मावि सेन्टरमा आइटी डिप्लोमा

घोराही, १७ भदौ । मावि सेन्टरमा तीनवर्षे सूचना प्रविधि (आइटी) डिप्लोमा पठनपाठन सुरु हुने भएको छ । विद्यालयले सूचना प्रविधिको कार्यक्रम सञ्चालनका लागि सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आइतबार विद्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी यसैवर्षदेखि सुरु हुने कार्यक्रमका लागि पुस्तकालय, कम्प्युटरलगायत आवस्यक सम्पूर्ण ल्यावहरुको तयारी गरिएको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले जानकारी दिनुभयो । उहाँले अहिलेसम्म १० जना विद्यार्थीहरुले आवेदन...

थारु कल्याणकारिणीको नेतृत्व चयन

घोराही, १७ भदौ । थारु कल्याणकारिणी सभाको १६ औं जिल्ला अधिवेसनबाट भुबन चौधरीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसहमतिमा चयन भएको छ । सभापतिमा भुबन चौधरी, सदस्यहरुमा अशोक चौधरी, शालिकराम चौधरी, प्रकाश चौधरी, सबिता चौधरी, रामपति चौधरी , समिता चौधरी, प्रणब चौधरी, अर्विन्द्र चौधरी र हरिप्रसाद चौधरी सर्वसहमतिमा चुनिनु भएको हो । त्यसैगरी केन्द्रीय पार्षदमा तेजमान चौधरी, सन्तोष दहित, चुर्णबहादुर चौधरी,...

सैघाका महिलाले पोखे गीतमार्फत पीडा

सैघा, १६ भदौ । घोराही उपमहानगरपालिका १९ सैघाका महिलाले गीतमार्फत आफ्ना पीडा पोखेका छन् । महिलाले गीतमा पीडामात्र नभएर महिला सशक्तीकरण र सहभागिताको आवाजसमेत त्यतिकै उठाएका थिए । कार्यक्रममा वडाभरका टोलबाट महिलाहरुको सहभागिता थियो । ‘महिलाहरु हिंसा सहन बाध्य छन्’ स्थानीय प्रेमी पुनले भन्नुभयो ‘महिला हिंसा रोक्न सबै क्षेत्रको सहयोग आवश्यक छ ।’ उहाँले हरेक क्षेत्रमा महिला सहभागिता गराउन नसक्दा...

बालमैत्री घोषणाको योजनासहित विद्यालय अनुगमन

घोराही, १५ भदौ । घोराही उपमहानगरपालिका–२ ले वडामा रहेका विभिन्न सामुदयिक विद्यालयहरुको अनुगमन गरेको छ । वडा अध्यक्ष केशवराज आचार्यको नेतृत्वमा गएको जनप्रतिनिधिहरुको टोलीले वडालाई बालमैत्री घोषणा गर्ने योजनाका साथ स्थानीय विद्यालयहरुको अनुगमन गरेको वडा कार्यालयले जनाएको छ । टोलीले गङ्गा मावि रामपुर, प्रावि पलाँसे, जनता मावि, प्रावि निमुरिया र नवचेतना बोर्डिङ स्कुलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा शौचालय,...

अबरुद्ध सडक खोल्दै घोराही वडा नं. १९

दाङ, १४ भदौ । घोराही उपमहानगरपालिका १९ को वडा कार्यालयले वर्षाले अवरुद्ध सडक सञ्चालनमा ल्याउने तयारी गरेको छ । वर्षाका कारण वडा कार्यालय र सदरमुकाम घोराही जोड्ने सबै सडकहरु बन्द छन् । सडकखण्डको ठाउँ ठाउँमा पहिरो गएको वडा सदस्य जंग रोकाले बताउनुभयो । वडा कार्यालय जोड्ने मसिना कटुवाखोला धपाले, नयाँ वस्ती रालवाङ र दुइखोली राम्चे हँुदै लाकुरी बजार सडक सबै...

जिल्लास्तरी समीक्षा सम्पन्न, ४४ वटाले प्रस्तुत गरे कार्यप्रगति

दाङ, १४ भदौ । जिल्लास्तरीय वार्षिक समीक्षा बुधवार सम्पन्न भएको छ । जिल्ला समन्वय समिति दाङको आयोजनामा सम्पन्न वार्षिक समीक्षा कार्यक्रम दुई दिनसम्म चलेको थियो । समीक्षामा जिल्लाका दशैवटा स्थानीय तह, विषयगत कार्यालय र गैरसरकारी संस्था गरेर ४४ वटाले गत आर्थिक वर्ष २०७४/०७५ गरेका कार्य सम्पादनको बारेमा प्रस्तुती राखेका थिए । समीक्षा कार्यक्रममको समापन गर्दै जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान...

बलात्कारीलाई हदैसम्मको कारबाही गर्न अधिकारवादी स‌ंघसंस्थाहरुको माग

घोराही, १२ भदौ । दाङका दुईदर्जन संस्थाले कञ्चनपुरसहित देशभर भैरहेका बलात्कारलगायतका जघन्य हिंसाका घटनामा पर्याप्त अनुसन्धान गरी दोषीलाई हदै सम्मको कारवाही र पीडितलाई न्यायको प्रत्याभूति दिन सरकारसँग माग गरेका छन् । मंगलवार प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठलाई ध्यानाकर्षणपत्र बुझाउँदै यस्तो माग गरिएको हो । कञ्चनपुरमा बालिका निर्मला पन्तको बलात्कार पश्चात भएको हत्याबिरुद्ध दोषीलाई कारवाही र पीडितलाई न्यायका लागि कञ्चनपुर सहित...

उपक्षेत्रीय अस्पतालको सेवा प्रभावकारी बनाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र

घोराही, १२ भदाै । राप्ती उपक्षेत्रीय अस्पतालको सेवा थप प्रभावकारी बनाउन माग गर्दै  नागरिक समाजलगायत विभिन्न संघसंस्थाहरुले प्रधानमन्त्री, मुख्यमन्त्री, स्वास्थ्य र शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । मंगलबार नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठमार्फत ज्ञापनपत्र बुझाइएको हो । राप्ती उपक्षेत्रीय अस्पतालमा दरबन्दीअनुसारको विशेषज्ञ तथा मेडिकल अफिसरको पदपूर्ति गरिनुपर्ने, लामो समयसम्म निमित्त मेसुको भरमा...

दाङमा जिल्लास्तरीय समीक्षाः कर्मचारी र कानूनको अभाव

दाङ, १२ भदौ । जिल्लास्तरीय वार्षिक समीक्षा मङ्गलबारदेखि शुरु भएको छ । जिल्ला समन्वय समिति दाङको आयोजनामा शुरु भएको कार्यक्रम भोलिसम्म सञ्चालन हुने छ । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षता एवं प्रदेश सांसद तथा प्रदेश मामिला तथा कानून समिति सभापति दामाकुमारी शर्माको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा शर्माले पुँजीगत खर्च अझै पनि राम्रोसँग खर्च हुन नसकेको भन्दै त्यसलाई...

जनप्रतिनिधिद्वारा विद्यालय अनुगमन

घोराही, ११ भदौ । घोराही उपमहानगरपालिका–२ मा जनप्रतिनिधिहरुले स्थानीय सामुदायिक विद्यालयहरुको अनुगमन गरेका छन् । वडा नं. २ का अध्यक्ष केशव आचार्य र सदस्य टार्जन खड्कालगायतको टोलीले जनता मावि बुका, प्रावि निमुरिया र प्रावि पलाँसेको अनुगमन, निरीक्षण गर्नुभएको हो । अनुगमनका क्रममा जनता मावि बुकामा विद्यालय समयमा नआउने ४ जना शिक्षकहरुलाई घर फिर्ता गरिएको थियो । त्यसैगरी विद्यालय समयमा शिक्षक,...

ताजा समाचार