अनुगमन टोलीले चाउमिन उद्योग बन्द गरायो
घोराही, १८ असोज । घोराही उपमहानगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको छ । उपमहानगरपालिकाले बिहीबार चाउमिन उद्योगहरु अनुगमन गरेको हो । उपमहानगरका उपमप्रमुख तथा बजार अनुगमन समितिका संयोजक सीता सिग्देल न्यौपानेको नेतृत्वमा भएको अनुगमन टोलीले घोराही १७ गैरागाउँमा सञ्चालित ऋषिकेश चाउमिन उद्योगलाई तत्कालका लागि बन्द गराएको छ ।
उक्त चाउमिन उद्योग दर्ता विनै सञ्चालनमा रहेको, चाउमिन, ससहरुमा उत्पादन मिति, उपभोग मिति...
चेतना समूहका सदस्यहरुलाई मानवअधिकार अभिमुखीकरण
घोराही, १८ असोज । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाँच नम्वर प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बालअधिकार चेतना समूहका सदस्यहरुको क्षमता अभिवृद्धिसम्वन्धी दुईदिने तालिम बिहीवारदेखि घोराहीमा सुरु भएको छ ।
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन इएलपी कार्यक्रमअन्तर्गत गठन भएका बालअधिकार चेतना समूहका सदस्यहरु र शिक्षक संरक्षकहरुलाई तालिम दिन लागिएको हो । तालिममा मावि गोग्ली, मावि झिङ्नी, जयशेर मावि...
प्रक्रिया नपुर्याएरै पसल सञ्चालन
घोराही, १७ असोज । घोराही उपमहानगरपालिकाको अगुवाईमा बुधबार नारायणपुर र खैरा क्षेत्रका बजारहरुको अनुगमन गरिएको छ । उपमहानगरपालिकासहित उद्योग बाणिज्य संघ, प्रहरी र पत्रकारको टोलीले वडा नम्बर १० को नारायणपुर र ११ को खैरामा रहेका दुई दर्जन पसलहरुको अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा प्रक्रिया नपुर्याएरै पसलहरु सञ्चालनमा रहेको पाइएको छ । पसल सञ्चालन गर्दा दर्ता गर्नुपर्ने सबै निकायहरुमा दर्ता...
पीडित व्यवसायीलाई उवासंघको सहयोग
दाङ, १७ असोज । घर भत्किएर पीडित भएका व्यवसायीलाई दाङ जिल्ला उद्योग वाणिज्य संघले सहयोग गरेको छ । संघले घोराही उपमहानगरपालिका वडा नं १५ काठेकोलमा रहेको साइला दाइ किराना पसलका प्रोपाइटर दिलबहादुर गिरीलाई नगद १५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको हो ।
पीडित गिरीलाई संघले व्यावसायिक सुरक्षा कोषबाट सहयोग गरेको दाङ जिल्ला उद्योग वाणिज्य संघका कोषाध्यक्ष सुशील पोख्रलेले...
बृद्धमाथि कुटपिट
दाङ, १७ असोज । जातीय लाञ्छना लगाउँदै तुलसीपुरमा एक बृद्ध कुटिएका छन् । तुलसीपुर उपमहानगरपालिका १८ दूधरास स्थित लमैटोलका ६३ वर्षीय कर्णबहादुर कामीमाथि सोही ठाउँका तीर्थ पन्थीले कुलोको पानीको विषयलाई लिएर जातीय लाञ्छना लगाउँदै कुटपिट गरेका हुन् ।
पानीको पालो मिचेर पन्थीले आफ्नो खेतमा लगाएपछि आफूले पानी खोल्न जाँदा कुटपिट गरेको कर्णबहादुरले बताउनुभयो । ‘कामीले पानी छुनु हुन्न’ भन्दै कुटपिट...
घनश्याम स्मृति दिवस मनाइदै
दाङ, १७ असोज । घनश्याम बुढाथोकी स्मृति प्रतिष्ठान दाङले तत्कालीन नेकपा एमालेका नेता स्व. घनश्याम बुढाथोकीको छैठौँ स्मृति दिवस मनाउने भएको छ । प्रतिष्ठानको बुधवार घोराहीमा बसेको बैठकले असोज १९ गते स्मृति दिवस घोराही उपमहानगरपालिकाको सभा हलमा मनाउने निर्णय गरेको हो ।
स्मृति दिवसमा कम्युनिष्ट पार्टीका संस्थापक सचिव तथा वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्मा र कम्युनिष्ट कोअर्डिनेशनका संस्थापक सदस्य मेघबहादुर बिसीलाई...
घोराहीमा बिपीको शालिक निर्माण सुरु
दाङ, १५ असोज । घोराहीमा महामानव बिपी कोइरालाको शालिक निर्माण गर्न सुरु गरिएको छ । जिल्लाको सदरमुकाम घोराहीमा बिपीको शालिक निर्माण गर्न सुरु गरिएको हो । नेपाली कांग्रेसले घोराहीको सडक विभागदेखि पश्चिमतर्फको चोकमा बिपीको शालिक निर्माण सुरु गरेको हो ।
सोमवारदेखि शालिक निर्माणको कार्य सुरु भएको नेपाली कांग्रेस दाङका जिल्ला सचिव शंकरप्रसाद डाँगीले जानकारी दिनुभयो । नेपाली कांग्रेस दाङ क्षेत्र...
घोराहीको बसपार्कमा नागरिक सहायता कक्ष
दाङ, १५ असोज । हिन्दूहरुको महान् पर्व विजयादशमी तथा दीपावलीको अवसरमा सहायता कक्षा स्थापना गर्न सुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले घोराहीको बसपार्कमा सहायता कक्ष स्थापना गरेको छ । सोमवार सहायता कक्ष स्थापना गरिएको हो ।
चाडपर्वको समयमा यात्रुहरुको चाप बाक्लो हुने र सो समयमा यात्रुहरुले विभिन्न समस्या भोग्न सक्ने भएकाले ती समस्या समाधानका लागि नागरिक सहायता...
सैघामा समूह सदस्यका लागि सशक्तीकरण
दाङ, १५ असोज । घोराही उपमहानगरपालिका १९ मा समूह सदस्यका लागि अनुशिक्षण तालिम सम्पन्न भएको छ । घोराही उपमाहनगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रमको उद्घाटन वडा अध्यक्ष हर्क घर्तीमगरले गर्नुभएको । तालिममा समूह, बचत, लैङ्गिक हिंसा, घरेलु हिंसा र निवारण र महिला सशक्तीकरणका विषयमा महिला निरीक्षक राधा भट्टराई र खुमा डिसीले प्रशिक्षण दिनुभएको...
घोराही उपमहानगरद्वारा जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग
घोराही, १५ असोज । २८औँ जेष्ठ नागरिक दिवसको अवसरमा घोराही उपमहानगरपालिकाले तेरौँटेमा बस्दै आएका जेष्ठ नागरिकहरुलाई खाद्यान्न तथा फलफूल प्रदान गरेको छ । "जेष्ठ नागरिक अभियन्ताहरुलाई सम्मान गरौँ" भन्ने नाराका साथ सोमबार परेको २८औँ जेष्ठ नागरिक दिवसका अवसरमा घोराही उपमहानगरपालिकाले जेष्ठ नागरिक जिल्ला संघसँग समन्वय गरी करिब १८ हजार मूल्य बराबरको खाद्यान्न र फलफूल प्रदान गरेको हो ।
जेष्ठ नागरिक...













