चाडपर्वलाई सभ्य र सन्तुलितरुपमा मनाउन जोड
घोराही, २६ भदौ । चाडपर्वहरुलाई सभ्य र सन्तुलितरुपमा मनाउनु पर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । हिन्दू महिलाहरुको महान चाड तीजको अवसरमा घोराही १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा गठित नेपाल जुनियर रेडक्रस सर्कल र बाल क्लवको संयुक्त आयोजनामा आयोजित तीज विशेष कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रिन्सिपल केशवराज गिरीले हिन्दू महिलाहरुको महान चाड तीजलाई सभ्य...
जिप दुर्घटनामा दम्पत्तीको मृत्यु
सल्यान, २५ भदौ । सल्यानमाभएको जिप दुर्घटनामा एक दम्पत्तीको मृत्युभएको छ । सल्यानको बागचौरबाट दाङतर्फ आउँदै गरेको लु १ च ५६६४ नम्बरको जिप सोमबार बिहान शारदा नगरपालिका १३ स्यानीखाल अत्तरकाँडामा दुर्घटना हुँदा श्रीमान श्रीमतीको मृत्यु भएको हो ।
दुर्घटनामा बागचौर नगरपालिका १० मोख्लाका हुकुमी बिकको घटना स्थलमै र घाइते उहाँका श्रीमान् बलबहादुर विकको उपचारका लागि नेपालगञ्ज लग्ने क्रममा मृत्यु भएको...
मारिएकाहरुको सम्झनामा दीप प्रज्ज्वलन
घोराही,२५ भदौ । विभिन्न समयमा बलात्कार र अपहरणपछि मारिएका महिला र बालिकाहरुको सम्झनामा दाङमा सोमबार दिउँसै दीप प्रज्ज्वलन गरिएको छ । घोराहीको तुलसीपुर चोकमा दीप प्रज्ज्वलन गरेर उनीहरुको सम्झना गरिएको हो ।
मानवअधिकारको क्षेत्रमा क्रियाशील अगुवा महिला, राजनीतिक दलका नेता तथा कार्यकर्ता, सर्वसाधारण नागरिकहरुले सामुहिक दीप प्रज्ज्वलन गर्दै बलात्कार र अपहरणपछि भएका हत्या, आत्महत्याका दोषीमाथि कारवाहीको माग गरे । दिन...
वडा कार्यालयद्वारा विद्यार्थीलाई निःशुल्क ड्रेस
घोराही, २५ भदौ । घोराही उपमहानगरपालिका वडा नं. २ ले रात्रि प्रावि पलासेका विद्यार्थीहरुलाई निःशुल्क विद्यालय पोशाक वितरण गरेको छ । वडाध्यक्ष केशवराज आचार्यले सोमबार विद्यालयमा आयोजित एक कार्यक्रममा पोशाक वितरण गर्नुभएको हो ।पोशाकमा विद्यालय आउँदा अनुशासन कायम हुने र विद्यार्थीहरुलाई नियमित कक्षा आउन प्रोत्साहन गर्नका लागि विद्यालयका एकसय ६० जना विद्यार्थीहरुलाई निःशुल्क पोशाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक चामबहादुर...
ज्ञानमालामा बाल क्लव गठन
घोराही, २४ भदौ । घोराही उपमहानगरपालिका १६ सर्रा स्थित ज्ञानमाला एकेडेमीमा बाल क्लव गठन गरिएको छ । विद्यालयकी अतिरिक्त क्रियाकलाप संयोजक बिमला केसीको अध्यक्षता एवम् विद्यालयका प्रिन्सिपल केशवराज गिरीको प्रमुख आतिथ्यतामा आयोजित विद्यार्थीहरुको भेलाले कक्षा ९ का छात्र सुदीप बस्नेतको अध्यक्षतामा १३ सदस्यीय ज्ञानमाला बाल क्लव गठन गरेको छ ।
त्यसैगरी उपाध्यक्षमा कक्षा ८ की छात्रा जुना चौधरी, सचिवमा कक्षा...
