बंगलाचुली गाउँपालिकाको चौथो गाउँसभा शुरु
कमिरेचौर, १९ माघ । दाङको एक मात्र पहाडी गाउँपालिकाका रुपमा रहेको बंगलाचुली गाउँपालिकाको गाउँ सभा शुरु भएको छ । प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेलले शनिबार गाउँ सभाको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले सम्पूर्ण तहमा काननुन निर्माण नहुँदासम्म परिवर्तन संस्थागत हुन नसक्ने बताउनु भयो । उहाँले देशमा बनेको काननुले मात्रै विकासमा सहजता ल्याउने बताउनु भयो । ‘सम्वृद्ध प्रदेश खुसी जनता’ भन्ने...
बालबालिकाको चौतर्फी विकासका लागि किड्स ओलम्पियाड
घोराही, १९ माघ । दाङ जिल्लाका विभिन्न विद्यालयमा पूर्व प्राथमिक तहमा अध्ययन गरिरहेका बालवालिकाहरुको सहभागितामा किड्स ओलम्पियाड सकिएको छ । शनिबार आयोजना गरिएको किड्स ओलम्पियाडमा दाङ जिल्लाका २३ वटा विद्यालयका बालवालिकाहरुले सहभागिता जनाएका थिए ।
गत वर्ष जिल्लामै पहिलो पटक आयोजना गरिएको किड्स ओलम्पियाडको दोस्रो संस्करणका रुपमा यस वर्ष पनि यस खालको कार्यक्रम आयोजना गरिएको किड्स ओलम्पियाड संचालन संस्था स्कुल अफ् ट्रेनिङ प्रालिका...
घोराही १८ नवलपुरमा बाल क्लब गठन
घोराही, १९ माघ । घोराही १८ नवलपुरका बालबालिकाहरुको आज भएको भेलाले नवलपुर बाल क्लब गठन गरेको छ ।
जसको अध्यक्षमा ध्रुव चौधरी, उपाध्यक्ष सुशनकुमार पुन, सचिव जिज्ञासा भट्टराइ, सहसचिव अजिता पोख्रेल, कोषाध्यक्ष आयुष बेलबासे तथा सदस्यहरु सुशन चौधरी, अदिति पुन, मनिष श्रेष्ठ, इशा श्रेष्ठ, फिरोज चौधरी, हेमन्त पोख्रेल, विधान केसी र अभिषेक खनाल रहनुभएको छ ।
भेलाले बुद्धिप्रकाश चौधरी, दीपक पुन...
ज्ञानसिन्धुको १५औं वार्षिकोत्सव
दाङ, १८ माघ । ज्ञानसिन्धु मावि घोराहीले १५ औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवलाई सम्वोधन गर्दै प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष एवं बरिष्ठ साहित्यकार तथा पत्रकार नारायणप्रसाद शर्माले शैक्षिक रुपान्तरणको अगुवाइ शैक्षिक संस्थाहरुले नै गर्नुपर्ने बताउनुभयो ।
उहाँले ज्ञानसिन्धुका विद्यार्थीले देखाएको प्रतिभाको प्रशंसा गर्दै शैक्षिक संस्थाहरुले नाचगान, खेल आदि बहुविधाबाट शिक्षा दिनु राम्रो भएको बताउनुभयो । यसैगरी साहित्यकार गिरिराज शर्माले ज्ञानसिन्धुमा ‘यातनामुक्त शिक्षा’को अभ्यास भइरहेको...
सहिद लखन थापाको स्मृतिमा फुटबल प्रतियोगिता
घोराही, १७ माघ । नेपालका प्रथम शहिद लखन थापा मगरको स्मृतिमा प्रथम लखन थापा मगर रनिङ फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल मगर संघ दाङको आयोजनामा फागुन २ गतेदेखि १५ गतेसम्म प्रतियोगिता हुने भएको हो ।
घोराहीस्थित भरतपुर खेल मैदानमा हुने प्रतियोगीतामा सहभागीता जनाउन नेपाल मगर संघ दाङले सबैमा आग्रह गरेको छ । जिल्लाका खेलाडी मात्रै सहभागी हुने प्रतियोगीतामा सहभागि हुने टिम भने...
५ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ
दाङ, १७ माघ । जवरजस्ती करणीको आरोपमा दाङमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका २ रामपुर बस्ने वर्ष १८ को मुकेश विक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनले घोराही ४ सोनपुर पारखेत बस्ने बर्ष ५ की एक वालिकालाई माघ १६ गते वेलुकी साढे ६ बजे घर नजिकको खोलामा लगी जबरजस्ती करणी गरेको जनाइएको...
घोराही खानेपानीको अध्यक्षमा नेकपाबाट श्रेष्ठले उम्मेद्वारी दिने
घोराही, १६ माघ । नेपाल कम्प्युनिट पार्टीले घोराहीले खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्ष पदका लागि गणेश श्रेष्ठलाई उमेद्वार बनाउने निर्णय गरेको छ । नेकपाद्वारा गठित समन्वय कार्यदलले आज पार्टी कार्यालय भरतपुरमा आयोजना गरेको बैठकले नेकपाबाट गणेश श्रेष्ठलाई अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको हो ।
कार्यदलका संयोजक राममणि पाण्डेको अध्यक्षतामा बसेको बैठकमा पार्टीका जिल्ला कार्यदल सदस्य शिवकुमार आचार्य, सुवास पुन...
शहीदहरुको सम्झनामा वक्तृत्वकला
माघ, १६ घोराही । शहीदहरुको सम्झनामा भ्याली टप इङ्लिस बोर्डिङ स्कुल घोराही दाङले शहीद दिवसका अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
विद्यालयका भाइस क्याप्टेन भविष्या जिएमको अध्यक्षतामा एवं विद्यालयका प्रिन्सिपल लालमणि बस्यालको प्रमुख आथित्यता कार्यक्रम भएको थियो ।
वक्तृत्वकला प्रतियोगितामा कक्षा ४ देखि ९ सम्मका जम्मा ३० जना छात्रछात्राले भाग लिएका थिए । ‘शहीदहरुको योगदान’ शीर्षकको वक्तृत्वकलामा ज्ञात अज्ञात शहीदहरुले...
दाङ निर्माण व्यवसायी संघको अध्यक्षमा पुन निर्वाचित
दाङ, १४ माघ । दाङ निर्माण व्यवसायी संघको निर्वाचनबाट ईश्वरबहादुर पुनको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । संघको सोमबार सम्पन्न नवौँ अधिवेशनबाट पुनको अध्यक्षतामा ८ जना पदाधिकारीसहित १६ सदस्यीय कार्यसमिति चयन भएको हो ।
अध्यक्षमा निर्वाचित पुनले ६१ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी सुरजप्रसाद गुप्ताले ५७ मत प्राप्त गर्नुभएको थियो । अध्यक्षमा तीन जनाको उमेदवारी...
घोराही उपमहानगरको ४१ औँ स्थापना दिवस भोलि
घोराही, १४ माघ । घोराही उपमहानगरपालिकाले भोलि मंगलबार नगरको ४१ औँ स्थापना दिवस मनाउने भएको छ । नगर स्थापना भएको ४१ औँ वर्ष पुगेको अवसरमा उपमहानगरले एक औपचारीक कार्यक्रमको आयोजना गरेको हो ।
नगरको सभाकक्षमा विहान ११ बजे देखी सुरुहुने स्थापना दिवस कार्यक्रमको प्रदेश ५ का आन्तरीक मालिलन तथा कानुन मन्त्री कुलप्रसाद केसीले उद्घाटन गर्ने कार्यक्रम रहेको नगर प्रमुख नरुलाल चौधरीले...














