विप्लव समूहमाथि सरकारले लगायो प्रतिबन्ध
काठमाडौं, २८ फागुन । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूह भनी चिनिने नेकपा नामको समूहलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।
विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ । मन्त्रिपरिषद् बैठकले विप्लव...
लमहीमा कुकुर बन्ध्याकरण शिविर
देउखुरी, २७ फागुन । लमहीमा सडक तथा सामुदायिक कुकुरहरुको रेविज रोग नियन्त्रण एवं वन्ध्याकरण तीनदिने शिविर सञ्चालन गरिएको छ । लमही नगरपालिका पशु सेवा उप–शाखा कार्यालय लमहीको आयोजना तथा हिमालयन एनिमल रेस्क्यु ट्रस्टको प्राविधिक सहयोगमा सडक तथा सामुदायिक कुकुर वन्ध्याकरण शिविर सञ्चालन भएको हो ।
लमही नगरपालिका नगरप्रमुख कुलबहादुर केसीले सडक तथा सामुदायिक कुकुरहरुको रेविज रोग नियन्त्रण एवं वन्ध्याकरण शिविरको उद्घाटन गर्नुभएको थियो ।...
बालिका करणीको अभियोगमा घर्तीमगर पक्राउ
घोराही, २७ फागुन । दाङमा एक बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १९ की १४ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १९ बर्षिय सन्तोष घर्ती मगरलाई प्रहरी पक्राउ गरेको हो ।
बालिकाकी दाजुको जाहेरीका आधारमा सन्तोषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । सन्तोषलाई जवरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान...
घोराहीमा ठेला व्यवसाय गर्न स्थान निर्धारण, बजारमा गुडाउन रोक
घोराही, २७ फागुन । घोराही उपमहानगरपालिकाले घोराही बजार क्षेत्रमा ठेला गुडाउनमा रोक लगाएको छ । उपमहागरको बजार व्यवस्थापन उपसमितिले ठेला व्यवसाय गर्नका लागि निश्चित ठाउँहरु दिँदै गुडाउनमा रोक लगाएको हो । नगर प्रमुखको संयोजकत्वमा रहेको बजार व्यवस्थापन समितिले प्रभावकारी कार्य सञ्चालन गर्न वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगीको संयोजकत्वमा उपसमिति गठन गरेर बजार व्यवस्थापनका काम थालेको हो ।
उपसमितिले...
जातिय विभेद अन्त्य गर्नु प्रमुख दायित्वः नगर प्रमुख चौधरी
घोराही, २७ फागुन । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले कानुनले सबैलाई समान अधिकार दिएको भन्दै अब जातिय बिभेदको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अबसरमा घोराही उपमहानगरपालिका वडा नम्बर ११ ले खैरामा आयोजना गरेको दलित महिलाहरुको शसक्तिकरण तालिममा बोल्दै नगर प्रमुख चौधरीले कानुनलाई व्यवहारमा लागु गर्दै समानता कायम गर्नुपर्ने बताउनुभयो ।
कानुनले कसैलाई पनि जात, बर्ग र समुदायका...
घोराहीमा घडेरी मापदण्डः ८ मिटर मोहडा अनिवार्य
घोराही, २६ फागुन । घोराही उपमहानगरपालिकाले नगर क्षेत्रमा कित्ताकाट गर्दा ८ मिटर मोहडा र ८ धुरको क्षेत्रफल कामय हुने गरी घडेरीको मापदण्ड निर्धारण गरेको छ । नगर कार्यपालिकाको ४९ औँ बैठकले १७ हातभन्दा तलका घडेरी कित्ताकाट नहुने गरी मापदण्ड निर्धारण गरेको हो ।
नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले कुनै मापदण्ड बिनै घडेरीहरु निर्माण भैरहेको अबस्थामा उपमहानगरले घडेरीको कित्ताकाटमा...
अधिकारका लागि निरन्तर निगरानी गर्न सुझाव
घोराही, २६ फागुन । नागरिक अधिकारका लागि निरन्तर निगरानी गर्न जनप्रतिनिधिहरुले आग्रह गरेका छन । जनताकै हितमा काम गर्न आफूहरु लागि परेको भन्दै घोराही उपमहानगरपालिका वडा नं. ३ र ४ का जनप्रतिनिधिहरुले वडा कार्यालयबाट दिइने सेवा प्रभावकारी भएनभएको निरन्तर निगरानी गर्ने र आवस्यक सल्लाह दिन सरोकारवालाहरुलाई आग्रह गरेका हुन ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्धारा सञ्चालित स्थानीय समुदायलाई सचेत...
विवाहपछि मोटाउने डर छ ? यसो गर्नुस्….
विभिन्न शोधले देखाएको छ, विवाहपछि अक्सर महिला मोटाउँछन् । यसका अनेक कारण छन् । विवाहपछि उनीहरुले आफुलाई घर-गृहस्थीमा लगाउँछन्, दैनिक जीवन बद्लिन्छ, विवाह वा प्रेमको तनावबाट मुक्त हुन्छन्, राम्री देखिनुपर्ने भन्दा पनि स्वास्थ्य रहनुपर्ने मानसिकता विकास हुन्छ । यस्ता अनेक कारणले महिलाहरु विवाहपछि मोटाउँछन् ।
विवाहअघि भने उनीहरु सकेसम्म फिट एन्ड फाइन रहने यत्न गर्छन् । आफुलाई कसरी आकर्षक देखाउने...
गंगटेमा प्रशासनको घुम्ति शिविर, १२७ ले लिए नागरिकता
दाङ, २६ फागुन । बवई गाउँपालिका वडा नं. १ निवासी बाटुली पुन ६९ बर्ष पुग्नुभयो । उमेरका हिसावले उहाँले नागरिकता १६ बर्षमै पाउनुपर्ने थियो । उहाँलाई नागरिकता लिनका लागि तुलसीपुरमा रहेको इलाका प्रशासन कार्यालयसम्म आउन पनि समस्या थियो । पुनलाई तुलसीपुरसम्म आउनका लागि शारिरिक समस्या थियो । अर्थात उहाँ दृष्टिविहीन हुनुहुन्थ्यो । दृष्टिविहीन भएकाले नागरिकता लिनका लागि आउन नपाउनुभएका उहाँलाई जिल्ला प्रशासन कार्यालय दाङले राखेको...
स्लो वाइक प्रतियोगितामा मिनराज महरा प्रथम
घोराही, २५ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा आज स्लो वाइक प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीतामा मिनराज महरा प्रथम, सिवलाल वली द्धितीय, भिमसेन डाँगी तृतीय भएका थिए ।
त्यस्तै महिलाहरु तर्फ ममता विष्ट प्रथम, विष्णु थापा द्धितिय भएका थिए । प्रतियोगीतामा करिव ४ दर्जनको सह भागिता रहेको थियो । प्रतियोगीतामा जिल्ला ट्राफिक प्रहरी कार्यालयले प्राविधिक सहयोग गरेको...