न्याय दर्शन र संस्कृत शिक्षणबारे कार्यशाला
दाङ, २४ भदाै । विश्वविद्यालय अनुदान आयोगको सहयोग र नेपाल संस्कृत विश्वविद्यालय जनता विद्यापीठ बिजौरी दाङ न्याय विभागको आयोजनामा आइतबारदेखि बिजौरीमा ‘पूर्वीय वाङ्मय अन्तर्गतको न्यायदर्शन र संस्कृत शिक्षण विधि’ विषयक दुईदिने कार्याशाला गोष्ठी शुरु भएको छ ।
गोष्ठीमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले संस्कृत शिक्षालाई सरलीकरण गर्दै जानुपर्ने बताउनुभयो । कोइरालाले संस्कृतलाई जतिसक्दो सरल बनाएर मात्र यसको...
तेक्वान्दोको ग्रेडिङ तथा दीक्षान्त समारोह
लक्ष्मण बस्नेत
दाङ, २३ भदौ । तेक्वान्दो ग्रेडिङ तथा दीक्षान्त समारोह शनिवार दाङको तुलसीपुरमा सम्पन्न भएको छ । बेलझुण्डी तेक्वान्दो डोजाङको आयोजनामा भएको समारोहमा सिनियर ब्ल्याक बेल्टतर्फ १३ जना र जुनियरतर्फ ९४ जना गरी जम्मा १ सय सात जना खेलाडी दीक्षित भएका छ्न ।
यसरी दिक्षित हुनेमा हाम्रो पहुँच तेक्वान्दो डोजाङबाट सिनियर ब्ल्याक बेल्टतर्फ ९ जना र बेल्झुण्डी तेक्वान्दो डोजाङबाट ४...
सञ्जालद्वारा प्रकाण्डसँग हिरासतमै भेट
घोराही, २३ भदौ । मानव अधिकार सञ्जाल दाङले जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेका नेकपाका प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा प्रकाण्डसँग हिरासतमै भेटघाट गरेको छ ।
सञ्जालका संयोजक केशवकुमार शर्माको नेतृत्वमा गएको अधिकारकर्मीहरुको टोलीले भेटपछि विज्ञप्ति जारी गरी प्रहरीले मानवधिकारका दृष्टिले प्रकाण्डप्रति सन्तोषजनक व्यवहार गरेको पाइएको उल्लेख गरेको छ । विज्ञप्तिमा "अदालतको आदेशपछि पनि उहाँको गिरफ्तारीको श्रृङ्खला नरोकिएको सन्दर्भमा नागरिकप्रति...
ज्ञानमालामा दुईदिने विज्ञान कार्यशाला
महेश बस्नेत
घोराही, २३ भदौ । नयाँ उपकरणहरुको खोज तथा आविष्कार गर्न शिक्षक एवं विद्यार्थीहरुमा ज्ञान र ऊर्जा प्रदान गर्ने उद्देश्यका साथ घोराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा दुईदिने विज्ञान कार्यशाला शनिबार सम्पन्न भएको छ ।
कार्यशालामा सहभागी शिक्षक तथा विद्यार्थीहरुले नयाँ उपकरणहरु निर्माण कार्यप्रति आफूहरुलाई ऊर्जा मिलेको बताएका छन् । उनीहरुले सिर्जनात्मक सोच र खोजका साथै कार्यप्रति योजनाका साथ कटिबद्ध...
तीज महोत्सवको तयारी अन्तिम चरणमा
दाङ, १९ भदौ । हिन्दूहरुको महान् पर्व हरितालिका तीजको अवसरमा दाङको घोराहीमा भदौ २२ गतेदेखी २८ गतेसम्म हुने तीज महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको आयोजक मूल समितिले जानकारी दिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङको आयोजनामा हुने ‘तीज विशेष सांस्कृतिक महोत्सव २०७५’ को तयारी अन्तर्गत ८० प्रतिशत तयारी पूरा...














