कामलाई सहज बनाउन जनप्रतिनिधि र कर्मचारीलाई तालिम

घोराही, १५ कार्तिक । घोराही उपमहानगरपालिका वडा नम्बर १० को कार्यालयले प्रवाह गर्ने सेवा र कार्य सम्पादनलाई प्रभावकारी बनाउन पदाधिकारीसहित कर्मचारीहरुलाई तालिमको दिएको छ । वडा कार्यालयले कर्मचारी तथा पदाधिकारीहरुको क्षमता विकासका लागि ४ दिने तालिमको आयोजना गरेको हो । वडा अध्यक्ष चित्रबहादुर डाँगीको अध्यक्षता एवं नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनारको विशिष्ट आतिथ्यतामा...

घोराही ४ र ७ मा व्यक्तिगत घटना दर्ता अनलाइनबाट

घोराही, १५ कार्तिक । घोराही उपमहानगरपालिकाले प्रविधिसँग सेवाग्राहीलाई जोड्दै गएको छ । कम्प्युटर प्रणालीबाट कर सङ्कलन गरिरहेको उपमहानगरले व्यक्तिगत घटनाहरुलाई पनि अनलाइन पद्धतिमार्फत अघि बढाउन थालेको छ । यसैक्रममा उपमहानगरको वडा नम्बर ४ र ७ बाट आजदेखि व्यक्तिगत घटना दर्ताहरु अनलाइनमार्फत सुरक्षित गर्न थालेको हो । वडा नम्बर ४ मा नगर प्रमुख नरुलाल चौधरीले युवराज आचार्य र प्रजिता बजगाँईलाई विवाह...

स्वास्थ्यले प्रवाह गरेका सेवाको समीक्षा

घोराही, १५ कार्तिक । घोराही उपमहानगरपालिका मातहतमा रहेका स्वास्थ्य संस्थाहरुको वार्षिक समीक्षा कार्यक्रम सुरुभएको छ । उपमहानगरपालिका अन्तर्गत रहेको स्वास्थ्य संस्थाहरुको वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सुरु भएको हो । उपमहानगरको जनस्वास्थ्य प्रवर्द्धन समितिको आयोजनामा दुईदिने समीक्षा कार्यक्रमको नगर प्रमुख नरुलाल चौधरीले उद्घाटन गर्नुभयो । उपमहानगरको मातहतमा रहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्रका इन्चार्ज तथा...

अशोक दर्जी घोराहीमा

घोराही, १५ कार्तिक । शुक्रबार घोराहीमा हुने कार्यक्रमका लागि अशोक दर्जी सहितको कलाकार टोली दाङ आइपुगेको छ । "मनविनाको धन ठुलो कि, धन विनाको मन" कार्यक्रम पश्चिम नेपालमै पहिलो पटक भोलि १६ गते दाङमा आयोजना गरिएको हुँदा सोही कार्यक्रमका लागि टोली घोराही आइपुगेको हो । कार्यक्रममा सहभागी हुन अहिलेका चर्चित बाल गायक अशोक दर्जी, चर्चित गायक तथा संगीतकार टंक बुढाथोकी,...

१६ लाख बढीको रिचार्जकार्डसहित युवक पक्राउ

घोराही, १५ कार्तिक । जिल्ला प्रहरी कार्यालय दाङले १६ लाख बढीको रिचार्जकार्डसहित एक युवकलाई पक्राउ गरेको छ । घोराहीको एक वितरकबाट नेपाल टेलिकमको रिचार्जकाड चोरी गरेका उनलाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । रिचार्ज कार्ड चोरी गर्ने रोल्पा माडी गाउँपालिका वडा नं. १ निवासी २१ बर्षीय दलवहादुर पुनलाई इलाका प्रहरी कार्यालय थवाङ रोल्पाको सहयोगमा पक्राउ गर्न सफल भएको...

