दाङ, १४ जेठ । मुक्त कमलरी र कमैयाका परिवारलाई आयआर्जनमा प्रोत्साहन गर्न सहयोग प्रदान गरिएको छ । घोराही उपमहानगरपालिकाको सहयोगमा मुक्त कमलरी विकास मञ्चले आज २२ जना मुक्त मकैया र कमलरीलाई कुखुराका चल्ला र दाना प्रदान गरेको छ ।

नारायणपुरमा एक कार्यक्रम आयोजना गरी सात दिने कुखुरापालन तालिम लिएका १५ मुक्त कमलरी र सात कमैयालाई प्रोत्साहन स्वरुप ५५ वटा कुखुराका चल्ला र दाना प्रदान गरिएको मञ्चकी केन्द्रीय अध्यक्ष सुनिता चौधरीले बताउनुभयो । घोराही–१० नारायणपुरकी मुक्त कमलरी सुलोचना चौधरीले सहयोग पाएपछि व्यवसाय गर्न सजिलो भएको बताउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले आयआर्जनका काममार्फत कमैया कमलरीको जीवन परिवर्तनमा सघाउ पुग्ने बताउनुभयो । कार्यक्रममा घोराही उपमहानगरपालिका वडानं. १० की सदस्य लक्ष्मी लम्साल र मुक्त कमलरी विकास मञ्चका सल्लाहकार एवं कान्तिपुर दैनिकका उपसम्पादक दुर्गालाल केसीले प्राप्त सहयोगलाई बृद्धि गरी व्यवसायमा सफलता हासिल गर्न शुभकामना दिनुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस