नालालाई सडक बनाउँदै तुलसीपुर वडा नं. ५
घोराही, ९ फागुन । व्यवस्थित बजारका लागि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ ले काम शुरु गरेको छ । फोहर फाल्ने थलो बनेका वडाका भित्री नालालाई सडकको रुपमा विकास गर्न लागिएको वडा सदस्य सुरेश श्रेष्ठले जानकारी दिनुभयो । वडा सदस्य श्रेष्ठका अनुसार झण्डै २ सय ४५ सेन्टिमिटर लम्वाइ र २ मिटर चौडा ६ वटा नालालाई तुलसीपुरका भित्री सडकको रुपमा विकास...
शान्तिनगरमा हात्तीपाइलेविरुद्धको सचेतना
दाङ, ९ फागुन । दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर २ मा हात्तीपाइलेविरुद्ध अभिमुखीकरण सम्पन्न भएको छ । हात्तीपाइले रोगविरुद्ध आम नागरिकहरुलाई सचेतना दिने उद्देश्यका साथ अभियान थालिएको गाउँपालिकाले जनाएको छ । शान्तिनगर स्वास्थ्य शाखा चिराघाटको आयोजनामा एकदिने हात्तीपाइले रोग विरुद्धको वडास्तरीय अभिमुखीकरण गोष्ठी भएको थियो ।
वडाअध्यक्ष फर्साराम डाँगीको अध्यक्षता एवं गाउँपालिकाका अध्यक्ष कमानसिह डाँगीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।...
घोराही–धारपानी भाडादर निर्धारण
घोराही । पाण्डवेश्वर धारपानी धामको बृहत विकासका लागि यही फागुन ११ देखि १८ गतेसम्म सञ्चालन हुन लागेको श्रीमद् भागवत ज्ञानमहायज्ञ अवधिका लागि घोराही-धारापानी यातायात भाडादर निर्धारण गरिएको छ । प्रचार प्रसार तथा यातायात व्यावस्थापन उपसमितिका संयोजक धनपति शर्माको अध्यक्षता जिल्लामा सञ्चालित यातायात व्यावसायी समितिबीचको बैठकले महायज्ञ अवधिभरका लागि बसमा प्रति व्यक्ति ४० र अटोमा प्रति व्यक्ति ७५ रुपैयाँ भाडादर...
महायज्ञका लागि मोटरसाइकल र्याली
घोराही, ८ फागुन । पाण्डवेश्वरी धारपानी धामको बृहत विकासका लागि यही फागुन ११ देखि १८ गतेसम्म सञ्चालन हुन लागेको श्रीमद् भागवत ज्ञानमहायज्ञ सफल बनाउन मुल आयोजक समितिले बिहीवार घोराहीमा मोटरसाइकल र्याली गर्ने भएको छ । बिहान ११ बजे कर्मचारी मिलनकेन्द्रदेखि शुरु हुने मोटरसाइकल र्यालीमा सहभागिताका लागि सबैमा अनुरोध गरिएको छ । प्रचारप्रसारका लागि मोटरसाइकल र्याली गर्न लागिएको महायज्ञ मुल...
मृतक युवतिको सनाखत
तुलसीपुर, ८ फागनु । तुलसीपुरमा मृत अवस्थामा भेटिएकी युवतिको सनाखत भएको छ । सनाखत हुनेमा तुलसीपुर उपमहानगरपालिका–१ शान्ति टोल निबासी कमला भण्डारी (पाण्डे) रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । राप्ती बबई क्याम्पसमा अध्यनरत मृतक कमलाका श्रीमान समीर भण्डारी १९ महिना अघि जापान गएको तुलसीपुर उपमहागनरपालिका–१ का वडाध्यक्ष लक्ष्मण भण्डारीले जानकारी दिए ।
बेलुवामा...
जन्मदिनमा छात्रालाई प्याड र औषधी
घोराही, ८ फागुन । घोराही उपमहानगरपालिका वडा नम्बर १३ स्थित भ्युडर सहरी स्वास्थ्य केन्द्रमा कार्यरत अनमी कविता शर्माले आफ्नो जन्मदिनको अवसरमा छात्राहरुलाई सेनेटरी प्याड वितरण गर्नुभएको छ । वडा नम्बर १३ कै बराह क्षेत्र मावि सेवार वनगाउँका १ सय ७० जना छात्राहरुका महिनावारी भएको बखत प्रयोग गर्ने प्याड वितरण गर्नुभएको हो ।
महिनावारी भएको समयमा छात्राहरु विद्यालयमा अनुपस्थित हुने दर...
सहकारी शिक्षा तालिम सम्पन्न
विमल योगी
दाङ, ५ फागुन । घोराही उपमहानगरपालिका वडा नम्वर ७ को आयोजनामा सहकारी शिक्षा सम्वन्धि तालिम सम्पन्न भयो । वडा भित्र रहेका सहकारी संस्थाका प्रतिनिधि र टोल बिकास संस्थाका पदाधिकारीका लागि आयोजना गरिएको तालिमको आइतबार समापन गरिएको थियो ।
वडाका जेष्ठ सदस्य छन्दबहादुर केसीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारी र टोल बिकास संस्थाले गरिवी न्यूनीकरण र सामाजिक जागरणमा काम...
देशमा समृद्धि र जनतालाई सुखी बनाउनु सरकारको लक्ष्यः प्रदेश सभामुख घर्ती
बुटवल, ५ फागुन । प्रदेशसभा प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले कृषिमा आधुनिकीकरण र औद्योगिकीकरणविना आर्थिक समृद्धि हासिल गर्न नसकिने बताउनुभएको छ ।
बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको ४४औँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । औद्योगिक विकासविना देश समृद्ध हुन नसक्ने र स्वदेशमा स्वरोजगार सिर्जना हुन नसक्ने भन्दै विदेशिएका नागरिकलाई स्वदेशमा काम गर्ने वातावरण नभएसम्म...
विविध कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइने
दाङ, ५ फागुन । जिल्लामा विभिन्न कार्यक्रम गरेर प्रजातन्त्र दिवस मनाइने भएको छ । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा आइतवार बसेको सरोकारवालाको बैठकले फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरेर ६९ औ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको हो ।
बैठकले ६ देखि ८ गतेसम्म सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय र नगरबासीले आ-आफना घर आँगन सरसफाई गरेर...
घोराही १३ द्वारा एकसय बढी जेष्ठ नागरिकलाई ब्लाङ्केट र हरलिक्स
घोराही, ५ फागुन । घोराही उपमहानगरपालिका वडा नम्बर १३ ले एक सय बढी जेष्ठ नागरिकहरुलाई न्यानो कपडा र हरलिक्स प्रदान गरेको छ । वडा कार्यालय रहेको सितलटोलमा आईतबार एक कार्यक्रमको आयोजना गरि ७० बर्ष उमेर पुगेका १ सय ७ जनालाई एक थान ब्लाङकेट र एक डिब्बा हरलिक्स प्रदान गरिएको हो ।
वडा अध्यक्ष रविलाल घर्तीमगरको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका उपप्रमुख...











