जिप दुर्घटनामा दुईजनाको मृत्यु

दाङ, १५ फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ मा रहेको छिल्लीकोट तर्फ जाँदै गरेको लु १ च ५९१२ नं.को पिकअप जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुधरासबाट भित्रि संक्राम हुँदै गएको जीप सडकवाट करिव एक सय मिटर तल खसेको थियो । जीप दुर्घटना हँुदा जिपमा सवार १० जना मध्य दुई जनाको घट्नास्थलमै मृत्यु भएको थियो भने तीन जनालाई सकुशल उद्दार...

प्राविधिक शिक्षाबारे छलफल

घोराही, १५ फागुन । मिड वेष्टर्न टेक्निकल भोकेशनल एण्ड ट्रेनिङ इन्ष्टिच्युट घोराही दाङको आयोजनामा प्राविधिक शिक्षा र यसको महत्वका बारेका बुधबार छलफल गरिएको छ । मिड वेष्टर्न टेक्निकल भोकेशनल एण्ड ट्रेनिङ इन्ष्टिच्युटका अध्यक्ष बसन्त श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले नेपालमा प्राविधिक शिक्षाको भविश्य राम्रो रहेको धारणा राखेका थिए । नेपालमा प्राविधिक शिक्षामा लगानी बढाउनुपर्ने भन्दै बक्ताहरुले नेपालमा परम्परागत शिक्षाले...

दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित हेलिकप्टरमा सवार ७ जनाको मृत्यु

काठमाडौँ, १५ फागुन । बुधबार दिउँसो ताप्लेजुङमा भएको एयर डाइनेष्टी  हेलिकप्टरमा परी संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । काठमाडौंबाट बिहान साढे ८ बजे तेह्रथुमका लागि कल साइन अल्फा माइक इन्डिया (एएमआई) भएको हेलिकप्टरमा सवार सबैको मृत्यु भएको प्रहरीले जनाएको छ । हेलिकप्टरमा मन्त्री रवीन्द्र अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक तथा एयर डाइनेष्टीका सञ्चालक आङछिरिङ शेर्पा...

प्रत्यक्षदर्शी भन्छन्- ‘हेलिकप्टर टुक्रा-टुक्रा भएर जलिरहेको छ’

काठमाडौँ, १५ फागुन । हेलिकप्टर दुर्घटनास्थल पुगेका पाथिभरा मन्दिरका कर्मचारी रामु लिम्बुका अनुसार हेलिकप्टर टुक्रा-टुक्रा भएको र ५ वटा शव जलिरहेको अवस्थामा रहेको छ । घटनास्थलमा प्रहरी र स्थानीय पुगिसेकेका छन् । 'हेलिकप्टर टुक्रा-टुक्रा भएर जलिरहेको छ,' उनले टेलिफोनमा भने, 'प्रहरी आइपुगेको छैन। हामीले जीवित व्यक्ति भेटेका छैनौं। ५ वटा लाश जलिरहेको अवस्थामा छ।' घटनास्थलमा पुगेका ठूलो फेदी स्वास्थ्य केन्द्रका इन्चार्ज उमानाथ पौडेलले...

पर्यटन मन्त्री अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटना

काठमाडौँ, १५ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टिको हेलिकप्टर बुधबार दिउँसो सम्पर्कविहीन भएको छ। ताप्लेजुङको पाथिभरा मन्दिरबाट फर्कने क्रममा उक्त हेलिकप्टर सम्पर्कबिहिन भएको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालय स्रोतकाअनुसार केही समयअघि गाउँलेले ताप्लेजुङको दारेभीरमा ठूलो आगो लागेको जानकारी दिएपछि प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीसहित प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ। मन्त्री अधिकारीसहित यति एयरलायन्सका मालिक...

कुटपिटबाट एकजनाको मृत्यु

रुकुम (पूर्व), १५ फागुन । पुथा उत्तरगङ्गा गाउँपालिका–१० बाछीगाउँमा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । बाँके नेपालगञ्जका ४६ वर्षीय दीपक भनिने टक्क रावतको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले जानकारी दिएको छ । कुटपिट गर्ने दाङ घोराही उपमहानगरपालिका–१९ का २४ वर्षीय शिवराज राना र जाजरकोट नलगाड नगरपालिका–३ का २३ वर्षीय गोविन्द पुन रहेको प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काले...

आजदेखि दाङसहित १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाई‌ंदै

घोराही, १५ फागुन । आजदेखि राष्ट्रिय अभियानकै रुपमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाई‌ंदै छ । यसवर्ष दाङ सहित १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन लागिएको हो । दाङमा भने नवौं चरणको अभियान अन्तर्गत औषधि खुवाउन लगिएको छ । आम जनताहरुमा औषधि खान डर मान्ने स्थिति भएका कारण यसवर्ष विभिन्न सचेतनामुलक कार्यक्रमहरु समेत गरिएको थियो । घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले...

ओलीको निधनप्रति घोराही उपमहानगरपालिकाद्वारा दुःख व्यक्त

घोराही, १० फागुन घोराही उपमहानगरपालिकाले दाङ क्षेत्र नं. ३ ­(ख) का प्रदेशसभा सदस्य माननीय उत्तरकुमार ओलीको निधनप्रति दुःख व्यक्त गरेको छ । उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी एवं उपप्रमुख सीता सिग्देल न्यौपानेले शोक वक्तव्य जारी गर्दै ओलीको निधनप्रति दुःख व्यक्त गरेको हो । ओलीको निधनले दाङबासीलाई अपुरणीय क्षति पुगेको भन्दै दाङको विकासका लागि माननीय ओलीको योगदान स्मरणीय रहेको उल्लेख छ । ।...

सांसद उत्तरकुमार ओलीको निधन, शव आजै तुलसीपुर ल्याइने

घोराही, १० फागुन । प्रदेश ५ का सांसद उत्तरकुमार ओलीको निधन भएको छ । गत माघ २४ गते सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका सांसद वलीको काठमाडौँको मेडिसिटी हस्पिटलमा उपचारका क्रममा आज विहान ३ बजे निधन भएको हो । उहाँको शवलाई पार्टी केन्द्रीय कार्यालय काठमाडौँमा श्रद्धाञ्जली दिई हेलिकप्टरबाट आजै दिउँसो ३ बजे तुलसीपुर ल्याइने बताइएको छ । शवलाई आज साझ...

दाङमा १३२ केभि प्रसारण लाइन उद्घाटन, दाङ अब लोडसेडिङमुक्त

दाङ, ९ फागुन । बबई गाउँपालिका ६ च्याटी खोलास्थित कुसुम–हापुरे १३२ केभी प्रसारण लाइनको आज उद्घाटन भएको छ ।  प्रसारण लाइन अन्र्तगत सवस्टेशनको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले बढीभन्दा बढी विद्युत खपत गर्न आग्रह गर्नुभयो । दुईसय मेगावाट क्षमताको राष्ट्रिय प्रसारण लाइन भए पनि एक तिहाई मात्रै माग रहेको भन्दै उनले नयाँ उद्योगधन्दा, कलकारखाना खोलेर...

ताजा समाचार