निकिता पौडेल बैठकमा अनुपस्थित भएपछि सञ्चारमन्त्री रुष्ट
काठमाडौं– मन्त्रालयका विभिन्न बैठकमा मातहतका विभागीय प्रमुखहरु नै अनुपस्थित हुन थालेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा ‘एक्सन’मा उत्रने भएका छन् ।
आइतबार मन्त्रालयको एक आन्तरिक बैठकमा चलचित्र विकास वोर्डकी अध्यक्ष निकिता पौडेल अनुपस्थित बनेपछि मन्त्री बास्कोटाले अटेर गर्ने प्रमुखहरुलाई कारवाही गर्ने चेतावनी दिएका हुन् ।
मन्त्रालय स्रोतका अनुसार आइतबार चलचित्र विकास बोर्डको प्रगतिविवरणसम्बन्धी एजेण्डामा छलफल गर्ने कार्यक्रम थियो । तर,...
प्रिमियरमा खुलेकी आना
नायिका आना शर्मालाई चलचित्रको कार्यक्रममा खासै देख्न पाइदैन । आना चलचित्रमा कम, व्यक्तिगत जीवनमा बढी रमाइरहेकी छिन् । यसैले पनि उनले चलचित्रमा अभिनय पनि कम गरेको पाइन्छ । यसैले पनि आना शर्मा कुनै सार्वजनिक कार्यक्रममा पुग्दा उनीप्रति मिडियाको नजर पर्नु स्वभाविक नै हो ।
बिहिबार बेलुकी आयोजना भएको चलचित्र ‘रणवीर’को प्रिमियरमा पुगेकी आना शर्मालाई क्यामेरामा कैद गर्न फोटोपत्रकारको तछाडमछाड देखियो...
शान्तिनगरमा दोस्रो अध्यक्ष कप समापन
घोराही, २० माघ । शान्तिनगरमा सञ्चालन भएको दोस्रो अध्यक्ष कप प्रतियोगिता शनिबार समापन भएका छन् । शान्तिनगर गाउँपालिकाको आयोजनामा भएको प्रतियोगिता शनिबार प्रदेश सांसद उत्तरकुमार वलीले समापन गर्नुभएको हो ।
माघ १६ गतेदेखि शान्तिनगर गाउँपालिकाको वडा नम्बर २ सिमसुन्दरपुरमा सञ्चालन भएको प्रतियोगितामा गाउँपालिकाका सबै वडाको सहभागीता रहेको थियो । गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
स्थानीय तहमा रहेका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले अध्यक्ष...
काँग्रेसले विरोध प्रदर्शन गर्ने
दाङ, २० माघ । नेपाली कांग्रेस दाङले सोमवार घोराहीमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन सम्पूर्ण दाङबासीहरुमा अनुरोध गरेको छ । नेपाली काँग्रेसको माघ १३ गते बसेको केन्द्रीय समितिको बैठकको निर्णयअनुसार देशभर विरोध प्रदर्शन आयोजना गरिएको छ ।
ससंदमा माघ ११ गते भएको बलजफ्ती घटना, प्रधानमन्त्री स्वयंम्को अग्रसरतामा भएको सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्य लगयातका निर्णयहरुको विरुद्धमा एवं जिल्ला स्तरमा...
लेखक संघ दाङले स्रष्टाहरुलाई सम्मान गर्ने
दाङ, २० माघ । लेखक संघ दाङले एक दर्जन बढी साहित्यकारलाई पुरस्कृत गर्ने जनाएको छ । संघको आइतबार घोराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । संघका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षतामा बसेको बैठकले साहित्यकारलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
संघले दिएको जानकारी अनुसार बमशंकर साहित्य पुरस्कार डिल्लीराज शर्मा, नन्दप्रज्ञा प्रतिभा पुरस्कार डा. गणेश पाण्डेय, मञ्जुराणा स्मृति साहित्य पुरस्कार सृजना शर्मा, शारदा लोहनी साहित्य...
