बालमैत्री प्रवर्द्धन गर्न भिडियो प्रदर्शन
घोराही, २० पुस । घोराही उपमहानगरपालिका वडा नं. ४ स्थित श्री माध्यमिक विद्यालय डाँडागाउँमा बालमैत्री स्थानीय शासन प्रवद्र्धन सम्बन्धी भिडियो ‘ज्योति’ प्रदर्शन गरिएको छ । हिमालयन शान्ति तथा विकास अभियान नेपालको आयोजना तथा घोराही उपमहानगरपालिका र युनिसेफको सहयोगमा उक्त चलचित्र प्रदर्शन गरिएको थियो ।
घोराही उपमहानगरपालिकालाई बालमैत्री घोषणा गर्ने लक्ष्यका विभिन्न वडामा सचेतनामूलक विविध कार्यक्रमहरु गरिएको घोराही उपमहानगरपालिका महिला तथा...
घोराहीको जयशेरमा महायज्ञ सञ्चालन हुने
घोराही, २० पुस । घोराही उपमहानगरपालिका—६ मा रहेको जयशेर माबि रावतगाउँमा श्रीमद् भागवत् धनधान्याञ्चल महायज्ञ सञ्चालन हुने भएको छ । विद्यालयको सर्वाङ्गीण विकास र प्राविधिक शिक्षा सञ्चालनका लागि महायज्ञ सञ्चालन हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खलुप्रसाद पुन मगरले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिको बैठकले माघ २२ गतेदेखि फागुन १ गतेसम्म महायज्ञ सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष पुन मगरले जानकारी...
महायज्ञ अनुगमन समितिको बैठक सम्पन्न
घोराही, २० पुस । बाराहक्षेत्र माध्यमिक विद्यालय सेवार बनगाउँ श्रीमद्भागवत महायज्ञ अनुगमन समितिको बैठक सम्पन्न भएको छ । अनुगमन समितिका संयोजक प्रा.डा. अर्जुन बुढाथोकीको अध्यक्षतामा अनुगमन समितिको बैठक सम्पन्न भएको हो । बैठकले बाराहक्षेत्र माध्यमिक विद्यालय सेवार बनगाउँ दाङको दाङको भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षालय स्थापनार्थ यही माघ ३ गते देखि ११ गतेसम्म हुने ज्ञान महायज्ञ सभ्य र...
घोराहीमा नेप्किन उद्योग
घोराही, २० पुस । घोराहीमा मितज्यू नेप्किन उद्योगको स्थापना भएको छ । घोराहीमा श्रीधर भुषाल र रामचन्द्र नेपालले संयुक्त लगानीमा मितज्यू नेप्किन उद्योगको स्थापना गर्नुभएको छ ।
विवाह, पार्टीमा दुलाहा–दुलहीको नाम छाप्ने नेप्किन दिने व्यवस्था गरिएको मितज्यू नेप्किन उद्योगकका सञ्चालक श्रीधर भुषालले पत्रकार सम्मेलनमा बताउनुभयो । ग्राहकले रोजाई अनुसारको बुट्टा चित्र नेप्किनमा उपलब्ध गराइने उहाँले बताउनुभयो । जिल्लामा नेप्किनको माग बढी हुन थालेपछि...
आमा सुरक्षा रकम पठाउन निर्देशन
घोराही, १९ पुस । पाँच नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले आमा सुरक्षा कार्यक्रमको रकम तत्काल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउन निर्देशन दिनुभएको छ ।
विहीबार प्रदेश सरकारका मुख्य सचिव डा तिर्थराज ढकाल र आर्थिम मामिला तथा योजना मन्त्रालयका सचिव थानेश्वर गौतमलाई आमा सुरक्षा कार्यक्रमको रकम प्रतिष्ठानमा पठाउन निर्देशन दिनुभएको मुख्यमन्त्रीका स्वकीय सचिव सरोज रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिष्ठानले प्रसूतिलगायतका...
