बराहक्षेत्र माविद्वारा महायज्ञको आयव्यय सार्वजनिक
घोराही, २७ माघ । बराहक्षेत्र माविको भौतिक पूर्वाधार तथा प्राविधिक शिक्षा सञ्चालनका लागि घोराहीमा भएको महायज्ञमा करिब डेढ करोड बचत संकलन भएको जनाएको छ ।
घोराही उपमहानगरपालिका-१३ सेवार वनगाउँमा रहेको विद्यालयले महायज्ञबाट एक करोड ५० लाख ५५ हजार तीन सय ३९ रुपैँया बचत भएको जनाएको हो । महायज्ञ मुल आयोजक समितिले आइतबार घोराहीमा पत्रकार सम्मेलन गरेर महायज्ञमा संकलित रकमको आय-व्यय सार्बजनिक गरेको हो ।...
पुस्तक नीति निर्माण गर्न माग
घोराही, २७ माघ । दाङका पुस्तक ब्यबसायीहरुले पुस्तक निती आबश्यक रहेको बताएका छन् । राज्यले पुस्तक निती तयार गरेको भए पनि आबश्यक प्रक्रिया अगाडि बढाउन नसकेको गुनासो गरेका हुन् ।
राष्ट्रिय पुस्तक दिवसका अबसरमा आयोजना भएको पुस्तक हस्तान्तरण कार्यक्रममा बोल्ने ब्यबसायीहरुले यस्तो गुनासो गरेका हुन् । पुस्तक प्रकाशन तथा बिक्री बितरणका लागि आबश्यक कानून नहुदा समस्या रहेको भन्दै राज्यलाई तत्काल प्रक्रिया अगाडि बढाउन माग...
श्रीपञ्चमीको अवसरमा मूर्ति स्थापना
घोराही, २७ माघ । श्रीपञ्चमीको अवसर पारेर भ्याली टप इङ्लिस बोर्डिङ स्कुलले सरस्वतीको मूर्ति स्थापना गरेको छ । विद्यालयको प्राङ्गणमा मूर्ति स्थापना गरी सरस्वती पूजा तथा पुरस्कार वितरण कार्यक्रम समेत आयोजना गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशप्रसाद अधिकारीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका नगर शिक्षा शाखा सहायक प्रमुख नारायण पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विव्यस अध्यक्ष अधिकारीले आफ्नो र्तफबाट...
योगेश भट्टराई दाङ आउँदै
घोराही, २७ माघ । लोकतान्त्रिक आन्दोलनका प्रथम सहिद उमेशचन्द्र थापाको १३औं स्मृति दिवसका सन्दर्भमा सोमबार घोराहीमा कार्यक्रम गरिने भएको छ । सहिद उमेशचन्द्र थापा स्मृति प्रतिष्ठान नेपाल दाङले ‘गणतन्त्र स्थापनामा सहिद उमेशचन्द्र थापाको योगदान’ विषयमा अन्तरक्रिया आयोजना गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष विकिरण गौतमले आइतबार विज्ञप्ति जारी गरेर अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्न संघीय सांसद एवं नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराई आउन थालेको...
बालबालिकालाई अक्षराम्भ
दाङ, माघ २७ । वसन्त पञ्चमीको अवसरमा बालबालिकालाई अक्षराम्भ गराइएको छ । घोराहीको शान्ति निकेतन विद्यालयले २४ जना विद्यार्थीहरुलाई अक्षराम्भ गराएको छ ।विद्यालयका प्रिन्सिपल खगेश्वर पौडेलको अध्यक्षता एवं प्रबन्ध निर्देशन सुनिल गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पी.जी. कक्षामा भर्ना भएका बालबालिकाहरुलाई टीका, खादाले स्वागत गर्दै अक्षराम्भ गराइएको हो ।
पूर्व प्राथमिक तहलाई मन्टेश्वरी विधिबाट पठनपाठन गराइहेको भन्दै विद्यालयका प्रिन्सिपल खगेश्वर...
सांसद वलीको स्वास्थ्य सुधारोन्मुख
घोराही, २६ माघ । सवारी दुर्घटनामा परि गम्भिर घाईते हुनुभएका प्रदेस ५ का सांसद उत्तरकुमार वलीको स्वास्थ्य अबस्थामा सुधार हुदै गएको चिकित्सकहरुले बताएका छन् । सांसद वलीको अबस्था खतरा मुक्त भनिए पनि अझै होस भने खुल्न नसकेको चिकित्सकहरुको भनाई छ ।
काठमाडौको मेडिसिटी हस्टिपलको आईसियूमा राखेर सांसद वलीको उपचार भैरहेको छ । घाइते सांसद उपचारमा संलग्न डाक्टरहरुले सांसद वलीलाई धेरै चोट लागेको भए पनि...
बाल शिक्षा सदनको वार्षिकोत्सव सम्पन्न
घोराही, २६ माघ । बाल शिक्षा सदनको आठौं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । घोराही १५ स्थित विद्यालयले शुक्रबार विविध कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो । विद्यालयका संरक्षक लीलाधर शर्मा पन्थीको अध्यक्षता एवं राप्ती साहित्य परिषद दाङका अध्यक्ष पुरुषोत्तम खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
विद्यालयका प्रिन्सिपल विमला आचार्यले प्रगति प्रतिवेदन पेश गर्दै विद्यालयले बालबालिकाहरुको सिकाइलाई ध्यानमा...
कर्मचारीको सरुवा नियमित प्रक्रिया होः न्यायाधीश थापा
दाङ, २६ माघ । न्यायाधीश रामबहादुर थापाले राष्ट्रसेवक कर्मचारीको सरुवा नियमित प्रक्रिया रहेको र जहाँ गए पनि नागरिकहरुलाई छिटोछरितो र न्यायोचित सेवा प्रवाह गर्नु प्रमुख दायित्व रहेको बताउनु भएको छ । अफिसर्स क्लब तुलसीपुरले आयोजना गरेको बिदाइ कार्यक्रममा बोल्दै न्यायाधीश थापाले कर्मचारीको मुख्य काम भनेकै प्रभावकारी सेवा प्रवाह गर्नु भएको बताउनुभएको हो ।
उच्च अदालत तुलसीपुरका रजिष्ट्रार रहनु भएका क्लबका...
२ सय २४ जनाको निःशुल्क आँखा उपचार
घोराही, २६ माघ । घोराही उपमहानगरपालिका वडा नम्बर १६ सानीअम्बापुरमा शनिबार निःशुल्क आँखा जाँच शिविर भएको छ । शहरी स्वास्थ्य केन्द्र करौतीडाँडाको आयोजनामा भएको आँखा शिविरमा २ सय २४ जनाले उपचार सेवा लिएका छन् । तीमध्ये ३१ जनामा मोतीया बिन्दु देखिएको र उनीहरुलाई सोमबार राप्ती आँखा अस्पताल रक्षाचौर तुलसीपुरमा बोलाइएको छ ।
आँखा अस्पतालका नेत्र बिषेशज्ञ डा. सुरेश रसाईली, नेत्र...
घोराही खानेपानीको चुनाव सम्पन्न, ३१ सय ३६ मत खस्यो
घोराही, २६ माघ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको छ । बिहान ८ बजे देखि सुरुभएको मतदान बेलुका ५ बजे सकिएको हो । ५ हजार ८ सय ३२ मतदाता रहेको खानेपानी संस्थामा ३ हजार १ सय ३६ मत मात्रै खसेको मुख्य निर्बाचन अधिकृत रेवतिरमण भटराईले जानकारी दिनुभएको छ । आज बेलुका...













