दाङ जिल्ला बन्यो बक्सिङको प्रदेश च्याम्पियन

लक्ष्मण बस्नेत दाङ, २२ फागुन । दाङ जिल्ला प्रदेश नं ५ स्तरिय बक्सिङ छनोट प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको छ । सुदुरपश्चिमको महेन्द्रनगर कञ्चनपुरमा फागुन १९ देखी २२ गतेसम्म संचालित प्रतियोगितामा शानदार र सशक्त प्रर्दशन गरेको दाङ ७ स्वर्ण, ४ रजत पदक हात पार्दै प्रदेश नं ५ को च्याम्पियन बन्न सफल भएको हो । प्रदेश नं ५ का १२ जिल्ला मध्य...

विप्लव माओवादीले भोलि राप्ती बन्द गर्ने

घोराही, २२ फागुन । नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्युरोले भोलि राप्ती बन्दको घोषणा गरेको छ । दाङको तुलसीपुरमा कार्यक्रमस्थलबाटै पार्टीका नेता पक्राउको विरोधमा बन्दको घोषणा गरिएको पार्टीले जनाएको छ । ब्युरो इन्चार्ज सुवासद्वारा जारी विज्ञप्तिमा विनाकारण पक्राउ परेका पार्टीका सदस्य प्रदीप वली, ईश्वरी पाण्डे र रुद्र वलीको विनाशर्त रिहाइ गर्न माग गरिएको छ । यसैबीच बन्द सफल पार्न इन्चार्ज सुवासले विज्ञप्तिमार्फत सबैमा...

टीकापुर घटनाको फैसलाः रेशम चौधरीसहित ११ जनालाई २० वर्ष कैद

दाङ, २२ फागुन । टीकापुर घटनाको फैसला गर्दै जिल्ला अदालत कैलालीले बुधबार ११ जनालाई जन्मकैदको सजाय सुनाएको छ । बुधबार सांसद रेशम चौधरीसहित ११ जनालाई जन्म कैदको फैसला सुनाएको हो। ९ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनामा दोषी ठहर गर्दै हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृज मोहन डगौरा, राजेश चौधरी, वीरबहानुर चौधरी, प्रदिप चौधरी, विद्रोह भनेर चिनिएका सिताराम चौधरी,...

दाङ क्रिकेट लिगको दोस्रो संस्करण स्थगित

लक्ष्मण बस्नेत दाङ, २१ फागुन । दाङ क्रिकेटको विकास गर्नको लागि दाङमा पहिलो पटक फ्रेन्चाईज लिगको अवधारणामा सञ्चालन भएकाे दाङ क्रिकेट लिग (DCL) को दोस्रो संस्करण केही समयको लागि स्थगित गरिएको छ । दङाली युथ क्लबकाे आयाेजनामा दाङ क्रिकेट लिग 'DCL' को दोस्रो संस्करण यहि २०७५ चैतकाे पहिलाे सातादेखि सञ्चालन हुने भनिए पनि अहिले दाङमा क्रिकेट मैदानको पूर्वाधार बिस्तारकाे साथै संरचना...

मेन्समा टेन्डी र ओमन्समा अमिता बने च्याम्पियन

लक्ष्मण बस्नेत तुलसीपुर, २१ फागुन । दाङको तुलसीपुरमा सम्पन्न प्रदेश नं ५ स्तरिय टेवल टेनिस छनोट प्रतियोगिताको मेन्स् सिंगलमा बाँकेका टेन्डी शेर्पा र ओमन्स् सिंगलमा रुपन्देहीकी अमिता थापा च्याम्पियन बनेका छन् । मध्यपश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति नेपालगंज र दाङ जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा संचालित प्रतियोगिताको फाईनलमा रुपन्देहीका कपिल थापालाई ४–२ को सेटमा पराजीत गर्दै सशक्त र सानदार...

