हमाललाई तरबार हान्ने ४५ मिनेटमै पक्राउ

घोराही, १७ फागुन । तुलसीपुरमा  गणेश हमालमाथि तरबार प्रहार भएको पैतालीस मिनेटमै प्रहरीले अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ । प्रहरी नायब उपरीक्षक प्रेमकुमार शाहीको नेतृत्वमा घटना भए लगत्तै परिचालन भएको प्रहरी टोलीले तुलसीपुर–७ निबासी असिम सिङलाई तमाखेको गैराखीजंगलबाट पक्राउ गरेको हो । ‘घटनाको बारेमा हामीलाई पौने ३ बजे खबर आएको हो, तत्काल मेरो नेतृत्वमा प्रहरी परिचालन भयो' उपरीक्षक शाहीले भन्नुभयो...

तुलसीपुरमा दिनदहाडै युवकमाथि तरबार प्रहार

तुलसीपुर, १७ फागुन । दाङको तुलसीपुरस्थित सल्यान रोडमा दिनदहाडै एक युवकमाथि तरबार प्रहार भएको छ । सल्यानरोडस्थित टेक्सी समितिको काउन्टरमा बसिरहेको अवस्थामा आएका अपरिचित युवाको समूहले गणेश हमालमाथि तरबार प्रहार गरेको टेक्सी समितिका कार्यालय प्रमुख जीतबहादुर खड्काले जानकारी दिनुभयो ।हमालको टाउको, हात, खुट्टा र ढाडमा गहिरो चोट लागेको छ । गम्भीर घाइते हमालको तुलसीपुरस्थित प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका...

तुलसीपुर नगरविकासका पूर्व अध्यक्ष गुप्ताको निधन

दाङ, १७ फागुन । तुलसीपुर नगरविकास समितिका पूर्व अध्यक्ष कृष्णगोपाल गुप्ताको निधन भएको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता समेत रहेका गुप्ताको ५५ बर्षको उमेरमा शुक्रवार विहान ४ बजेतिर काठमान्डौमा निधन भएको हो । उहाँ झन्डै डेढ महिनादेखि बिरामी हुनुहुन्थ्यो । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी गुप्ता पूर्व नेकपा एमाले दाङका जिल्ला कमिटी सदस्य हुनुहुन्छ । गुप्ताको शुक्रवार...

आमा समूह पुनर्गठन गर्दै घोराही २

घोराही, १६ फागुन । घोराही उपमहानगरपालिका वडा नं. २ ले वडामा गठित सम्पूर्ण आमा समूहहरुको पुनर्गठन कार्य सुरु गरेको छ । हालसम्म साहीपुर, मोतीपुर, भट्टेटार र सुर्केडाँगीमा रहेका आमा समूहको पुनर्गठन गरिसकिएको हो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं वडा नं. २ का अध्यक्ष केशवराज आचार्यले आमा समूह भनेको वडाका सबैभन्दा इमान्दार र कर्तव्यनिष्ट नागरिक भएको समूह रहेको बताउँदै...

सिकलसेलका बिरामीलाई सहयोग प्रदान

घोराही, १६ फागुन । घोराही उपमहानगरपालिका–१७ का चारजना सिकलसेलका बिरामीलाई विभिन्न व्यक्तिहरुले सहयोग गरेका छन् । सिकलसेलका बिरामीहरु २५ वर्षीया कमला चौधरी, उहाँका छोरीहरु १० वर्षीया सम्झना चौधरी, आठ वर्षीया माधवा चौधरी र छ वर्षीय छोरा गोविन्द चौधरीलाई खाद्यान्न, स्टेशनरी र विद्यालयमा पठनपाठनका लागि १० हजार रुपैयाँ उपलव्ध गराइएको हो । पत्रकार सन्तोष अधिकारीको पहलमा घोराहीका लेखराज डिसीले दुईजना बच्चाका...

घोराही उपमहानगर कार्यपालिकाद्वारा शोकप्रस्ताव पारित

घोराही, १६ फागुन । घोराही उपमहानगर कार्यपालिकाले हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाउने पर्यटनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातजनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । कार्यपालिकाको बिहीवारबसेको बैठकले शोक प्रस्ताव पारित गर्दै सातैजनाको फोटोमा माल्यार्पण गर्दै आधा घण्टा झण्डा झुकाएर शोक मनाउने निर्णय गरिएको उपमहानगरका प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो । बैठकले शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ ।

भरुवा बन्दुकसँगै मृत रतुवा भेटियो

घोराही, १६ फागनु  । दाङको गढवा गाउँपालिका वडा नं. ५ को भवानी सामुदायिक वनमा भरुवा बन्दुकसँगै मृत अबस्थामा रतुवा भेटिएको छ । बिहीबार उक्त वनमा बन्दुक पड्किएको जस्तो आवाज आएपछि थप अनुसन्धान गर्न पुगेको प्रहरी टोलीले मृत अवस्थामा एउटा रतुवा र एक थान भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक...

धारपानी महायज्ञमा एकै दिनमा ९० लाख दान संकलन

दाङ, फागुन १६ । विश्वकै अग्लो त्रिशुल रहेको धारपानी मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले जारी महायज्ञमा दानगर्ने दाताहरु बढिरहेको मुल आयोजक समितिले जनाएको छ । महायज्ञको पाँचौदिन मात्रै १ लाख दर्शकलले महायज्ञ तथा धारपानी मन्दिरको अवलोकन गरेका छन् भने विहिवार मात्रै ९० लाख दान संकलन भएको महायज्ञ आयोजक मुल समितिले जानकारी दिएको छ । धारपानी धामको प्रचारप्रसार गर्ने उदेश्यले आयोजना गरीएको महायज्ञमा...

घोराही २ मा समुदाय प्रहरी कार्यक्रम

घोराही, १५ फागुन । घोराही उपमहानगरपालिका वडा नं. २ का विद्यालयहरुमा समुदाय प्रहरी कार्यक्रमअन्तर्गत विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वडाका गङ्गा मावि रामपुर र जनता मावि बुकामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम अन्तर्गत लागुऔषध नियन्त्रण एवं बालविवाह न्युनीकरण लगायतका विषयमा बालबालिकाहरुलाई प्रशिक्षण दिइएको घोराही उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष केशवराज आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला...

भोलि राष्ट्रिय शोकको घोषणा, सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, १५ फागुन । सरकारले बिहीबार एक दिनलाई राष्ट्रिय शोकको घोषणा गरेको छ । ताप्लेजुङमा बुधबार हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन भएपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । मन्तिपरिषद् बैठकले भोलि सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ। निर्णयअनुसार स्वदेशका सरकारी एवं सार्वजनिक कार्यालयहरु, शैक्षिक संस्थाहरु र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरुलाई सार्वजनिक...

ताजा समाचार