जनप्रतिनिधि र पत्रकारबीच भीडन्त, पत्रकारहरुद्वारा ३ गोल
घोराही, १४ माघ । घोराही उपमहानगरपालिकाका जनप्रतिनिधि र पत्रकारहरुको समूहबीच आज फुटबल प्रतियोगिता भएको छ । प्रतियोगितामा पत्रकारको समूहले जनप्रतिनिधीहरुलाई शून्यका बिरुद्ध ३ गोलले पराजित गरेको छ ।
घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको नेतृत्वमा जनप्रतिनिधिको समूह र नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनको नेतृत्वमा पत्रकारहरुको समूहबीच खेल भएको हो ।
भरतपुर खेल मैदानमा दिउँसो भएको प्रतिस्पर्धामा पत्रकार महासंघका अध्यक्ष...
४० विद्यालयका शिशु कक्षामा एक हजार कुसन र म्याट
घोराही, १४ माघ । घोराही उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले नगरका ४० वटा विद्यालयलाई कुसन र म्याट प्रदान गरेको छ । बाल विकास अर्थात शिशु कक्षा सञ्चालन भएका ती ४० वटा विद्यालयलाई प्रति बिद्यालय २५ थान कुसन र साढे ३७ मिटर म्याट प्रदान गरिएको हो ।
आज महाशाखाका संयोजक भरत आर्याल, महाशाखा प्रमुख श्रीप्रसाद भटराई, शाखा अधिकृत नारायण पौडेल...
मनाङेले खाए सपथ
दाङ, १४ माघ । गण्डकी प्रदेश सभाको सदस्यको हैसियतमा दीपक मनाङेले पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा सचिवलायमा सपथ खुवाएका हुन् ।
कार्य व्यवस्था परामर्श समितिको बैठकमा शपथ खुवाउने निर्णयमा पुगेका सभामुखले मनाङेलाईसाँझ साढे ६ बजे शपथ खुवाएका हुन् । गत वर्षको प्रदेशसभा निर्वाचनमा उनी मनाङ (ख) बाट स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित भएका थिए।
ज्यान...
निर्माण व्यवसायी संघको अध्यक्षमा पुनको उम्मेदवारी घोषणा
दाङ, १२ माघ । दाङ निर्माण व्यवसायी संघको नयाँ नेतृत्वको लागि ईश्वरबहादुर पुनले अध्यक्षको उम्मेद्वारी घोषणा गर्नुभएको छ । अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएका पुन संघको पूर्व उपाध्यक्ष एवं वर्तमान सल्लाहकारसमेत हुनुहुन्छ ।
पुनले नेतृत्व गरेको समूहको वरिष्ठ उपाध्यक्षमा गोपालप्रसाद घिमिरे, महासचिवमा शोकबहादुर रोका, सचिवमा द्रोणबहादुर बहकरी, कोषाध्यक्षमा हरिवंश दाहालसहित प्यानल खडा गरी चुनावमा जान लागेको हो ।
अध्यक्षमा उम्मेदवारी घोषणा गरेका...
खोलामा अवैध उत्खनन्, १० टेक्ट्रर नियन्त्रण
दाङ, २४ पुस । खोलाहरुमा अवैध नदीजन्य पदार्थको उत्खनन् रोकिन सकेको छैन । जिल्लाका नदी तथा खोलाहरुमा अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन भैराखेको छ । अवैध उत्खनन रोकिन नसक्दा राज्यलाई लाखौ राजश्व घाटा समेत लागेको छ ।
मंगलवार जिल्ला अनुगमन समन्वय समितिले बबई गाउँपालिका ७ को कालीतराबाट अवैध नदीजन्य पदार्थ उत्खनन गर्दै गरेका १० टेक्ट्रर नियन्त्रणमा लिएको छ । नियन्त्रणमा...
