दूधरासमा शिवमन्दिर उद्घाटन
दुधरास, २० फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ को हसपुरा स्थापना गरिएको शिव मन्दिरको महाशिवरात्रीका अवसरमा सोमवार उद्घाटन गरिएको छ ।
२०६३ साल चैत्र ३ गते मृत्यु भएकी स्व. भानुमती नेपालीको पुण्यस्मृतिमा मन्दिर निर्माण गरिएको हो । मन्दिरको शिवरात्रीका अवसरमा विधिवत पुजाआजा गरी उद्घाटन गरिएको हो ।
श्रीमान् रामबहादुर नेपाली र छोरा/बुहारी वीरमणि नेपाली विना नेपाली, द्रोण नेपाली र उत्तमा...
भोलिदेखि दाङमा जिल्लास्तरीय क्रिकेट प्रतियोगिता
दाङ, फागुन २० । दाङको घोराहीमा आयोजना हुन थालेको ‘तपस्या ट्रेडर्स जिल्लास्तरिय विद्यालय टि–२० क्रिकेट प्रतियोगिता–२०७५ को तयारी पुरा भएको छ । जिल्लाका विभिन्न १२ वटा विद्यालयको सहभागिता रहने प्रतियोगिताको तयारी पूरा भएको आयोजक शान्ति निकेतन विद्यालयले जनाएको छ ।
शान्ति निकेतन विद्यालय घोराहीको आयोजना तथा क्रिकेट संघ दाङको प्राविधिक सहयोग एवं तपस्या ट्रेडर्सको मुख्य प्रायोजनमा हुन थालेको ‘तपस्या ट्रेडर्स...
धारापानीमा कलाकारसँगै झुमे दर्शक, भोलि पनि सांस्कृतिक कार्यक्रम हुने
घोराही, २० फागुन । महाशिवरात्रीको अवसरमा पाण्डवेश्वर मन्दिर धारापानीमा सोमबार बृहत सांस्कृतिक कार्यक्रम भएको छ । हिन्दूहरुको महान् पर्व शिवरात्रीको अवसरमा घोराही उपमहानगरपालिका वडा नम्बर ५ धर्ना धारापानीमा रहेको पाण्डवेश्वर मन्दिरमा लाग्ने मेलाको अवसरमा “महाशिवरात्री विशेष सांस्कृतिक कार्यक्रम” भएको हो । वन वे फिल्मस् प्रालिको आयोजनामा भएको कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका लोकप्रिय नायक सलोन बस्नेतलगायतका कलाकारहरुले प्रस्तुति राखेका थिए...
मानव स्वास्थ्यका लागि आयुर्वेदको योगदान महत्वपूर्ण
घोराही, २० फागुन । घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले मानव स्वास्थ्यका लागि आयुर्वेद क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । 'स्वास्थ्य हाम्रो सबैभन्दा ठूलो धन, स्वस्थ रहे समृद्ध हुन्छ जीवन भन्ने' स्लोगनसहित आजदेखि संचालनमा आएको विकल्प आयुर्वेद हेल्थ सेन्टरको घोराहीमा उद्घाटन गर्दै नगर प्रमुख चौधरीले पछिल्लो समय नागरिकहरु आयुर्वेदतर्फ आकर्षित भएकाले सेवालाई थप गुणस्तरीय बनाउन सुझाव दिनुभयो । ‘मान्छेले गुणस्तरीय...
बालविवाह न्युनीकरणको सचेतना दिँदै दाङ महिला जेसीज
घोराही, १८ फागुन । बालविवाह गर्नेलाई कानून बमोजिम कारबाही नहुँदासम्म यस्ता घटना न्यूनीकरण नहुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । दाङ महिला जेसिजले घोराही उपमहानगरपालिका १४ को ट्राफिक टोलको खोलीगाउँमा आयोजना गरेको बालबिबाह न्युनीकरण सम्बन्धी सचेतनामुलक कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्ने बक्ताहरुले २० बर्षमुनिको बिबाहलाई कानूनले अपराध मान्ने भन्दै बाल बिबाहलाई हतोत्साहित गर्नुपर्ने बताएका थिए । समाजमा अहिले पनि बाल बिबाहका...
