चौरजहारीमा १७ महिनापछि उडान
रुकुम, ७ कात्तिक । रुकुम पश्चिमको चौरजहारी बिमानस्थल पुनः सञ्चालनमा आएको छ । १७ महिनादेखि उडान सेवा रोकिएको चौरजहारी विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले बुधबारबाट उडान शुरु गरेको हो ।
अब सातामा दुईदिन बुधवार काठमाडौं–चौरजहारी–नेपालगञ्ज र बिहिवार नेपालगञ्ज–चौरजहारी–काठमाडौं उडान हुनेछ । पहिलो दिन बुधबार चौरजहारीबाट एक बिरामीसहित आठ जनाले नेपालगञ्जसम्मको हवाई यात्रा गरेका छन् ।
झण्डै डेढबर्षपछि हवाई सेवा सञ्चालनमा आउँदा स्थानीय र सर्वसाधारण खुशी भएका...
भालुबाङमा बेवारिसे शव भेटियो
भालुबाङ, ७ कार्तिक । देउखुरीको भालुबाङमा बुधबार बिहान एक युवकको शव फेला परेको छ । पुरानो भालुबाङ बजारस्थित जय माँ दुर्गा भवानी फर्निचर पछाडि राप्ती नदीको किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।
शवको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक रबिन्द्रराज पाण्डेले जानकारी दिनुभएको छ । अन्दाजी ३५/४० बर्षका युवकको मृत्यु कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
राप्ती...
स्वर्गद्वारीमा धर्मध्वजा परिवर्तन
दाङ, ७ कात्तिक । प्यूठानमा रहेको स्वर्गद्वारी आश्रममा रहेको मन्दिरमा हरेक वर्ष जस्तै यस वर्ष पनि धर्मध्वजा परिवर्तन गरिएको छ ।
हरेक वर्ष कोजागत पूर्णिमाका दिन ध्वजा परिवर्तन गरिँदै आएको र यसवर्ष पनि उक्त ध्वजा परिवर्तन गरिएको स्वर्गद्वारी आश्रम प्यूठान सञ्चालक समितिका सचिव ब्रम्हचारी डा. रुद्रप्रसाद मिश्र (ध्रुवश्री) ले जानकारी दिनुभयो ।
आश्रमको मुख्य केन्द्रका रुपमा रहेको स्वर्गद्वारीमा हरेक बर्ष कोजागत...
बालबालिकाको सर्वाङ्गीण विकासका लागि अभिभावकलाई प्रशिक्षण
महेश बस्नेत
घोराही, २३ असोज । घोराही १६ सर्रास्थित ज्ञानमाला एकेडेमीले क्रियाकलापमा आधारित शिक्षण सिकाईबारे सोमबार र मंगलबार अभिभावकहरुलाई प्रशिक्षण दिएको छ । घोकेरभन्दा व्यवहारिक अभ्यास गरेर सिकाई प्रभावकारी हुन्छ भन्ने मान्यताका साथ ज्ञानमालाले यसै वर्षदेखि क्रियाकलापमा आधारित पाठ्यक्रम लागु गरेको छ ।
विद्यार्थीहरुको शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक तथा शैक्षिक विकासका लागि विभिन्न क्रियाकलाप गराएर व्यवहारिक शिक्षण सिकाइ गराउँदै आएको विद्यालयका...
घोराही उपमहानगरलाई बालमैत्री बनाउन गृहकार्य सुरु
घोराही, २३ असोज । घोराही उमहानगरपालिकालाई बालमैत्री बनाउन गृहकार्य थालिएको छ । जसअन्तर्गत उपमहानगरका १९ वटै वडाका अध्यक्ष र बालबालिकाका अभिभावकलाई सोमबार बालमैत्री स्थानीय शासनबारे अभिमुखिकरण गरिएको छ ।
सबै वडामा बालमैत्री कार्यक्रम तय गरी बालसंरक्षणका अभियानहरु सञ्चालन गरिने नगर प्रमुख नरुलाल चौधरीले बताउनुभयो । बालबालिका समाजका महत्वपूर्ण अंग भएकाले उनीहरुको संरक्षण गर्दै वडालाई बालमैत्री बनाउनु स्थानीय तहको कर्तव्य भएको...
घोराही १६ मा बाल सञ्जाल र किशोरी समूह गठन
घोराही, २३ असोज । घोराही उपमहानगरपालिकाका वडाहरुमा बाल सञ्जाल र किशोरी समूह गठन प्रकृया सुरु भएको छ । वडास्तरीय बाल क्लव र किशोरी समूह गठनका लागि वडाहरुले तिब्रता दिन थालेका छन् ।
यसैक्रममा वडा नम्बर १६ मा बुद्ध बाल सञ्जाल र नवज्योती किशोरी समूह गठन भएको छ । वडाका कार्यबहाक अध्यक्ष जगतबहादुर श्रेष्ठको अध्यक्षता एवं महिला बालबालिका तथा सामाजिक विकास...
घोराही ११ मा संघर्षशील बाल सञ्जाल गठन
घोराही, २१ असोज । घोराही उपमहानगरपालिका वडा नम्बर ११ ले ११ सदस्यीय संघर्षशील बाल सञ्जाल गठन गरेको छ । वडा अध्यक्ष कुलबहादुर लामिछानेको अध्यक्षतामा भएको बाल भेलाले उषा कवँरको अध्यक्षतामा ११ सदस्यीय संघर्षशील बाल सञ्जाल गठन गरेको हो ।
सञ्जालको उपाध्यक्षमा रविन चौधरी, सचिवमा प्रदीप गन्धर्ब, कोषाध्यक्षमा शुष्मा लामिछाने चयन हुनुभएको छ । त्यसैगरी सञ्जालको सदस्यहरुमा चन्दन रावत, सर्मिला चौधरी,...
घरदैलोमा पुगी नेपाल लाइफले दियो १२ लाख बढी भुक्तानी
घोराही, २१ असोज । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी घोराही शाखाले रोल्पाका कमला थापालाई बीमा बापतको १२ लाख बढी रकम हस्तान्तरण गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा गराएका बिमित सुनिल स्मृति गाउँपालिका–६ रोल्पाका सुरेश थापाको मृत्यु भएपछि उहाँकी श्रीमतीलाई बीमावापतको १२ लाख ६० हजार रुपैयाँ प्रदान गरिएको कम्पनीका घोराही शाखा प्रमुख वसन्त अधिकारीले जानकारी दिनुभयो ।
तीन वर्ष अघि...
मोटरसाइकलले ठक्कर दिँदा छातीमा तीनवटा सरिया
घोराही, २१ असोज । दाङको घोराहीमा दुईवटा मोटरसाईकल आपसमा ठोकिदा पैदलयात्रु घोराही ३ कुइरेपानीकी ३८ वर्षीया तिला परियार गम्भिर घाइते हुनुभएको छ । पैदल हिँडिरहेकी परियार मोटरसाइकल जुधेपछि उछिट्टिएर सरिया लोड गरेको टेक्टरमा ठोक्किँदा ३ वटा सरिया छातीको वारपार भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
घाइते परियारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भैरहवा...
इन्सेकद्वारा कैदीबन्दीलाई मानवअधिकार पुस्तक
घोराही, १८ असोज । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाँच नम्वर प्रदेश कार्यालय नेपालगञ्जले जिल्ला कारागार कार्यालय दाङमा रहेका कैदीबन्दीहरुका लागि मानवअधिकारसम्वन्धी पुस्तक हस्तान्तरण गरेको छ ।
इन्सेकका ५ नम्बर प्रदेश संयोजक भोला महतले बिहीवार जिल्ला कारागार कार्यालय घोराहीका जेलर दुर्गादेवी कोइराला र कैदी नायक डिपलपसेन वलीलाई सामूहिकरुपमा पुस्तक हस्तान्तरण गर्नुभएको हो । इन्सेकको प्रमुख प्रकाशन नेपाल मानवअधिकार वर्ष पुस्तक...