कुलोको विषयमा विवाद हुँदा बृद्धको ज्यान गयो

तुलसीपुर, १३ कार्तिक । कुलोको विषयमा विवाद हुँदा तुलसीपुरमा ७३ वर्षीय एक बृद्धको ज्यान गएको छ । ज्यान जानेमा तुलसीपुर ६ गोलौराका ७३ बर्षिय सुकलाल भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । राइखलियान सडकखण्डअन्तर्गत पानीकुलोको विषयलाई लिएर सोही ठाउँका ४० वर्षिय मैमान बस्नेतले कुटपिट गर्दा भण्डारीको ज्यान गएको प्रहरीले बताएको छ । घटना सोमवार बेलुकी साढे ६ बजेतिर...

पाँच वर्षभित्र सबै घरमा खानेपानीको सहज पहुँच : केसी

तुलसीपुर, १३ कार्तिक । प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले अबको पाँच बर्षमा ९५ प्रतिशत घरधुरीमा पानीको पहुँच पुर्‍याउने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका १० नयाँगाउँका स्थानीयबासीले बुझाएको पानीसहित विभिन्न माग समेटिएको ज्ञापन पत्र बुझ्दै उहाँले एक घर एक धारा भन्ने सरकारको नीतिअनुसार सबै घरमा पानी पुग्नेगरी सरकारले काम गर्न थालेको बताउनुभयो । जनतालाई निराश पार्ने काम आफूले नगर्ने भन्दै उहाँले नयाँगाउँमा...

लागुऔषधसहित तीनजना पक्राउ

दाङ, १२ कार्तिक । इलाका प्रहरी कार्यालय गढवा दाङले लागुऔषध खैरो हेरोइनसहित तीनजना व्यक्तिहरुलाई पक्राउ गरेको छ । गढवा गाउँपालिका वडा नं एक जुरेनीबाट बाँके बैजनाथ गाउँपालिका वडा नं. १ का नरबहादुर पाण्डे, सोही गाँउपालिका गाभरका भीमसिंह रोकाया र वडा नं २ मकैबारी निबासी छवि गुरुङलाई गाडीसहित पक्राउ गरी थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी निरीक्षक पञ्चलाल गोलेले जानकारी दिनुभयो । प्रहरीले पक्राउ...

मापदण्डअनुसार संरचना बनाउन उपमहानगरको आग्रह, अटेरी गर्नेको भवनमा डोजर

घोराही, १२ कार्तिक । घोराही उपमहानगरपालिकाले मापदण्डलाई पालना गरेर मात्रै भौतिक संरचनाहरु बनाउन नगरबासीलाई आग्रह गरेको छ । कुनै पनि भौतिक संरचनाहरु बनाउन नियमहरु पालना गर्नुपर्ने भन्दै उपमहानगरले मापदण्ड मिचेर बनाउने कुनै पनि संरचना भत्काउन समेत चेतावनी दिएको छ । उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले भवन निर्माण आचारसंहिताअनुसार भवन बनाउन र उपमहानगरको अनिवार्य अनुमति लिएर मात्रै काम थाल्न नगरबासीलाई आग्रह गर्नुभएको...

गुणस्तरीय स्वास्थ्य सेवाका लागि उपमहानगरको अनुगमन

घोराही, १२ कार्तिक । घोराही उपमहानगरपालिकाले आफ्नो मातहतमा रहेका स्वास्थ्य चौकीहरुको अनुगमन गरेको छ । केही दिन पहिले ढिकपुर र नारायणपुर स्वास्थ्य चौकीको अनुगमन गरेको उपमहानगरले सोमबार रामपुरमा रहेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र र लक्ष्मीपुरमा रहेको स्वास्थ्य चौकीको अनुगमन गरेको हो । उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपानेको नेतृत्वमा भएको अनुगमन टोलीले उपचार सेवा, कर्मचारी उपस्थित र सरसफाईको क्षेत्रलाई हेरेको छ...

ताजा समाचार