युवाहरुलाई उद्यममा जोडिन नगर प्रमुखको आग्रह

घोराही, ११ चैत । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले युवाहरुलाई उद्यममा जोडिन र सृजनशिल बन्न आग्रह गर्नुभएको छ । युवा पुस्तामा निराशा र विदेश मोह धेरै देखिने गरेको भन्दै उत्साहीत बन्न र उद्यममा जोडिन नगर प्रमुख चौधरीले आग्रह गर्नुभयो । घोराही उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाले युवाहरुका लागि आयोजना गरेको सचेतना कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले युवाहरुलाई कुनै...

एसइई  परीक्षाको अनुगमन

तिर्थराज ज्ञवाली मसुरिया (देउखुरी), ११ चैत । राप्ती गाउँपालिकाबाट एसइई  परीक्षाको सोमवार अनुगमन गरिएको छ । एसइई  परीक्षालाई मर्यादित एवं अनुशासित बनाउनका लागि सहयोग पुर्‍याउने उद्देश्यका साथ अनुगमन गरिएको हो । राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, शिक्षा तथा खेलकुद शाखाका फनेन्द्रराज देवकोटाले श्री आदर्श नमुना माध्यामकि विद्यालय लालमटिया र श्री माध्यामीक विद्यालय मौरीघाटको...

मुक्तिनाथ विकास बैंकको शाखा घोराहीमा

घोराही, १० चैत । स्याङ्जाबाट बैंकिङ सेवा सुरु गरेको मुक्तिनाथ बिकास बैंकको शाखा घोराहीमा खुलेको छ । २०६३ सालमा स्याङ्जाबाट सेवा सुरु गरेको बैंकले आइतबार घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले शाखाको उद्घाटन गर्नुभएको हो । बैंकका सहायक कार्यकारी अधिकृत गोबिन्दबहादुर राउतको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नगर प्रमुख प्रमुख चौधरी, प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल लगायतले बोल्नुभएको थियो । बैंकले देशका बिभिन्न जिल्लामा एक...

कृषक समूहद्वारा सार्वजनिक सुनुवाई

तिर्थराज ज्ञवाली  पिपरी (देउखुरी), १० चैत । राप्ती गाउँपालिका वडा नं. ८ पिपरीका दुई कृषक समूहले आलु उत्पादनसम्बन्धी सार्वजनिक सुनुवाई गरेका छन् ।  संगीनी कृषक समूह र प्रगतिशील कृषक समूहले लागत तथा उत्पादनका वारेमा सार्वजनिक सुनुवाई गरेका हुन् । साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजना नेपालगञ्जको सहयोगमा राप्ती गाउँपालिकाको पिपरीमा सहकारीले व्यावसायिक आलु खेती गरिरहेका छन् । राप्ती गाउँपालिका वडा नं....

दाङमा एसइई परीक्षामा १ सय ४६ जना परीक्षार्थी अनुपस्थित

घोराही, १० चैत । एसइई परीक्षा सुरु भएको पहिलो दिन आइतबार दाङमा १ सय ४६ जना अनुपस्थित भएका छन् । दाङबाट ११ हजार ४ सय ६४ जनाले परीक्षाका लागि फारम भरेका थिए । परिक्षाको पहिलो दिन ५८ जना छात्र र ८८ जना छात्रा गरी १ सय ४६ जना अनुपस्थित भएका हुन् । अंग्रेजी विषयको परिक्षामा नियमित तर्फ १० हजार ९...

राप्तीमा निगरानी समूहलाई सक्रिय बनाइदै

तिर्थराज ज्ञवाली मसुरीया (दाङ), १० चैत । राप्ती गाउँपालिकामा लैङ्गीक हिंसा विरुद्ध निगरानी समूहलाई सक्रिय बनाउन वडागत रुपमा गठित निगरानी समूहको नियमित रुपमा बैठक बस्ने गरेको सहायक महिला विकास निरीक्षक विनिता अधिकारीले जानकारी दिनुभएको छ । राप्ती गाउँपालिकामा विगतका वर्षहरुमा गठन भई पछिल्लो समयमा निस्कृय निगरानी समूहलाई राप्ती गाउँपालिकामा महिला तथा बालबालिका शाखा स्थापना भए पश्चात् सहायक महिला निरीक्षकको रोहबरमा नौवटै...

भ्यानको ठक्करबाट तुलसीपुरमा चालकको मृत्यु

तुलसीपुर, ९ चैत । तुलसीपुर २ नन्द्रागाउँमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक दंगीशरण ६ थपगाउँ निवासी  गोरख चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । तुलसीपुरबाट पश्चिम तर्फ गइरहेको रा १ च ३४६ र पश्चिमबाट पूर्वतर्फ गइरहेको बा ९७ प ५८६२ नम्बरको मोटरसाईकल तुलसीपुर २ नन्द्रागाउँ नजिकै शनिवार विहान ७ बजेतिर आपसमा...

राप्तीको देवीकोटमा शिविर, सय बढीले पाए नागरिकता

तिर्थराज ज्ञवाली देवीकोट (देउखुरी), ८ चैत । राप्ती गाउँपालिकाको विकट बस्ती देवीकोटमा सञ्चालित नागरिकता शिविरबाट १ सय बढीले नागरिकता लिएका छन् । राप्ती गाउँपालिका, जिल्ला प्रशासन कार्यालय दाङ तथा ईलाका प्रशासन कार्यालय लमहीको आयोजनामा शुक्रवार नागरिकता शिविरको आयोजना गरिएको थियो । शिविरको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले नागरिकको सेवा सुविधाका सम्बन्धमा राप्ती गाउँपालिका लागिरहेको र पहाडी क्षेत्रका नागरिकहरुलाई छिटो छरितो...

मानसिक श्रममा लाग्न मेयर चौधरीको आग्रह

घोराही, ८ चैत । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले थारु समुदायलाई शारीरिक श्रमभन्दा मानसिक श्रममा लाग्न आग्रह गर्नुभएको छ । घोराही ७ घुस्रामा आयोजना गरिएको थारु कल्याणकारिणी सभा दाङको संगठन विस्तार तथा जागरण अभियान कार्यक्रमलाई सम्वोधन गर्दै मेयर चौधरीले यस्तो कुरामा जोड दिनुभएको हो । थारु समुदायले सदियौदेखि शारीरिक श्रममा मात्रै केन्द्रित रहेको भन्दै अब मानसिक श्रममा लाग्न आग्रह गर्नुभएको...

पद्मोदयमा एक करोडको भवन बन्दै

घोराही, ८ चैत । घोराही उपमहानगरपालिका १५ भरतपुरमा रहेको पद्मोदय पब्लिक नमुना माद्यामिक विद्यालयले झण्डै एक करोड रुपैयाँको लागतमा भवन बनाउन थालेको छ । नेपाल सरकारको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नमुना विद्यालयकारुपमा छनोट गर्दै प्रदान गरेको १ करोड ९४ लाख रुपैयाँ मध्य ९९ लाख ९९ हजार रुपैयाँको लागतमा ८ कोठाको दुईतले भवन निर्माण हुन थालेको हो । भवनको आज...

ताजा समाचार