करेन्ट लागेर दाङमा एकजनाको मृत्युु
घोराही, २४ फागुन । करेन्ट लागेर दाङमा एकजनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीमा करेन्ट लागेर सल्यानको कपुरकोट गाँउपालिका ५ पाङराङका दीपेशकुमार विकको ज्यान गएको हो ।
बिजौरीमा निर्माणाधिन घरमा आल्मुनियमको पाइप जडान गर्दै गरेको अवस्थामा पाइपले विद्युतको हाइभोल्टेजको तार छुँदा करेन्ट लागेको थियो । ११ हजार भोल्टेजको करेन्ट लागेर गम्भिर घाइते भएका विकको उपचारको क्रममा निधन भएको प्रहरीले...
टिप्परको ठक्करबाट महराको मृत्यु
घोराही, २४ फागुन । दाङमा शुक्रबार टिप्परको ठक्करबाट एकजनाको मृत्यु भएको छ । घोराही-मुर्कुटी सडकखण्डको घोराही उपमहानगरपालिका ४ कुमाकी ढुंगेमोड नजिकै रा १ ख ८९० नम्बरको टिप्परले रा ३ प ३३५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा बंगलाचुली गाउँपालिका ३ बस्ने ५९ बर्षिय ठाकुरप्रसाद महराको मृत्युभएको हो ।
मोटरसाईकको पछाडि बसेका महराको उपचारका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याउने क्रममा...
क्रिकेट प्रतियोगिताको फाइनल खेलमा सिद्धार्थ र पद्मोदय भिड्दै
दाङ, फागुन २२ । जिल्लास्तरिय क्रिकेट प्रतियोगिताको फाइनलमा सिद्धार्थ एकेडेमी र पद्मोदय पव्लिक नमुना मावि भिड्ने भएका छन् । शान्ति निकेतन विद्यालयको आयोजना तथा क्रिकेट संघ दाङको प्राविधिक सहयोगमा घोराहीमा जारी तपस्या ट्रेडर्स जिल्लास्तरिय विद्यालय टि–२० क्रिकेट प्रतियोगिताको भोलि शनिबार हुने फाइनलमा सिद्धार्थ र पद्मोदय भिड्न लागेका हुन् ।
आज शुक्रबार भएको सेमिफाइनल खेलमा शान्ति निकेतन विद्यालयलाई ९ विकेटले पराजित...
तीन दशकपछि इलाका प्रशासन आफ्नै भवनमा बस्दै
तुलसीपुर, २४ फागुन । इलाका प्रशासन कार्यालय तुलसीपुरको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनी जुद्ध एण्ड पूर्ण निर्माण सेवाका प्रोपाइटर पूर्णबहादुर भण्डारीले ८० प्रतिशत काम पुरा भइसकेको बताउनुभयो । २५ असाढ २०७६ मा निर्माण कार्य पूरा गर्ने गरी निर्माण सेवाले २५ असाढ २०७४ बाट कामको थालनी गरेको हो । २४ कोठाको ढाइतले भवन निर्माण गर्न भ्याट...
महिला दिवसका सन्दर्भमा अन्तर्क्रिया
दाङ, २३ फागुन । अन्तर्राष्ट्रिय महिला दिबसको सन्दर्भमा विहीबार घोराहीमा नेकपा निकट महिला संगठनहरुले अन्तरक्रिया कार्यक्रम आयोजना गरे । नेकपा एमाले निकट अनेमसंघ र माओवादी निकट महिला संघ क्रान्तिकारीले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका थिए ।
महिला संघकी अध्यक्ष हुमा डिसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले महिलाहरुले राजनीतिक रुपमा अधिकार पाएको भएपनि व्यवहारिक रुपमा कार्यान्वयन नभएको भन्दै गुनासो गरेका थिए । बक्ताहरुले नेपालमा अधिकारको...
बर्दिया बन्यो प्रदेश नं. ५ स्तरीय एथ्लेटिक्सको च्याम्पियन
लक्ष्मण बस्नेत
दाङ । बर्दिया जिल्ला प्रदेश नं ५ स्तरिय एथ्लेटिक्स छनोट प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको छ । दाङ घोराहीको भरतपुर खेलमैदान फागुन २० देखी २३ गते सम्म संचालित प्रतियोगिताको महिला तथा पुरुष तर्फका २७ इभेन्टस्मा शानदार र शसक्त प्रर्दशन गरेको बर्दिया १५ स्वर्ण, ८ रजत,९ कास्य पदक हात पार्दै प्रदेश नं ५ को च्याम्पियन बन्न सफल भएको हो...
बम भेटिँदा लिबाङबजार दिनभर तनावग्रस्त
भुवन के.सी.
रोल्पा, २३ फागुन । रोल्पामा बिहीवार तीनवटा बम फेला परेका छन् । दुईवटा सकेट र एक ग्रिनेट बम गरी तीनवटा बम फेला परेका हुन् । लिबाङस्थित नेपाली कांग्रेसको पार्टी कार्यालय भवन नजिकै बारीमा ग्रिनेट बम फेला परेपछि दिनभर उक्त क्षेत्र तनावग्रस्त भएको थियो । बेलुका ५ बजे मात्र उक्त बम डिस्पोज भएको छ ।
खडक दल गणको डिष्पोजल टोलीले...
बिहेको भोज नै मृत्यु बनेपछि….
घोराही, २३ फागुन । दाङको घोराहीमा बिहेको भोज खाँदा एकजनाको मृत्यु भएको छ । बिहीवार बिहेको भोजमा खाना खाने क्रममा घाँटीमा हड्डी अट्किएर घोराही–१७ पनौरा निवासी ५३ वर्षीय टीका भट्टराईको मृत्यु भएको हो ।
बिहे भोजमा खाना खाने क्रममा घॉटीमा हड्डी अड्किएपछि उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो । भट्टराईको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको...
घोराही उपमहानगरद्वारा बजार व्यवस्थापनमा कडाइ
घोराही, २३ फागुन । घोराही उपमहानगरपालिकाले बजार व्यवस्थापनलाई कडाईका साथ कार्यान्वयन गर्ने भएको छ । बजार व्यवस्थापन समितिको विहिबार बसेको बैठकले ठेला व्यवसाय, फुटफाथ व्यवसाय र घुमन्ते व्यवसायलाई व्यवस्थित गर्न बजार व्यवस्थापन कार्य बिधी अनुसार अघि बढ्ने निर्णय गरेको हो ।
समितिका संयोजक एवं नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले यस अघि तोकिएको स्थान पुरानो बसपार्क र घरेलु सिल्पकलाको...
बृहत विकासका लागि बबईमा गुरुयोजना
बालकृष्ण पाण्डे
हापुरे, २२ फागुन । दाङको पश्चिममा रहेको बबई गाउँपालिकाले बृहत् गुरुयोजना तयार पार्ने भएको छ । गाउँपालिकाको समग्र विकासकालागि बृहत गुरु योजना निर्माणको काम शुरुवात गरिएको गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले जानकारी दिनुभयो ।
बबई गाउँपालिकाले आगामी १५ बर्षको योजना सहित गुरुयोजना तयार पार्न थालेको अध्यक्ष पौडेलले बताउनुभयो । पौडेलले बबई गाउँपालिकाले वृहत गुरुयोजना तयार पार्ने कामका लागि अन्तरक्रिया कार्यक्रम गरेर आवश्यक सुझावहरु लिइएको...