गुडिरहेको ट्याक्टरबाट खसेर सहचालकको मृत्यु
तुलसीपुर, १८ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिका १३ बराखुटीमा गुडिरहेको ट्याक्टरबाट खस्दा सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहागनरपालिका–८ बुटनिया निबासी करिब २५ बर्षका जीतबहादुर चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
बराखुटीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ त २६३३ नम्बरको ट्याक्टरमा बसेका चौधरीको गुडिरहेको टयाक्टरबाट खसे लगत्तै टायरले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रेम...
शिवरात्रीको अवसरमा पाण्डवेश्वर मन्दिरमा सांस्कृतिक कार्यक्रम हुने
दाङ, १८ फागुन । महाशिवरात्रीको अवसरमा पाण्डवेश्वर मन्दिर धारापानीमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । हिन्दुहरुको महान् पर्व शिवरात्रीको अवसरमा घोराही उपमहानगरपालिका वडा नम्बर ५ धर्ना धारापानीमा रहेको पाण्डवेश्वर मन्दिरमा “महाशिवरात्री विशेष सांस्कृतिक कार्यक्रम” हुने भएको आयोजकले जानकारी दिएको छ ।
महाशिवरात्रीको अवसरमा लाग्ने मेलालाई मध्यनजर गर्दै वन वे फिल्मस् प्रा.लिको आयोजनामा सांस्कृतिक कार्यक्रम हुने लागेको हो । सांस्कृतिक...
खाजाको रकमबाट असहाय बालबालिकालाई सहयोग
तुलसीपुर, १७ फागुन । तुलसीपुरमा रहेको एक निजी विद्यालयका अध्ययनरत विद्यार्थीहरुले आफ्नो खाजा खर्च जम्मा गरेर असहाय बालविकास केन्द्रमा सहयोग गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँ बर–पिपल चौतारी टोलमा रहेको दाङ भ्याली इङ्लिस मिडियम स्कुलमा अध्ययनरत कक्षा ७ र ८ का विद्यार्थीहरुले एक वर्षको खाजा खर्च बचत गरेर तुलसीपुर उपमहानगरपालिका १८ विजौरीमा रहेको असाहय बालविकास केन्द्रमा सहयोग गरेका हुन् ।
अनाथ बालबालिकाहरुलाई आश्रय दिएको...
धारपानी महायज्ञमा शुक्रबार थप १ करोड २६ लाख संकलन
दाङ, १७ फागुन । विश्वकै अग्लो त्रिशुल रहेको धारपानी मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले जारी महायज्ञको छैठौ दिन सवा एक करोड दान थप भएको छ । महायज्ञको छैठौ दिन मात्रै १ करोड २६ लाख दान संकलन भएको छ ।
धारपानी धाममा आयोजना गरिएको महायज्ञमा अहिलेसम्म करिव तीन करोड रकम संकलन भएको छ । शुक्रबारसम्म दुई करोड ९० लाख दान संकलन भइसकेको महायज्ञ आयोजक मुल समितिका...
किन भए स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति बर्खास्त ?
घोराही, १७ फागुन । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर राजकुमार रौनियार बर्खास्त भएका छन् । शुक्रबार बसेको प्रतिष्ठानको ४२औँ सिनेटले पदीय दुरुपयोग गरेको आरोपमा उनलाई पदच्युत गरेको हो ।
डा. रौनियारले यस अघि प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा बोलाएको सिनेट बैठक बहिस्कार गरेका थिए । साथै सिनेट बैठक प्रतिष्ठानको ऐन विपरित भएको भन्दै...