खानेपानीको नेतृत्वका लागि नेकपाको प्रगतिशील प्यानल छनौट
दाङ, २० माघ । घोराही खानेपानी तथा सरसफाई तथा सस्थाको नेतृत्वका लागि नेकपाले उम्मेदवार छनौट गरेको छ । माघ २६ गते हुने निर्बाचनका लागि नेकपाले उम्मेदवार छनौट गरेको हो ।
घोराही खानेपानी तथा सरसफाई निर्बाचन परिचालन समितिका संयोजक राममणी पाण्डेको अध्यक्षतामा बसेको बैठकले प्रगतिशील प्यानलको तर्फबाट उम्मेदवार छनौट गरेको हो । २६ गते हुने निर्बाचनका लागि अध्यक्ष पदमा गणेशप्रसाद श्रेष्ठ, उपाध्यक्षमा मधुसधन अर्याल, सचिबमा...
वडा नम्बर १२ ले जेष्ठ नागरिकलाई सम्मान
घोराही, २० माघ । घोराही उपमहानगरपालिका वडा नम्बर १२ ले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । वडाले ८० वर्ष भन्दा माथीका जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।
वडा अध्यक्ष राजेन्द्र बुुढाको अध्यक्षता तथा नगरप्रमुुख नरुलाल चौधरीको प्रमुुख आतिथ्यता एवं प्रमुुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनारको विशिष्ठ आतिथ्यतामा जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।
कार्यक्रममा वडाले जेष्ठ नागरिकलाई ओड्ने सामाग्री र हरलिक्स बितरण...
बाँकेदेखि चिसापानीसम्म साइकल यात्रा, दाङका ४ जना सहभागी
घोराही, २० माघ । प्रदेशको आन्तरिक पर्यटन प्रबद्र्धनका लागि नेपालगञ्जदेखि चिसापानीसम्मको साइकल यात्रा सम्पन्न भएको छ । नेपालगञ्जमा रहेको नेपालगञ्ज साइकल क्लबको आयोजनामा साइकल यात्रा गरिरएको हो । प्रदेश नम्बर पाँच र सुदुर पश्चिमको पर्यटन प्रबद्र्धनका लागि साइकल यात्रा संयोजक सतिस निरौलाले जानकारी दिनुभएको छ ।
नेपालगञ्जदेखि सुरु भएको यात्रा बर्दियाको ठाकुरद्वारा हुँदै सुदुरपश्चिम प्रदेशको चिसापानीसम्म भएको थियो । माघ...
हतियार कारखानामा प्रहरीको छापा, ११ थान हतियार बरामद
घोराही, २० माघ । दाङमा प्रहरीले ठूलो मात्रामा हतियार बरामद गरेको छ । राजपुर गाउँपालिका वडा नम्बर ७ भौवानाकामा विभिन्न प्रकारका हतियार बनाउने कारखानामा छापा मारेर प्रहरीले सहित सहित हतियार बनाउने व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालय दाङले आज पत्रकार सम्मेलन गरि भौवानाका निबासी ५९ बर्षिय जितबहादुर बुढालाई विभिन्न प्रकारका हतियार सहित सार्वजनिक गरेको हो । हतियार बनाउने...
प्रतिष्ठानमा बेथिति मौलायो, गर्भवती रिफर-कर्मचारी घाम ताप्दै
निमुसंगम घर्ती
घोराही, २० माघ । बंगलाचुली गाउँपालिका ४ फाँटाकी सुन्तली पुनलाई सुत्केरी व्यथाले निकै च्यापेको थियो । गएको बुधबार रातीको १२ बजे सुन्तलीलाई आफन्तले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रसुती कक्षमा पुर्याए । करिब १० मिनेट बाहिरबाट बोलाए । विरामी लिएर आएका छौ को हुनुहुन्छ भनिरहेयौ तर कोही बोलेनन् सुन्तलीका भिनाजु कृष्णबहादुर पुनले बताउनुभयो । कोही नबोलेपछि गर्भवतीलाई फर्काएर इमरजेन्सीमा...













