दाङ, ५ वैशाख । स्वर्गीय नित्यानन्द शर्माकाे व्यक्तित्वमा अाधारित भएर वृत्तचित्र निर्माण भएकाे छ । साहित्यकार, पर्यटनविद् तथा संस्कृतिका खाेज एवम् अनुसन्धानकर्ता समेत रहेका शर्मा दाङ साहित्य तथा संस्कृतिका धराेहर मानिन्छन् ।

नेपाली साहित्यकाे उन्नयनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका शर्माले दाङकाे पर्यटन र संस्कृतिलाई विस्तार गर्न खेलेकाे भूमिका निकै प्रशंसनीय रहेकाे वृत्तचित्रमा उल्लेख गरिएकाे छ । दाङ जिल्लामै रहेर लामाे समयदेखि पत्रकारिता र साहित्य लेखनमा सक्रिय रहँदै अाएका अादिम के.सी.काे नेतृत्वमा रहेकाे समूहले शर्माकाे वृत्तचित्र निर्माण गरेकाे हाे ।सम्भवतः दाङमा यस्ताे खालकाे वृत्तचित्र निर्माणकाे अभ्यास पहिलाे रहेकाे वृत्तचित्रका निर्देशकसमेत रहेका के.सी.ले बताए । साथै निर्देशक के.सी.ले माेफसलमा साहित्यिक तथा सामाजिक व्यक्तिहरू सधैं अाेझेलमा पर्ने गरेकाे बताउँदै यस्ता व्यक्तिको याेगदानलाई विश्वव्यापी बनाउनका लागि पनि याे अभ्यासकाे थालनी माेफसलबाटै गरिएको बताए । उनले थपे, “याे परम्पराकाे लागि थालनी हाे, अब यसलाई सबैले अनुकरण गर्न जरूरी छ, यस्ताे गर्न सकेमा यस्ता प्रतिभा पर्दा पछाडि नपर्ने र अाेझेल पनि पर्ने छैनन्।”

यस्ताे कार्यकाे साेच कसरी अायाे भन्ने जिज्ञाशामा के.सी.ले भने सामाजिक व्यक्तिलाई पछिल्लो पुस्तासम्म पुर्‍याउने र उनीहरूकाे याेगदानसँग साक्षात्कार बनाउनका लागि याे साेच अाएकाे हाे । ‘टेलिभिजन कार्यक्रमका लागि छायाङ्कन गरिएका दृश्यलाई शर्माकाे मृत्युपश्चात वृत्तचित्रका रूपमा सम्पादन गरेका हाैँ । हामी पूर्ण रूपमा वृत्तचित्रकाे गहिराइमा छैनाैँ हाेला तर याे अवश्य पनि उदाहरणीय काम बनेकाे छ भन्ने हाम्राे अाशा छ’ निर्देशक के.सी.ले बताए ।

‘हामीसँग प्रशस्त फुटेज थिएन, फुटेजकाे अभावमा पनि यत्तिको बनाउन सकिएकाे छ, यसलाई हामी अारम्भकाे उपलब्धिका रूपमा लिएका छाैँ’ वृत्तचित्रका परिकल्पनाकार सुदन नेपालले बताए ।वृत्तचित्रमा छायाङ्कन तथा परिकल्पना सुदन नेपालकाे रहेकाे छ । पाेस्ट प्राेडक्सन नारायण नेपालकाे रहेकाे छ भने प्राविधिक क्षेत्रकाे काम सि.एन. च्यानलकाे रहेकाे छ ।

वृत्तचित्रकाे सम्पादन हिमाल अार्टसकाे रहेकाे छ । वृत्तचित्रमा अादिम के.सी.ले स्वराङ्कन गरेका छन् । अागामी दिनमा पनि निरन्तर रूपमा यस्ता डकुमेन्ट्री बनाउँदै जाने परिकल्पनाकार नेपालले जानकारी दिए ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस