधिअनुसार घोराही उपमहानगरले आफ्नै कार्यविधि बनाएर फेरि अपांगता परिचयपत्र वितरण थालेको हो । आज नगरप्रमुख नरुलाल चौधरीले घोराही ८ सौँरीका पर्वत थारुलाई परिचयपत्र हस्तान्तरण गरेर वितरणको काम थाल्नुभएको हो । नगर उपप्रमुख सीता सिग्देल न्यौपाने र महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख मोतीकुमारी विश्वकर्माको उपस्थितिमा...

बम भएको आश‌ंका गरिएको झोलामा कपडा

तुलसीपुर, १ फागुन । दाङको तुलसीपुरमा बम भनी डिस्पोज गर्न गएको सेनालाई झोलाभित्र कपडा हात लागेको छ । उक्त झोलामा पुराना कपडा फेला परेका छन् । १९ नम्बर बाहिनी अड्डा तुलसीपुरबाट प्रमुख सेनानी विष्णु बस्नेतको नेतृत्वमा खटिएको ११ जनाको सेनाको टोलीले बम भनी डिस्पोज गर्ने क्रममा झोलाभित्र सर्ट, ट्राउजर र चप्पल फेला परेको घटना स्थलमा पुगेका सशस्त्र प्रहरी बल सुरक्षा...

उद्यमशीलतामा जोडिन युवाहरुलाई नगर प्रमुखको आग्रह

घोराही, १ फागुन । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उत्पादन र आम्दानीमा जोडिन युवाहरुलाई आग्रह गर्नुभएको छ । बैदेशिक रोजगारीमा लगाउने लगानी स्वदेश मै लगाउन आग्रह गर्दै नगर प्रमुख चौधरीले सिप र ज्ञान दिन उपमहानगर तयार रहेको बताउनुभयो । घोराही उपमहानगरपालिका वडा नम्बर १४ अटो भिलेजमा रामपुरका दुई युवाले सुरु गरेको राप्ती अटो वर्क सपको बुधबार उद्घाटन गर्दै नगर प्रमुख...

प्रतिष्ठानलाई जग्गा टुंग्याउन सकस

घोराही, १ फागुन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनका लागि आबस्यक जग्गा प्राप्तीमा सकस भएको छ । प्रतिष्ठान स्थापना भएको लामो समय बिति सक्दा पनि जग्गाको टुंगो लाग्न सकेको छैन । जग्गा खोजीका लागि निरन्तर पहल भैरहेपनि टुंगो भने लाग्न सकेको छैन् । प्रतिष्ठान सञ्चालनका लागि अस्पताल भए पनि अन्य गतिबिधीहरु सञ्चालनका लागि ५० बिगाह बढी जग्गाको आबस्यक पर्ने देखिएको...

कृषिको व्यावसायिकताबाटै समृद्धिः डाँगी

घोराही, १ फागनु । प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले देशको संबृद्धी व्यवसायीक कृषीबाटै हुने बताउनुभएको छ । कृषि ज्ञान केन्द्र दाङले बुधबार आयोजना गरेको अभिमुखिकरण गोष्ठीमा बोल्दै प्रदेससभा सदस्य डाँगीले व्यवसायीक कृषिबाटै संबृद्धी ल्याउन सकिने बताउनुभयो । कृषिलाई प्रबद्र्धन गर्नकै लागि प्रदेश सरकारले स्मार्ट कृषि गाउँ र करार खेतीको नयाँ योजना अघि सारेका उल्लेख गर्नुभयो । ज्ञान केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेतको...

बबई गाउँपालिकामा कृत्रिम गर्भधारण सेवा शुरु

बालकृष्ण पाण्डे हापुरे, २८ माघ । बबई गाउँपालिका अन्तर्गतको पशु सेवा शाखा कार्यालयले कृत्रिम गर्भधारण सेवा शुरु गरेको छ । बबई गाउँपालिका भित्रका पशु चौपायाहरुमा सेवा शुरु गरेको पशु सेवा शाखा कार्यालयले जनाएको छ । गाई, भैंसी र बाख्राहरुमा कृत्रिम गर्भधारण सेवा शुरु भएपछि बबई गाउँपालिका भित्रका पशुपालन गर्ने कृषकहरु लाभान्वित हुने भएका छन् । कृत्रिम गर्भधारण गर्दा गाउँपालिकाको पशुसेवा शाखा कार्यालयमा ल्याउँदा एक सय...

देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको भवन शिलान्यास

लमही, २८ माघ । देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च दाङको भवन शिलान्यास गरिएको छ । लमही नगरपालिकाका मेयर कुलबहादुर केसीले भवनको शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रममा बोल्दै मेयर केसीले सबै साहित्यकार एवं साहित्यानुरागीहरुको सकृयता भएमा नगरपालिकाको तर्फबाट पनि सक्दो सहयोग रहने र आगामी वर्ष मञ्चको वार्षिकोत्सव कार्यक्रम नयाँ बन्ने सभाहलमा गर्न सकिने विश्वास दिलाउनुभयो । लमही नगर विकास समितिले प्रदान गरेको १५ कठ्ठा जग्गामा...

सहिदको सपना पूरा गर्नुपर्ने

दाङ, २८ माघ । लोकतान्त्रिक आन्दोलनका प्रथम सहिद उमेशचन्द्र थापाको स्मृतिमा सोमबार गणतन्त्र स्थापनामा सहिद उमेशचन्द्र थापाको योगदान विषयक अन्तरक्रिया सम्पन्न भएको छ । सहिद उमेशचन्द्र थापा स्मृति प्रतिष्ठानको आयोजनामा अन्तरक्रिया आयोजना गरिएको हो । जनआन्दोलन २०६२/०६३ का प्रथम सहिद थापाको २०६२ माघ २६ गते तत्कालिन सरकारद्वारा हत्या गरिएको थियो । स्थानीय निकायको निर्बाचन बहिष्कारका क्रममा थापाको निधन भएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले...

बालिका अपहरण गर्ने चौधरी पक्राउ

घोराही, २८ माघ । दाङ प्रहरीले बालिका अपहरण गर्ने एक ब्यक्तिलाई पक्राउ गरेको छ । दाङको घोराहीबाट बालिका अपहरण गरी फरार रहेको सूचनाका आधारमा खोजतलास गर्दा घोराही ९ ढिकपुरका २८ बर्षीय प्रयास चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । कालीकोटी ४ राँचुली घरभई हाल दाङ घोराही १४ कपासी बस्ने अस्मिता शाहीकी ३ बर्षीया छोरीलाई सोमबार दिउँसो २...

सुरक्षित घर बनाउँदा लगानीसँग तुलना गर्नुहुँदैनः मन्त्री चौधरी

घोराही, २८ माघ । प्रदेश नम्बर ५ का भौतिक योजना तथा पूर्बाधार मन्त्री बैजनाथ चौधरीले भूकम्प प्रतिरोधी घर बनाउँदा लगानीसँग तुलना नगर्न आग्रह गर्नुभएको छ । घोराही उपमहानगरपालिकाको आयोजना र भूकम्प प्रबिधि राष्ट्रिय समाज नेपालको सहयोगमा आज भएको २१औँ भूकम्प सुरक्षा दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले भूकम्प प्रतिरोधी घर बनाउनु नै जीवन सुरक्षा गर्नु भएको बताउनुभयो । भूकम्पले कुनै...

ताजा समाचार