शुल्क लिने निर्णय सच्याऊ
घोराही, १९ पुस । नागरिक समाज दाङले स्वास्थ्य सेवा शुल्क तत्काल फिर्ता लिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आग्रह गरेको छ । विहीवार प्रतिष्ठानकी उपकुलपति संगीता भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाउदै पुस १७ गतेदेखि लागु गरिएको स्वास्थ्य सेवा शुल्क वृद्धिको निर्णय सच्याउन माग गरिएको हो । नागरि समाजका संयोजक चन्द्रराज पन्तले उपकुलपति भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाउनु भएको थियो ।
पोषण पुनस्थापना गृहलाई...
मृतक परिवारलाई आर्थिक सहयोग
घोराही, १९ पुस । राम्री दुर्घटनामा ज्यान गुमाएका शिक्षक नरेश ओलीको परिवारलाई दीपशीखा माविका शिक्षक स्टाफहरुले आर्थिक सहयोग प्रदान गरेका छन । विहीवार विद्यालयमै कार्यक्रम गरेर सहयोग रकम हस्तान्तरण गरिएको हो ।
स्वर्गीय ओलीकी पत्नी सविता विष्ट ओलीलाई विद्यालयका प्रिन्सीपल शोभाकान्त अधिकारीले ४८ हजार ६ सय १५ रुपैया हस्तान्तरण गर्नुभएको हो । विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीहरुले खाजा खर्च कटाएर पीडित...
शिक्षकद्वारा आन्दोलन परिचालन समिति गठन
दाङ, १९ पुस । शिक्षा ऐनको दशौं संशोधन पूर्ण रुपमा कार्यान्वयन गरिनु पर्ने, सुविधा लिन चाहने शिक्षकहरुलाई एकमुष्ठ रकम दिनुपर्ने र सेवालाई निरन्तरता दिन चाहने शिक्षकहरुलाई समुचित ब्यवस्थापन गर्नुपर्ने भन्दै बुधवार घोराहीमा जिल्लाभरका अस्थायी शिक्षकहरुको भेला सम्पन्न भएको छ ।
भेलाले शिक्षकहरुका मागलाई सशक्त ढंगले जिल्ला, प्रदेश र केन्द्रमा पुर्याउन र सरकारको ध्यानाकर्षण गराउन वीरेन्द्र ओलीको संयोजकत्वमा आन्दोलन परिचालन समिति...
बबईका पशुपालकलाई व्यावसायिक बाख्रापालन तालिम
हापुरे, १८ पुस । बबई गाउँपालिकाको आयोजनामा भएको व्यावसायिक बाख्रापालन तालिम समापन गरिएको छ । बबई गाउँपालिका पशु शाखा कार्यालय हापुरेको आयोजनामा भएको तीनदिने व्यावसायिक बाख्रापालन तालिम बबई गाउँपालिका वडा न ५ को बबरपुर समापन भएको हो ।
बबई गाउँपालिका कार्यपालिका सदस्य साबित्रा सुनारको अध्यक्षता तथा बबई गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलको विशेष उपस्थितिमा तालिमको समापन गरिएको थियो । तालिममा बबई...
शिक्षामन्त्रीको शोकपत्र मृतकको घर–घरमा
दाङ, १८ पुस । शिक्षामन्त्रीका प्रमुख सल्लाहकार जीवन गौतमले राम्रीको घटनाका मृतक शिक्षक र विद्यार्थीहरुको घर घरमा पुगेर शिक्षामन्त्रीद्वारा हस्ताक्षरित शोकपत्र बुझाउनुभएको छ ।
शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी तथा शिक्षकहरु अध्ययनका लागि सल्यानको कपुरकोट र मुलपानीमा गएर दाङ फर्कदै गर्दा गत पुस ६ गते भएको भयानक गाडी दुर्घटनामा परी ज्यान गुमाएका शिक्षकको घरमै पुगेर सल्लाहकार गौतमले शिक्षामन्त्रीको शोकपत्र...