बाहुनडाँडामा शिव मन्दिरको उद्घाटन

घोराही, २१ फागुन । घोराहीको बाहुनडाँडामा शान्ति शिब मन्दिरको उद्घाटन गरिएको छ । महाशिबरात्रीको अबसरमा सोमबार मन्दिरको घोराही उपमहानगरका उपप्रमुख सिता सिग्देल न्यौपानेले गर्नुभएको हो । २०७० सालमा शिलन्याश गरिएको मन्दिरको शिबरात्रीका अबसरमा उद्घाटन गरिएको हो । ३० लाखको लागतमा मन्दिरको निर्माण गरिएको ब्यबस्थापन समितिले जनाएको छ । मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष द्रोर्णा वलीको अध्यक्षतामा मन्दिरको उद्घाटन गरिएको हो । गजेन्द्रसिंह खड्काको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा...

बंगलाचुली गाउँपालिकाको पन्ध्र वर्षे गुरुयोजना बन्दै

दाङ, २१ फागुन । दाङको एकमात्र पहाडी गाउँपालिकाको रुपमा रहेको बंगलाचुली गाउँपालिकाले गाउँपालिकाको समग्र विकासका लागि १५ वर्षे वृहत गुरुयोजना तयार पारिरहेको छ । गुरुयोजना निर्माण गर्ने कामको जिम्मा इन्सेन्टीभ स्टडी एण्ड रिसर्च सेन्टर अनामनगर काठमाडौँले पाएको छ । रिसर्च सेन्टरले गुरुयोजना निर्माणका लागि विभिन्न चरणमा छलफल एवं स्थलगत अवलोकनको काम गरीरहेको गाउँपालिकाका प्रशासकिय अधिकृत नेबबहादुर वलीले बताउनुभयो । उहाँकाअनुसार गुरुयोजना निर्माणको पहिलो चरणमा...

“परिवर्तन संस्थागत गर्ने ओलीको सपना पूरा गर्छौं”

श्रीगाउँ, २१ फागुन । पाँच नम्वर प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको १२ औं पुण्यतिथीमा श्रद्धाञ्जली सभा गरिएको छ । नेकपा दाङको आयोजनामा भएको सभामा मंगलबार श्रीगाउँ स्थित ओलीको घरमा उपस्थित नेता, कार्यकर्ताहरुले दिवंगत ओलीको अधुरा सपना पूरा गर्न एकताबद्ध भइ लाग्ने प्रण गरेका छन् । कार्यक्रममा पाँच नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशसभाका दिवंगत सदस्य उत्तरकुमार ओलीले छोडेका अधुरा काम...

दाङमा विप्लबका तीन नेता पक्राउ

दाङ, २१ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीनजना नेतालाई प्रहरीले तुलसीपुरमा कार्यक्रमस्थलबाटै पक्राउ गरेको छ । पार्टीका जिल्ला सदस्य प्रदीप वली, सचिवालय सदस्य ईश्वरी पाण्डे र जिल्ला सदस्य रुद्र वलीलाई प्रहरीले पक्राउ गरेको हो । तुलसीपुरको बिएस पार्टी प्यालेसमा पार्टीले आयोजना गरेको सहिद परिवार तथा बेपत्ता योद्धा परिवार अभिनन्दन कार्यक्रम स्थलबाटै उनीहरुलाई पक्राउ गरिएको हो । कार्यक्रम सकेर बाहिरिने...

नायिकाबाट निर्मात्री बनिन् आलिया

बलिउड नायिका आलिया भट्टको अहिले दिन बलेको छ । उनी, जे छुन्छिन् त्यो हिट हुन्छ । यसैले आलियाले कमाई पनि लोभलाग्दो गरिरहेकी छिन् । उनै, नायिका आलिया भट्टले केही दिन अगाडि अपार्टमेन्ट किनेको भन्ने चर्चा चलेको थियो । तर, आलियाले यो कुरालाई अस्विकार गरेकी छिन् । आलियाले भनिन्–‘हो, मैले अपार्टमेन्ट किनेकी हुँ । तर, अहिले मेरा घर भएको ठाउँमा नै...

ताजा समाचार