जन्मदिनमा पुस्तक उपहार
घोराही, २२ पुस । ज्ञानमाला एकेडेमी घोराही १६ सर्रामा अध्ययनरत कक्षा १० का छात्र नारायणसिंङ पुनले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई पुस्तक प्रदान गरेका छन् ।
विद्यालयमा पुस्तकालय निर्माण कार्यलाई आफ्नो तर्फबाट सहयोग पुर्याउने तथा जन्मदिनलाई सिर्जनात्मकरुपमा मनाउनका लागि आफुले पुस्तक प्रदान गरेको उनले बताएका छन् । २०६१ पुस २१ गते जन्मेका छात्र पुनले विद्यालयका प्रिन्सिपल केशबराज गिरीलाई विभिन्न विधाका ४...
विद्यार्थी प्राध्यापक समन्वय समितिको अध्यक्षमा पाण्डे
दाङ, पुस २२ । भी.एन. कलेज विद्यार्थी प्राध्यापक समन्वय समितिको अध्यक्षमा बबिता पाण्डे निर्विरोध निर्वाचित हुनुभएको छ । दाङको घोराहीबाट सञ्चालित कलेजमा आइतबार सम्पन्न भेलाले पाण्डेलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
नौ सदस्यीय समितिको उपाध्यक्षमा रुपेश पुरी, सचिवमा खगेन्द्रा विष्ट, कोषाध्यक्षमा सविता बिसी र सहसचिवमा विकल्प अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ । त्यसैगरी समितिको सदस्यमा अस्मिता थापा, सुनिता चौधरी,...
दुर्घटना न्युनीकरण गर्न घोराही ११ को सडकमा ट्राफिक चिन्ह
दाङ, २२ पुस । घोराही उपमहानगरपालिका वडा नं. ११ वडा अन्तर्गत पर्ने मुख्य सडकमा ट्राफिक सङ्केतहरु राखिएको छ । अस्थायी ट्राफिक प्रहरीपोष्ट नारायणपुरको पहल तथा घोराही उपमहानगरपालिका वडा नं. ११ को सहयोगमा घोराही–तुलसीपुर सडकखण्डमा ती सङ्केतहरु राखिएको वडा अध्यक्ष कुलबहादुर लामिछानेले जानकारी दिनुभयो ।
सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यक्रम अन्तर्गत ट्राफिक चिन्ह अङ्कित ७ वटा होर्डिङ बोर्डहरु राखिएको अध्यक्ष...
घोराही २ रामपुरमा कालोपत्रे सुरु
दाङ, २० पुस । घोराही उपमहानगरपालिका वडा नं. २ मा सडक कालोपत्रेको काम सुरु भएको छ । तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी ६ किलोमिटर सडक कालोपत्रेको काम सुरु भएको छ । पहिलो चरणमा सडक चौडा पार्ने काम सुरु गरिएको छ । रामपुरको बालिमखोलादेखि सिमलतारासम्मको सडक कालोपत्रेको काम सुरु गरिएको वडा अध्यक्ष केशवराज आचार्यले जानकारी दिनुभयो ।सहरी विकास मन्त्रालयको...
तुलसीपुर १० नयाँगाउँमा पुस २७ गते माघी मिलन कार्यक्रम हुँदै
तुलसीपुर, पुस २० । शान्ति टाेल एवं सयुक्त चौधरी टाेल तुलसीपुर उपमहानगरपालिका १० नयाँगाउँको बैठक आज सम्पन्न भएको छ ।। बैठकले माघी पर्वको उपलक्ष्यमा पुस २७ गते माघि मिलन कार्यक्रम गर्ने निर्णय गरेको छ । संयुक्त चौधरी टाेलका अध्यक्ष माघु चौधरीको अध्यक्षता एवं शान्ति टाेलका अध्यक्ष रमेश अधिकारीको प्रमुख आतिथ्यतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
कार्यक्रमलाई व्यवस्थापन गर्नको लागि विभिन्न...













