घोराही मेनरोडको सडक कहिले बन्ने हो ? स्थानीयद्वारा ध्यानाकर्षण
घोराही, ५ चैत्र । घोराहीको मेनरोड कालोपत्रेमा चरम ढिलाई र गुणस्तरहीन भएको भन्दै स्थानीयहरुले सडक कार्यालयको ध्यानाकर्षण गराएका छन् । मेनरोडमा विभिन्न व्यवसाय गर्दै आएकाहरुले आज सडक डिभिजन कार्यालयका प्रमुख बद्रिप्रसाद शर्माको ध्यानआकर्षण गराएका हुन् ।
निर्णाण थालेको लामो समयसम्म पनि काम पूरा हुन नसकेको, कालोपत्रे गरेका सडकमा खाल्डैखाल्डा परेको, सडक धुलाम्य भएको, कालोपत्रेको काममा चरम ढिलाइले आफूहरुको व्यवसाय धरापमा...
३५ दिनभित्र अबैध हतियार बुझाउन प्रशासनको आग्रह
घोराही, ५ चैत । जिल्ला प्रशासन कार्यालय दाङले अवैधरुपमा राखिएका हातहतियार सरकारलाई बुझाउन आग्रह गरेको छ । प्रशासनले त्यस्ता अबैध हातहतियारहरु ३५ दिनभित्र बुझाउन आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले अबैध हातहतियार बुझाउनका लागि समन्वय गर्न जिल्लाका दशवटै स्थानिय तहलाई पत्र पठाउने तयारी भएको र प्रहरीलाई पत्राचार गरिसकेको जानकारी दिनुभयो । साथै सञ्चार माध्यमहरुबाट पनि सार्वजनिक सूचना...
ओरेकको वार्षिक समीक्षा तथा योजना बैठक
दाङ, ४ चैत्र । महिला पुनस्र्थापना केन्द्र ओरेक नेपालको आयोजनामा सोमबार घोराहीमा संस्थाको वार्षिक समीक्षा तथा योजना सम्बन्धी जिल्लास्तरीय समन्वय बैठक सम्पन्न भएको छ ।
संस्थाले सन् २०१८ मा दाङमा सम्पन्न गरेका गतिविधि तथा सन् २०१९ कालागि प्रस्तावित कार्यक्रमहरुका बारेमा जानकारी दिने तथा सुझाव लिने उद्देश्यले समन्वय बैठकको आयोजना गरिएको हो । संस्थाका जिल्ला संयोजक ईश्वरी थापाको अध्यक्षता एवं जिल्ला...
चैत १६ मा बबई साहित्य गोष्ठी
हापुरे, ४ चैत । उत्तरकुमार वलीको निधन पश्चात स्थगित भएको “बबई साहित्य गोष्ठी –२०७५’’ चैत १६ गते हुने भएको छ । आयोजक समितिका संयोजक प्रमोद धितालको अध्यक्षतामा सोमबार बसेको बैठकले चैत १६ गते गर्ने निर्णय गरेको हो ।
कार्यक्रममा बरिष्ठ साहित्यकार नारायणप्रसाद शर्मा, डा. अमर गिरी, गिरिराज शर्मा र जनगायक जीवन शर्मालाई आमन्त्रण गरिएको छ । कार्यक्रममा कवि गोष्ठी र सांगीतिक प्रस्तुती गरी दुई...
स्थानीयसभाद्वारा वडालाई ध्यानाकर्षण
घोराही, ४ चैत । लक्ष्मीपुरमा गठन भएको स्थानीयसभाले घोराही उपमहानगरपालिका वडा नम्बर ४ लाई ध्यानाकर्षण पत्र बुझाएको छ । स्थानीय तहको सेवालाई प्रभावकारी बनाउनका लागि स्थानीयसभाले वडा कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
स्थानीयसभाले सार्बजनिक निकायमा नागरिकहरुको जनसहभागिता अभिबृद्धि गरेर सुशासन स्थापना गर्ने उद्देश्यले त्रैमासिक बैठकको अबसर पारेर वडा कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको हो । सभाले वडा नम्बर ३ लाई...
महिलाहरुका लागि अनुशिक्षण
गढवा, ४ चैत । गढवा गाउँपालिकाको आयोजनामा सोमवारदेखि वडा नं. ५ को भवानी सामुदायिक वनको सभाहलमा समुह तथा महिला सदस्यहरुका लागि तीनदिने अनुशिक्षण शुरु गरेको छ ।
कार्यक्रममा महिलाहरुलाई समुह बचत, ऋण लगानी तथा आयआर्जनका लागि आत्मनिर्भर बन्न सक्ने उपायहरुका बारेमा अनुशिक्षण गर्ने बताइएको छ । माया बिसीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीले गर्नुभएको थियो । कार्यक्रममा ३५ जना महिलाहरुको...
घोराही ९ का बिपन्न बालबालिकालाई शैक्षिक सामग्री
घोराही, ४ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर ९ ले वडाका बिपन्न बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । शैक्षिक टेवा कार्यक्रमअन्तर्गत वडाका प्रावि त्रिवेणी, प्रावि अस्परी एवं मावि तेघराका गरी बीसजना बिपन्न तथा जेहेन्दार बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको हो । बालबालिकाहरुलाई झोला, कापी र कमल सहयोग गरिएको वडा कार्यालयले जनाएको छ ।
वडाध्यक्ष मानबहादुर बस्नेतको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका...
स्वास्थ्य शिविरबाट ५ सय ४१ ले सेवा लिए
घोराही, ४ चैत्र । घोराही उपमहानगरपालिका वडा नम्बर १६ सानीअम्बापुरमा सञ्चालन भएको दुई दिने निःशुल्क स्वास्थ्य शिबिरमा ५ सय बढीले उपचार सेवा लिएका छन् । वडा कार्यालय र शहरी स्वास्थ्य केन्द्र करौतीडाँडाको आयोजना तथा नेपाल परिवार नियोजन संघ दाङ शाखाको प्राबिधिक सहयोगमा आईतबार र सोमबार भएको दुई दिने निःशुल्क स्वास्थ्य शिबिरमा ५ सय ४१ जना बिरामीको स्वास्थ्य जाँच तथा...
जुंगाको ५ हजार रुपैयाँ भत्ता !
घोराही, ४ चैत्र । सुन्दा अचम्म लाग्न सक्छ जुंगा पालेको पनि भत्ता भनेर । तर दाङमा एकजनाले जुंगा पाले बापत नियमित मासिक भत्ता पाउँदै आउनुभएको छ ।
वेष्टर्न डेभलभमेन्ट बैंकमा सुरक्षा गार्डमा कार्यरत कालीबहादुर बुढाथोकीले लामो समयदेखि नागबेली जुंगा पालेको भन्दै मासिक ३ सय रुपैयाँ भत्ता पाउँदै आउनुभएको छ ।
यसै क्रममा आज निर्माण व्यवसायी घटालबाबाका सञ्चालक पूर्णबहादुर भण्डारीले बुढाथोकीलाई केही...
जन्मदिनमा विद्यालयलाई पानस बत्ती र पुस्तक उपहार
घोराही, चैत्र ४ । ज्ञानमाला एकेडेमी घोराही १६ सर्रामा अध्यापनरत शिक्षिका बिमला केसीले आफ्नो ३३ औं जन्मदिनको अवसरमा विद्यालयलाई पानस बत्ती र पुस्तक उपहार स्वरुप प्रदान गर्नुभएको छ ।
जन्मदिनलाई सिर्जनात्मकरुपले मनाउन र विद्यालयमा पुस्तकालय निर्माणको अभियानलाई आफ्नो तर्फबाट सहयोग पुर्याउनका लागि आफूले पुस्तक प्रदान गरेको शिक्षिका केसीले बताउनुभयो । विद्यालयकी कार्यक्रम संयोजकसमेत रहनु भएकी शिक्षिका केसीले विभिन्न शुभ कार्य...












