बालिका बचाउने चिन्ता

दाङ, १५ भदौ । पछिल्लो समय भैरहेका बलात्कार र यौन हिंसासम्बन्धी डरलाग्दा घटनाहरुले हरेक आमाबुवा र छोरीहरुलाई त्रसित बनाएको छ । यस्तो लाग्छ कि आजभोलि हरेक आमाहरु निद्रामा पनि झस्कन्छन् होला, छेउमै सुतेकी छोरीको अवस्था बुझ्न छामछुम् गर्न पुग्छन् होला । विद्यालय गएकी छोरी सकुशल घर नफर्कदासम्म बाआमाको मनमा चैन हुँदैन होला अनि केही किन्नुपरे छोरीलाई पठाउने कि आफै...

हवाई मैदान नबनाउन आन्दोलन

दाङ, १४ भदौ । नारायणपुर क्षेत्रमा अन्तर्राष्ट्रिय हवाई मैदान बनाउने विषयलाई लिएर त्यस क्षेत्रका बासिन्दाहरु आन्दोलित भएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १०, ११ र १२ का बासिन्दाहरु आन्दोलित भएका हुन् । आफूहरुसँगको सल्लाहविना विमानस्थल निर्माणको विषय आएकाले संघर्ष समिति बनाएर उनीहरु आन्दोलित भएका हुन् । संघर्ष समितिको अगुवाइमा आइतवार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।...

बुढाको पुण्यतिथिमा श्रद्धाञ्जलीसभा

दाङ, ८ असोज । नेपाल कम्युनिष्ट पार्टी घोराही १२ ले सोमबार श्रद्धाञ्जलीसभा सम्पन्न गरेको छ । पार्टीका नेता रुद्र बुढाकी आमा लीलामति बुढाको तेह्रौं दिनको पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो । पूर्व एमाले वडा नम्बर १२ का इञ्चार्ज दोर्ण बहकरीको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै जिल्ला सचिवालय सदस्य तथा आर्थिक विभाग प्रमुख गेहेन्द्र बस्नेतले दिवंगत लिलामती...

महायज्ञमा २४ लाख संकलन, थापा दम्पतीद्वारा साढे ५ लाख दान

दाङ, ८ असोज । मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुका लागि आवास निर्माण सहयोगार्थ घोराहीमा जारी महायज्ञमा २४ लाख रकम दान संंकलन भएको छ । महायज्ञको आठौँ दिनसम्म २४ लाख ७ हजार ७ सय ४ रुपैया दान संकलन भएको महायज्ञ आयोजक मूल समितिले जानकारी दिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ३ मा प्रेरणाका लागि अभियान दाङले निर्माण गरिरहेको मानसिक सन्तुलन गुमाएका...

शान्ति निकेतन विद्यालय स्पोर्टस् क्लवको अध्यक्षमा प्रकाश

दाङ, ८ असोज । शान्ति निकेतन विद्यालय घोराहीमा स्पोर्टस् क्लव गठन गरिएको छ । विद्यालयमा अध्ययनरत खेलाडीहरुको सोमबार सम्पन्न भेलाले प्रकाश खनालको अध्यक्षतामा स्पोर्टस् क्लव गठन गरेको हो । क्लवको उपाध्यक्षमा याश्मिन मन्सुरी, सचिवमा प्रविण चौधरी र कोषाध्यक्षमा अरुण चौधरी रहनुभएको छ । क्लबको सदस्यमा यमुना पौडेल, रुपेश पोख्रेल, सुजाता पोख्रेल, अर्मान रङ्रेज, अनष खान, संगीता अधिकारी, दक्ष ठाकुर, प्रितम पोख्रेल,...

सिभिल बैंकका  कर्मचारीद्वारा जेष्ठ नागरिकलाई सहयोग

दाङ, ८ असोज । सिभिल बैंक तुलसीपुर शाखाका कर्मचारीहरुले जेष्ठ नागरिकको जीवनयापनमा सहजता ल्याउन खाद्यान्न सहयोग गरेका छन् । सोमवार तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ रझेनास्थित बृद्ध सेवा समितिमा पुगेर उनीहरुले दैनिक उपभोग्य वस्तुहरु हस्तान्तरण गरेका हुन् । सिभिल बैंक तुलसीपुर शाखाका अप्रेसन इञ्चार्ज यज्ञराज विनाडीले कर्मचारीहरुले आपसमा रकम  संकलन गरी जेष्ठ नागरिकलाई सहयोग प्रदान गरेको जानकारी दिनुभयो । बैंकका प्यूठान...

कुखुरा व्यवसायीका अनेकौँ गुनासा

घोराही, ५ भदौ । घोराही उपमहानगरपालिका वडा नं. १३ का समीर वलीले कुखुरा पालन व्यावसाय गर्न थालेको दुई बर्ष भयो । यो समय अवधीमा उहाँले छ लट कुखुरा पाल्नुभयो । तर लगानी अनुसारको उपलब्धी पाउन सक्नुभएको छैन् । प्राबिधिक कुरा नजान्नु । कसरी पालन गर्ने, दानापानीको व्यवस्थापन, हावापानी, स्थानको अवस्था ठीक नहुँदा उहाँले लगानी अनुसारको प्रतिफल पाउन सक्नुभएको छैन् । तीन लट जतीको कुखुराहरु मर्दा घाटा...

महायज्ञमा करिब पाँच लाख दान संकलन

दाङ, ५ असोज । मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुकालागि आवास निर्माण सहयोगार्थ घोराहीमा जारी महायज्ञमा करिब ५ लाख दान संकलन भएको छ । महायज्ञको पाँचौ दिनसम्म करिब ५ लाख दान संकलन भएको आयोजक मूल समितिले जानकारी दिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ३ मा प्रेरणाकालागि अभियान दाङले निर्माण गरिरहेको मानसिक सन्तुलन गुमाएका व्यक्तीहरुको आवासकालागि सहयोगार्थ आयोजना गरिएको ‘श्रीराम कथा धनधान्याञ्चल...

विद्यार्थीहरुलाई लागुऔषध तथा ट्राफिक सचेतना

महेश बस्नेत घोराही, असोज ५ । घोराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यार्थीहरुलाई लागु औषध दुर्व्यसनीविरुद्ध र ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रमहरु शुक्रबार सम्पन्न भएका छन् । विद्यालयको आयोजना तथा अस्थायी प्रहरी पोष्ट सर्राको समन्वयमा सचेतना कार्यक्रमहरु सम्पन्न भएका हुन् । विद्यालयका प्रिन्सिपल केशवराज गिरीको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि अस्थायी प्रहरी पोष्ट सर्राका प्रहरी नायव निरिक्षक देवराज...

सेनापतिलाई स्वागत, डिईलाई बिदाइ

अमरराज आचार्य दाङ, २६ भदौ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । संघले एक कार्यक्रमको आयोजना गरी रिपुमर्दन गण घोराहीमा सरुवा भएर आएका प्रमुख सुमनकुमार थापालाई स्वागत तथा सरुवा भएर जान थालेका भवन डिभिजन कार्यालय दाङका प्रमुख राजेन्द्र पाण्डेलाई बिदाई गरेको हो । कार्यक्रममा बोल्दै रिपुमर्दन गणका प्रमुख थापाले आफू सामाजिक कार्यमा सबैसँग मिलेर अगाडि...

ताजा समाचार