बालबालिकालाई व्यावहारिक शिक्षा देऔंः प्रदेश सांसद डाँगी
दाङ, २६ माघ । सांसद अमरबहादुर डाँगीले बालबालिकालाई व्यवहारिक शिक्षा दिन आवश्यक रहेको बताउनुभएको छ । घोराही उपमहानगरपालिका–१६ सर्रास्थित ज्ञानमाला एकेडेमीको ११औं वार्षिकोत्सव तथा शैक्षिक प्रदर्शनीलाई शनिवार सम्बोधन गर्दै प्रदेश सांसद डाँगीले शिक्षालाई अव दैनिक जीवनसँग जोड्नुपर्ने धारणा राख्नुभएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिजबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि डाँगीले ज्ञानमालाले क्रियाकलापमा आधारित शिक्षण सिकाई सञ्चालन...
उपभोक्ताहरुलाई स्वच्छ र सर्वसुलभ पानी उपलब्ध गराउन मेरो उम्मेदवारीः दुर्गा खत्री
दुर्गा खत्री सफल युवा हुनुहुन्छ । स्वच्छ, इमान्दार छवि भएका खत्री समाजमा उदाहरणीय युवाका रुपमा आफ्नो परिचय बनाइसक्नुभएको छ । घोराहीका दर्जन बढी संघसंस्थामा आवद्ध भएर सफल व्यक्तित्वको परिचय दिइसक्नुभएका खत्री यही माघ २६ गते हुन गइरहेको घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा सदस्य पदमा उम्मेदवारी दिनुभएको छ । प्रस्तुत छ यसै सेरोफेरोमा रहेर खत्रीसँग गरिएको कुराकानीको सारसंक्षेप...
बसले अटोलाई ठक्कर दिदा एकको मृत्यु
घोराही, २५ माघ । दाङको घोराहीमा शुक्रबार भएको सवारी दुर्घटनामा एक महिलाको मृत्युभएको छ । घोराही लमही सडक खण्डको कटुवाखोलामा ना ६ ख १५३३ नम्बरको बसले रा १ ह २४३३ नम्बरको अटोलाई ठक्कर दिदा अटोमा सवार घोराही उपमहानगरपालिका १८ गिठेपानी निबासी ५३ बर्षिया मंगली विकको मृत्युभएको हो ।
बसको ठक्करबाट अटो पल्टीदा गम्भिर घाईते भएकी बिकको उपचारको क्रममा मृत्युभएको जिल्ला...
घोराही उपमहानगरको चौथो नगरसभा : २ बिधेयक पारित, लेखा समिति गठन
घोराही, २५ माघ । घोराही उपमहानगरपालिकाको चौथो नगरसभा अधिबेशनले दुईवटा विधेयक पारित गरेको छ । शुक्रबार भएको चौथो नगरसभा अधिबेशनले घोराही उपमहानगरपालिकामा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न बनेको बिधेय र आर्थिक कार्यबिधी नियमित तथा व्यवस्थित गर्न बनेको विधेय २०७५ पारित गरेको हो ।
नगरको काम कार्वाहीलाई प्रभाबकारी बनाउनका लागि आबस्यक निति नियमलाई पूर्णता दिने क्रममा चौथो नगरसभाबाट ती दुई...
प्रतिष्ठान र कर्मचारी बिच ११ बुँदे सहमती, सरकारी करारका जागिर गयो
घोराही, २५ माघ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान र आन्दोलनरत साविक उपक्षेत्रिय अस्पताल विकास समितिका कर्मचारीहरु बिच ११ बुँदे सहमति भएको छ । कर्मचारी आन्दोलन निकै लामो बन्दै गएपछि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्रकुमार यादबको नेतृत्वमा विबाद समाधानका लागि टोली बिहिबार घोराहीमा आएको थियो ।
आन्दोलनरत कर्मचारी, प्रतिष्ठान, स्थानिय सरकार, जिल्ला प्रशासन, नागरिक समाज र प्रतिष्ठान सरोकार समितिका पदाधिकारीहरु सँग...
दाङमा बसले कारलाई ठक्कर दिदा एकको मुत्यु, सांसद वलीसहित १६ जना घाइते
घोराही, २४ माघ । दाङमा बसले कारलाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ भने प्रदेश ५ का सांसद उत्तरकुमार वली सहित १६ जना घाइते भएका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको यात्रुबहाक बसले बुटवलबाट तुलसीपुरतर्फ जाँदै गरेको बा १८ च ६८३६ नम्बरको सांसद वली सवार कारलाई बिहिवार पौने पाँच बजेतिर घोराही-लमही सडकखण्ड अन्तर्गत घोराही...
मृगौला पीडित लक्ष्मीको अपिल ‘बेडबाटै जीवन रक्षा गरिदिनुस्’
घोराही, २४ माघ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ पैयाँखोर निबासी मृगौला रोगबाट पीडित लक्ष्मिश्रिस वलीले आफ्नो जीवन रक्षा गरिदिन अपिल गर्नुभएको छ । दुबै मृगौलाले काम गर्न छोडेपछि उपचारका लागि अस्पतालमा भर्ना हुनुभएका वलीले आर्थिक सहयोग गरेर उपचारमा सघाउन अपिल गर्नुभएको हो ।
मृगौला प्रत्यारोपण गर्नका लागि निकै धेरै रकम लाग्ने भन्दै वलीले सहयोग जुटाएर जीवन रक्षा गरिदिन बुटवलको...
जयशेर माविमा नवाह ज्ञान महायज्ञ
घोराही, २२ माघ । जयशेर मावि घोराही–६ रावतगाउँले प्राविधिक र उच्च शिक्षा सञ्चालनका लागि महायज्ञ शुरु गरेको छ । विद्यालयको शैक्षिकस्तर बृद्धिका लागि विद्यालयले माघ २२ देखि फागुन १ गतेसम्म श्रीमद्भावगत धनधान्याचल नवाह ज्ञान महायज्ञ सञ्चालन गरेको हो ।
महायज्ञ मूल आयोजक समितिका सहसंयोजक प्रवीण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले महायज्ञको उद्घाटन गर्नुभएको थियो ।...
अर्गानिक खेतीका लागि बीउ उत्पादन सुरु
घोराही, २२ माघ । घोराही उपमहानगरपालिका वडा नं. १ र २ मा पर्ने रामपुरको बुकामा गरिने अर्गानिक खेतीका लागि तयारी सुरु गरिएको छ ।
पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्र नेपालको अगुवाइ तथा स्थानीय समुदायको सक्रियतामा सुरु भएको अर्गानिक पकेट क्षेत्र निर्माण कार्यक्रम अन्गर्त बीउ उत्पादन सुरु गरिएको छ ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको जिइएफ÷एसजिपीको सहयोगमा यी दुई वडामा अर्गानिक...
टेलिकमका तीन कर्मचारीबिरुद्ध मुद्दा
घोराही, २२ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकम घोराहीमा कार्यरत तत्कालीन तीनजना कर्मचारीबिरुद्ध झुट्ठा टिकट पेश गरेर रकम बुझेको अभियोगमा आरोपपत्र दायर गरेको छ ।
आयोगले जारी गरेको विज्ञप्तिमा नेपाल टेलिकम दूर सञ्चार कार्यालय घोराहीमा कार्यरत कर्मचारीहरुले हवाई जहाजमा यात्रा नै नगरी फर्जी टिकट पेश गरी भुक्तानी लिएको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।...













