घोराही, २४ चैत । दाङको घोराहीमा भएको दुःख निवारण धनवृद्धि महालक्ष्मी यज्ञबाट १० लाख रुपैयाँ संकलन भएको छ । अपाङ्गमैत्री भवन तथा पुनर्स्थापना केन्द्र निर्माणका लागि सञ्चालन भएको यज्ञबाट नगद र जिन्सी गरी १० लाख २३ हजार ३५ रकम संकलन भएको हो ।

अपाङ्ग मानव अधिकार एवं सरोकार मञ्च नेपाल र राष्ट्र शान्ति अभियान नेपाल बाँकेको संयुक्त आयोजनामा भएको यज्ञमा दानपात्रबाट ७३ हजार ६ सय ६५, दानदाताबाट सहयोग ८ लाख ४९ हजार ६ सय ७० र जिन्सी समाग्री बाफतको ९९ हजार ५ सय गरी १० लाख बढी रकम संंकलन भएको पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

यज्ञबाट संकलित रकम मध्ये ५ लाख ११ हजार २ सय १८ रकम बचत भएको छ । महायज्ञ संचालनका लागि व्यवस्थापकीय खर्चका लागि राष्ट्र शान्ति अभियान बाँकेलाई ५ लाख ११ हजार ७ सय १७ खर्च उपलब्ध गराएको आयोजक संस्थाले जनाएको छ ।

मञ्चका अध्यक्ष बासुदेव रिजालको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद् जेएन सागरको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन गरी आर्थिक विवरणहरु सार्वजनिक गरिएको हो ।

करिब १ करोड रुपैयाँ उठाउने लक्ष्यसहित संचालन भएको महायज्ञमा अपेक्षाकृत रुपमा रकम उठ्न नसकेपनि भवन निर्माणमा केही इट्टा थपेको आयोजकले बताएको छ ।

http://evmoney.site/9651064626231/

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस